$type=ticker$count=12$cols=4$cate=0

बडादशैं २०७० मा जे–जे देखियो सुनियो

SHARE:

- कुमार रुपाखेती

१.    घटस्थापनाका दिनदेखि नै वीरगंज र आसपासका शक्तिपीठहरूमा भक्तजनको घुँइचो देखियो । वीरगंजको गहवामाईमा यसपल्ट भीड अपेक्षाकृत कम नै रह्यो ।
२.    दशैं मनाउन घर फर्कनेहरूलाई यसपल्ट गौडा गौडामा लुटेराहरूले सताए ।
३.    यसपटक दशैं र निर्वाचनको रौनकसँगसँगै देखियो । यसपटक तास, मासु र रक्सी खुबै खपत भयो ।
४.    वीरगंजको मेनरोडमा फुटपाथे पसल खोल्नेहरूबीच होडबाजी नै चल्यो । फुटपाथे लुगा, जुत्ता पसलमा यसपालि राम्रो भीड लाग्यो । न.का. कर्मचारीहरूको पनि राम्रै आम्दानी भयो ।
५.    उम्मेदवारहरूको जुलुस र मेला भर्न आउनेहरूको भीडले माईस्थान, मेनरोड जाम र भीडभाडपूर्ण रह्यो । ट्राफिक प्रहरी निष्क्रिय थिए ।
६.    सदाभैंm थुप्रै पुराना रैथाने अनुहारहरू दशैं मनाउन वीरगंज भित्रिए ।
७.    यसपल्ट मन्दिरहरूमा भक्तजनका साथै उम्मेदवारहरू पनि लाइनमा भेटिए ।
८.    यसपल्ट सप्तमीका दिन फूलपाती निकाल्दा भीड कम र तामझाम न्यून थियो ।
९.    अष्टमीको मेलामा हुल्लडबाज र पाकेटमारहरूको बिगबिगी नै थियो ।
१०.    यसपल्ट मेलामा भीडभाड विगतभन्दा कम र हराउनेहरूको सङ्ख्या थोरै रह्यो ।
११.    यसपटक अष्टमीको मेलामा स्वयंसेवकको रूपमा राजनैतिक दलहरूको समेत उपस्थिति थियो । राप्रपा र तमलोपाहरूले आफ्ना उम्मेदवारहरूको फोटो र चुनाव चिह्नसहित मेलामा क्याम्पिङ गरेका थिए ।
१२.    पशु बलिप्रथाको जतिसुकै विरोध भए पनि पशु बलि दिने काममा कमी आएन । झन् अष्टमी मेला गहवाको प्रत्यक्ष प्रसारण गर्नेहरूले त बलि स्थलसमेतको प्रत्यक्ष प्रसारण गर्दा धेरै श्रद्धालुहरूलाई चित्त बुझेन ।
१३.    मेलामा लाउडस्पीकरको ध्वनि प्रदूषण घट्नुको सट्टा बढेकै पाइयो । निश्शुल्क नास्तापानी गराउनेहरूबीच समेत होडबाजी थियो ।
१४.    दशैं र निर्वाचन सँगसँगै परेकोले सुरक्षाकर्मी बढी परिचालित थिए ।
१५.    प्रशासनले साँझ ८ बजेदेखि रक्सी पसल बन्द गराउन थालेपछि पसले र रक्सीप्रेमीहरूमा खिन्नता देखियो ।
१६.    यसपटक साहु महाजनले दशैं खर्च भन्दै पत्रकारहरूलाई रु. १५० दाम चढाए । मरता क्या नही करता भन्ने पत्रकार महानुभावहरूले १५० पनि सहर्ष स्विकारे ।
१७.    यसपटक बडादशैंमा स्वीकृति नलिएर अन्टसन्ट विज्ञापन छापेर बबाल भएको पनि देखियो ।
१८.    यसपल्ट आफन्तजनका साथसाथै उम्मेदवारहरूले आफ्ना आसेपासेहरूलाई समेत दशमीमा टीका लगाए ।
१९.    यसपल्ट आसेपासेहरूलाई अभिभावकले होइन, उम्मेदवारहरूले लुगाफाटो र दशैं खर्च दिए ।
२०.    दशैं र निर्वाचन सँगसँगै परेकोले बिदा पाउँदा दशैंमा घर जान नपाएका केही सरकारी कर्मचारी खिन्न थिए ।
२१.    डलरको भाउ बढ्नाले यसपालि महँगी ह्वात्तै बढ्यो । नेपालमा कुन दशैंमा सस्ती भएको छैन र ? यसपल्ट कमसल सामान बेचेर सस्तो बजारसमेत बदनाम भयो ।
२२.    कसैले वास्ता नगरे पनि पत्रपत्रिका यसपल्ट दशैं शुभकामनाको ओइरो नै लाग्यो ।
२३.    यसपल्ट बकरिदसमेत परेकोले खसी बोका महँगा भए ।
२४.    वर्षमा एकपल्ट खुल्ने वसन्तपुर दरबारको तलेजु भवानीको मन्दिरमा महानवमीमा राम्रो भीड लाग्यो ।
२५.    दशैंलाई राणा शासकहरूले ‘बडा’ थपेर ‘बडादशैं’ नामाकरण गरेका हुन् भन्ने धेरैलाई थाहा छैन होला ।
२६.    काठमाडौंको टुँडिखेलमा हुने सेनाले गर्ने फूलपातीको बढाइ कार्यक्रम पृथ्वीनारायण शाहले शुरु गरेका हुन् ।
२७. संविधानसभा निर्वाचनको फोटोसहितको मतदाता परिचयपत्र बडादशैंसम्म पनि आएन । धेरैको घोषणापत्र पनि आएन ।
२८. यसपालिको दशैंमा उम्मेदवारहरूले हाकाहाकी होइन लुकिछिपी भोज ख्वाए ।
२९. राजेश मकारुङको ‘दमिनी भीर’ भन्ने पुस्तकले मदन पुरस्कार प्राप्त  गरेपछि दशैं बिदामा दमिनी भीर खोज्नेहरू किताबपसलमा प्रशस्त भेटिए ।
३०.    मूल्य बढे पनि यसपल्ट दशैंमा सुनको राम्रो कारोबार भयो ।
३१.    असत्यमाथि सत्यको विजयको प्रतीक बडादशैंले असती उम्मेदवार हार्ने र सत्यले जित्ने चर्चा यसपल्ट छ ।
३२.    यसपल्ट दशैंमा खसीको मासु प्रतिकिलो रु. ६००, कुखुरा रु. ३००, माछा रु. ५०० सम्म बिक्री भयो ।
३३.    दशैंमा अष्टमीसम्म साठी हजार र टीकासम्म एक लाख खसी बोका काटिएको अनुमान छ । त्यस्तै दशैंमा मासुको परिकारका लागि ८ देखि १० करोडको मरमसाला र गरमसाला बिक्यो रे ।
३४.    ‘वाह तेरा क्या कहना’ भनेभैंm यसपल्ट नेपाल राष्ट्र बैंकले नयाँ नोट खुबै बाँड्यो । जुवाको खाल र टीकाको थालमा नयाँ नोटको रौनक थियो ।
३५.    फूल रोप्ने शोखिनहरूलाई यो दशैंमा फूलचोरहरूले सार्‍है दु:ख दिए । नवरथामा फूलबारीको फूल चोर्न राति एक बजेदेखि नै फूलचोरहरू सक्रिय थिए । फूल र पत्ता चोर्ने र मन्दिर अगाडि बेच्न बस्ने ।
३६.    अष्टमी मेलापछि माईस्थानअगाडि थुप्रिएको फोहर र मलमूत्रको गन्ध नगरपालिकाको सफाइ कर्मचारीले होइन महानवमीमा परेको पानीले बगायो । सफा गर्‍यो ।
३७.    कार्यालय प्रमुख र साहु महाजनहरू दशैंअगावै भूमिगत भएकाले माँगीखाने थुप्रैको दशैं खल्लो भो रे ।
३८.    टीकाका दिन जमरा–टीका लगाएर ठाटिएर हिंड्नेहरू यसपल्ट वीरगंजको मूलसडक र गल्लीहरूमा छ्यापछ्याप्ती भेटिए ।
३९.    एक्कादुक्का ठाउँमा दशैंमा पिङ लगाएको देखियो ।
४०.    बडादशैंमा बागमतीको काठमाडौं, पाटन, भक्तपुरबाहेक अन्यत्र च·ा उडाउने चलन छैन ।
४१.    पत्रपत्रिकाहरूमा लामो छुट्टी परेकोले तथा पढ्ने बानी परेकाहरूले पुस्तक पढेर दशैं बिताए ।
४२.    विजयादशमी टीकाका दिन वीरगंज बजार सुनसान र चकमन्न देखियो । सवारीसाधन न्यून र रिक्सासमेत कमै मात्रामा चले ।
४३.    दशैं मनाउन घर फर्कनेहरू गाडीमा कोचमकोच गरेर चढे, कतै दुर्घटना पर्‍यो, कतै जाम । वीरगंज आउनेहरूसँग टाटा सुमोवालाहरूले रु. ९ सय देखि १ हजारसम्म असुले ।
४४. ठाउँ–ठाउँमा दुर्गाको मूर्ति बनाएकाहरूले नयाँ–नयाँ किसिमको प्रयोग गरे । कतै नाचगान, कतै डान्डिया नृत्य, लाइटको व्यवस्था, गीत आदि ।
४५. यसपल्ट दशैं मनाउन भारतबाट कमाएर फर्किनेहरूलाई भारतीय प्रहरी र भारतीय टाँगाहरूले समेत छोडेनन् ।
४६. एकताका दशैंमा ‘रामलीला’ नाटक खुबै मञ्चन हुन्थ्यो । अचेल रामलीलाको चलन हराएको छ । केही भारतीय टेलिभिजनमा रामलीला प्रदर्शन गरिए ।
४७. रतनगढ मध्यप्रदेश भारतमा दुर्गाको एक मन्दिरमा भागदौड हुँदा २० जनाको मृत्यु र २०० भन्दा बढी घाइते भए ।
४८. दशैंमा वास्तवमा पशुबलि किन दिइन्छ भनी पशुबलि दिनेहरूलाई एक नेपाली टेलिभिजनले प्रश्न गर्दा– आफूलाई थाहा नभएको र परापूर्वकालदेखि चलिआएको बताए । जनकपुरको राजदेवीमा सबैभन्दा बढी बलि चढ्ने गर्दछ दशैंमा ।
४९. मुलुकभर सबैभन्दा बढी धनुषा जिल्लामा ५० भन्दा बढी स्थानमा दुर्गाको भव्य मूर्ति बनाइएको थियो । भनिन्छ, ४ स्थानका मूर्ति त उत्कृष्ट थिए । स्मरणीय छ, सबैभन्दा बढी दुर्गाको मूर्ति भारतको ब·ालको कोलकातामा बन्दछ ।
५०. दशैंको अवसरमा टेलिभिजनले म·ल धुन खुबै बजाए । नेपाली कलाकारहरू दशैंताका सबैभन्दा व्यस्त रहन्छन्, विदेशमा समेत कार्यक्रम गर्दछन् ।
५१. सरकारले वितरण गर्ने वृद्धभत्ता नआउँदा ज्येष्ठ नागरिकहरूले यसपल्ट खल्लो दशैं मनाए । दशैं यसपल्ट दशा भयो रे ।
५२. दशैं हिन्दूहरूको महान् चाड भएपनि सबै हिन्दूहरूले समानरूपमा दशैं मान्ने सौभाग्य पाउँदैनन् । हाल धेरैले धर्म परिवर्तन गर्दा गाउँमा दशैं मनाउनेहरूको सङ्ख्या कम भएको छ । मुलुकबाट हिन्दू राष्ट्र हटाएपछि थुप्रै हिन्दूहरूले धर्म परिवर्तन गरेका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : बडादशैं २०७० मा जे–जे देखियो सुनियो
बडादशैं २०७० मा जे–जे देखियो सुनियो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiRJtZsZ341ggDqY9BWl5uBepdL1mI8emnDhbAMuujA92XMDDdidpuKcrzzr7_Ggs9mrk7NMiut4BFR_ZjsCgmMG2r44IntAtULA9pzAm0ssSH_nbXXRIKzUVuiqKu8orRCjKfepBgo_HEV/s200/rupakheti.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiRJtZsZ341ggDqY9BWl5uBepdL1mI8emnDhbAMuujA92XMDDdidpuKcrzzr7_Ggs9mrk7NMiut4BFR_ZjsCgmMG2r44IntAtULA9pzAm0ssSH_nbXXRIKzUVuiqKu8orRCjKfepBgo_HEV/s72-c/rupakheti.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/10/blog-post_5039.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/10/blog-post_5039.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy