प्रस, वीरगंज, १३ कात्तिक/
नेपाल बार एशोसिएशनको आयोजनामा आजदेखि वीरगंजमा कानुन व्यवसायीका लागि संवैधानिक कानुन र सहभागितामूलक संविधान निर्माण प्रक्रिया विषयक तीन दिने तालिम शुरु भएको छ ।
तालिमको उद्घाटन पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश एवं प्रमुख निर्वाचन अधिकृत भोलानाथ चालिसले गर्दै विगतको असफलताबाट पाठ सिक्दै पुराना गल्ती नदोहर्याएर मुलुक र जनतालाई संविधान दिनुपर्ने सुझाव दिए । उनले संविधानसभा निर्वाचनमा जनताको आशा, भरोसा र विश्वास रहेकोले सबैलाई सहयोग पुर्याउन अपिल पनि गरे । उनले निर्वाचनलाई भयरहित बनाउन प्रयास जारी रहेको बताए । उनले पर्साको सन्दर्भमा आचारसंहिताको खासै उल्लङ्घन नभएको बताए । उद्घाटन समारोहमा नेपाल बार एशोसिएशन मध्यमाञ्चलका उपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले दोस्रो संविधानसभा निर्वाचन मुलुकका लागि अवसर र चुनौती दुवै भएको बताए । उनले निर्वाचन बहिष्कार गर्ने कुनै दल विशेषको अधिकार भए पनि बिथोल्ने अधिकार नभएको प्रस्ट्याए ।
वरिष्ठ अधिवक्ता देवेन्द्र सिंहले दलहरूको सत्ता खेलका कारण सङ्क्रमण काल लम्बिने र संविधान निर्माण नहुने आशड्ढा व्यक्त गरे । उनले विगतका गल्ती र कमजोरीबाट पाठ सिक्न सुझाव दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, युएनडिपीका प्रतिनिधि रोहन इड्रिसिन्ना, अधिवक्ता सुधीर कर्णलगायतले मन्तव्य व्यक्त गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने तालिममा पर्सा, बारा र रौतहटका कानून व्यवसायी सहभागी छन् ।