प्रस, वीरगंज, ९ कात्तिक/
युनिसन विद्यालय समूह पर्साद्वारा आयोजित उज्ज्वल स्मृति युनिसन क्रिकेट प्रतियोगिताको छात्रतर्फको उपाधि विद्यासदन मावि र छात्रातर्फको उपाधि मनकामना माविले हात पारेको छ ।
छात्रातर्फ निर्धारित १५ ओभरको खेलमा टस जितेर मनकामना माविले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको मास्कोट माविले ४ विकेटको क्षतिमा निर्धारित ओभरमा १०० रनको योगफल तयार पारेको थियो । प्रतिउत्तरमा मनकामना माविले ५ विकेटको क्षतिमा १०.३ ओभरमा १०१ रन हासिल गरी विजयी लक्ष्य चुमेको थियो । मनकामना माविकी स्मृति राई म्यान अफ द म्याच घोषित भएकी थिइन् ।
छात्रतर्फ विद्यासदन माविले मास्कोट माविलाई २६ रनले हराउँदै उपाधि जितेको थियो । निर्धारित २० ओभरको खेलमा टस जितेर मास्कोट माविले फिल्डिङ रोजेपछि विद्यासदन माविले ५ विकेटको नोक्सानीमा निर्धारित २० ओभर खेल्दै १०४ रनको योगफल तयार पारेको थियो । प्रतिउत्तरमा मास्कोट माविले ९ विकेटको नोक्सानीमा सबै ओभर खेल्दै ७८ रनमा समेटिएको थियो । विद्यासदन माविका राहुल अन्सारी म्यान अफ द म्याच घोषित भएका थिए ।
छात्रतर्फ म्यान अफ द सिरिजको उपाधि विद्यासदन माविका छात्र राहुल अन्सारी र छात्रातर्फ म्यान अफ द सिरिजको उपाधि मनकामना माविकी छात्रा मिसुता दाहाललाई प्रदान गरिएको थियो ।
समापन समारोहमा प्रमुख अतिथि अञ्चल प्रहरी कार्यालय वीरगंजका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल र राष्ट्रिय निजी तथा आवासीय विद्यालय स·ठन पर्साका अध्यक्ष नन्दन यादवले विजेता तथा उपविजेता खेलाडीहरूलाई ट्रर्फी, प्रमाणपत्र र शिल्ड वितरण गरेका थिए ।