- उमाशङ्कर द्विवेदी
मौसमविद्हरूका अनुसार छवटा ऋतुहरू हुन्छन् । एक वर्षमा छवटा ऋतु हुनुको अर्थ प्रत्येक ऋतु प्राय: दुई महिनाको हुनु हो । हुनत प्रत्येक ऋतुहरूका आआफ्नै विशेषताहरू हुन्छन् तर चाडपर्व र रमाइला उत्सवहरू शरद ऋतुमा पर्ने गर्दछन् । शरद ऋतु यसवर्ष असोज १ गतेदेखि लागेको छ तथा पुस १ गतेसम्म रहनेछ । शरद ऋतुलाई जाडो र गर्मीको सन्धिबिन्दुको रूपमा लिइन्छ । मौसम सफासुग्घर तथा मनोहारी रूपमा रहेको हुन्छ । हिन्दूहरूको विवाह, उपनयन, द्विरागमन आदि जस्ता सम्पूर्ण मा·लिक कार्यहरू यस अवधिमा निषिद्ध रहे पनि हिन्दू धर्मका प्राय: सबैखाले व्रत, उत्सव तथा पूजाआजा यसै अवधिभरिमा पर्दछन् । साउन महिनाको नागपञ्चमीदेखि व्रत–पूजाहरू शुरू भएपछि हिन्दूहरूको दशैं, तिहार तथा छठ जस्ता सबैभन्दा ठूला चाडपर्व यसै शरद ऋतुको अवधिमा पर्दछन् । दशैं, तिहार तथा छठ पर्व मान्नका लागि परदेशमा आजीविकाको उद्देश्यले रहने प्रवासीहरू यस समयमा अनिवार्यरूपमा घर फर्केका हुन्छन् । प्रत्येक गाउँ तथा शहरमा झकिझकाउ तथा मानिसहरूको ठूलो रमझम रहेको हुन्छ । जनमानसले विभिन्न विधि अपनाएर रमाइलो तथा पूजाआजा गर्नमा व्यस्त रहन्छन् । परिवारका सबै सदस्य, नातेदार, हित कुटुम्बहरूसित भेटघाटको यो सुअवसर भएको हुनाले धेरै रमाइलोसाथ सम्पन्न हुन्छ । जनमानसमा एक नयाँ किसिमको जाँगर, जोश, स्फूर्ति तथा ऊर्जाको सञ्चार भएको हुन्छ । वस्तुत: यसै उपलब्धिलाई नै यी चाडपर्वहरूको विशेषता मान्नुपर्दछ ।
चेलीबेटीहरूको घरमा माइतीतर्फबाट छठको कोसेलीको रूपमा ठेकुवा, मालपूवा आदि पुर्याइन्छ, जसलाई भोजपुरी भाषामा ‘बायन’ भनिन्छ । कात्तिक पूर्णिमाका दिन कात्तिक स्नान हुन्छ । तत्पश्चात् जनमानस पूर्णरूपेण जीवनयापनका लागि आवश्यक पर्ने जीविका आर्जन गर्नेतर्फ लाग्छन् । कालक्रमानुसार प्रत्येक वर्ष यो समय बित्दछ । वातावरण तथा परिवेशमा एक किसिमको खल्लोपन विद्यमान रहे पनि जनमानसमा कामप्रति विशेष जाँगर तथा ऊर्जा विकसित भएको हुनाले कर्मचारी, व्यापारी, किसान, मजदुर तथा अन्य पेशामा लागेकाहरू आआफ्ना कार्यक्षेत्रमा विशेष ऊर्जाका साथ लागि पर्दछन् । तराई क्षेत्रमा विवाह, द्विरागमन जस्ता मा·लिक कार्यहरूका लागि समय प्रशस्त हुने बेला यही भएको हुनाले विवाहयोग्य कन्याहरूका लागि वर खोज्नका लागि यात्रा शुरू गरिन्छ, जसलाई भोजपुरी भाषामा ‘वरतुहारी’ भनिन्छ । अघिल्लो वर्ष विवाह भएका कन्याहरूको द्विरागमन (गवना) भएर विवाहित जीवनको नयाँ सुरुआत हुन्छ ।
यस समयमा कामको सबैभन्दा बढी चटारो किसानहरूलाई परेको हुन्छ । वर्षभरिका लागि चाहिने खाद्यान्नको रूपमा रहेको धानबाली खेतमा रहेको हुन्छ, जसलाई भित्र्याउनका लागि कटनी, बन्हनी, दवनी गर्नुपर्ने आवश्यकता रहेको हुन्छ भने रबीबालीको रोपाइँका लागि खेत खाली गर्नुपर्ने, खेत तयार पार्नुपर्ने तथा रोपाइँ गर्नुपर्ने मुख्य समय पनि यही मौसम भएको हुनाले किसानलाई भ्याइनभ्याइ भइरहेको हुन्छ । पहिले खेती गर्न सकिए, बाली राम्रो पाउन सकिन्छ । यस सम्बन्धमा भोजपुरी भाषामा एउटा उखान प्रसिद्ध रहेको पाइन्छ– आगे खेती आगे आगे, पाछे खेती भागे जोगे । रबीबाली ढिलो गरी रोपिएमा तराईमा हेमन्त र शिशिर ऋतुमा पर्ने अत्यन्त जाडो तथा शीतलहरका कारण रबीबालीमा न्यूनता आउनु अवश्यंभावी हुन्छ । पुराना दिनहरूमा यो समय किसानहरूका लागि कठिन समयको रूपमा रहेको हुन्थ्यो तर हालका दिनहरूमा यान्त्रिक औजारहरूका कारण निकै सजिलो भएको छ । गोरुले धानको दाइ गर्दा महिनौं लाग्दथ्यो भने हालका दिनहरूमा गाउँपिच्छे धान चुट्ने थ्रेसरहरूका बाहुल्यताका कारण महिनांैमा सम्पन्न हुने काम घण्टामैं सम्पन्न हुन बेर लाग्दैन । धान काट्न, ढुवाइ तथा दाइ गर्न अब बिस्तारै यान्त्रीकरण बढ्दै गइरहेको सुखद स्थिति देखा परिरहेको छ । त्यस्तै रबीबालीका लागि खेत जोत्न, सम्याउन र डल्ला फोर्नका लागि पनि विभिन्नखाले यन्त्रहरू उपलब्ध छन्, जुन किसानहरूका लागि अति नै उपयोगी छन् । अझै अबका दिनहरूमा खेत जोत्नुपर्ने, सम्याउनुपर्ने, डल्ला फोर्नुपर्ने काम गर्नुको साटो सोझै ‘जीरो टिलिङ’ प्रविधि पनि प्रयोग भइरहेका देखिन्छन्, जसले खेतको जोताइ, सम्याइ, डल्ला फोराइका साथै बीउको रोपाइँ पनि एकैपल्ट गरिदिन्छ । यो प्रविधिको व्यापकरूपमा प्रयोग हुन थालेपछि भविष्यका दिनहरूमा किसानहरूको धेरै भलो हुने अनुमान गर्न सकिन्छ । रबीबाली तयार भएपछि दाइ गर्ने यन्त्र पनि विद्यमान रहेको हुनाले दवनीमा महिनौंसम्म लाग्ने समय न्यून हुँदै गइरहेको छ । दलहनी तथा तेलहनी बालीको रोपाइँ प्राय: धान काट्नुभन्दा पहिले नै ‘छिटा’को रूपमा भइसकेको हुन्छ तर ‘हरजोता’ मसुरो, केराउ, मटर, तोरी, बकुला, खेसारी आदि अन्नहरूको रोपाइँका लागि पुरानै प्रविधिको आवश्यकता पर्दछ ।
किसानहरूका लागि यो समय कठिन परिश्रमको भएपनि मौसम राम्रो हुने भएको हुनाले कृषि कामहरू गर्न सजिलो नै हुन्छ । काम गर्ने बेलामा शरीरबाट खल्खली पसिना काढ्नुपर्दैन, खुइय: खुइय: सुस्केरा हाल्नुपर्दैन । समग्रमा भन्नुपर्दा यस ऋतुका कृषि कामहरू गर्दा पनि रमाइलै हुन्छ । पुरस्कारको रूपमा
प्रकृति माताले वर्षभरि खानका लागि खाद्यान्न उदारतापूर्वक यसै ऋतुमा प्रदान गर्दछिन् ।