– कुमार रुपाखेती
“कामभन्दा कुरा ठूलो गरी हिंड्दाखेरी खुट्टै लुलो” भन्नेभैंm जतिसुकै धक्कु लगाएपनि मधेसी दलहरूले पहाडबाट कुनै पनि मधेसी नेताहरूलाई उम्मेदवार बनाउन सकेनन् । उल्टै झलनाथ खनाल, प्रचण्ड, बाबुरामहरू पहाडबाट ओर्लेर मधेसबाट चुनाव लड्दै मधेसवादी दलहरूलाई टक्कर दिइरहेका छन् । दोस्रो संविधानसभा चुनावमा मधेसमा मधेसी दलहरूको तँछाडमछाड आदि देख्दा यस्तो लाग्छ मानौं यिनीहरू राष्ट्रिय होइन, क्षेत्रीय पार्टीको ठप्पा लगाउन र आफ्नो साख बचाउन ऐङी–चोटी एक गरेका छन् ।
कुनै पनि मधेसी नेताहरूले पहाड रहिमालबाट लड्ने आँट नगर्नुका थुप्रै कारणहरू छन् । जसमध्ये यिनको लवज, पोसाक, चुनावी घोषणापत्र, भाषा आदि पहाडमा टिक्न नसक्ने प्रमुख कारण हुन् । मधेस, गाडीमा सर्रर बसेर एकै छिनमा आफ्नो क्षेत्र घुम्न सकिने समतल भूमि हो भने उबडखाबड पहाडमा महिनौं भोकै प्यासै हिंडेर आफ्नो क्षेत्र घुम्नुपर्छ, जुन सुविधाभोगी मधेसी नेताको बुताबाहिरको कुरा हो । अर्को कुरा हिमाल र पहाडमा यिनको स·ठन शून्य छ ।
हिमाल, पहाड, तराईमा समेत समान पकड र मजबुत स·ठन भएकोले झलनाथ खनाल, प्रचण्डहरू निर्धक्क मधेसबाट भिड्दैछन् । मधेसमा संविधानसभा सदस्यको सिट सङ्ख्या बढेपछि प्रचण्डहरूको आकर्षणको केन्द्र बनेको छ, मधेस ।
पहाडका एक्कादुक्का स्थानबाट फाटफुट उम्मेदवारी दिलाउने मधेसी दलहरूको रोजाइ स्थानीयहरू नै छन्, जसले समानुपातिकमा बल मिल्ने उनीहरूको अनुमान छ । कतिपय क्षेत्रहरूमा त चाहँदा चाहँदै पनि यिनले उम्मेदवार नै भेटाएनन् । हिमाल र पहाडबाट सद्भावना पार्टीले सबैभन्दा धेरै पचास उम्मेदवार उठाएको छ, जो सबै स्थानीय पहाडी हुन् । समानुपातिकमा मधेसको मतको अविश्वास गर्दै यिनले पहाडी मतको आशा गरेका हुन् । बरु मधेसी युवा फोरम नेपालका केन्द्रीय सदस्य राजीव यादव काठमाडौं क्षेत्र नं. ९ बाट एक्ला मधेसी उम्मेदवार हुन् । खोई उनले कति मतको जोहो गर्ने हुन् ?
केही मधेसवादी नेताहरूको कुरा पत्याउने हो भने– “मधेसबाट फुर्सद नभएकोले उक्लन नसकेको हो रे ।” आफूलाई मधेसको पहिलो र मुलुकको तेस्रो दाबी गर्ने विजय गच्छदारले प्रत्यक्षतर्फ अल नेपाल १७७ उम्मेदवार उठाएका छन् । केहीले त हाकाहाकी पहाडमा उम्मेदवार उठाउन असमर्थता जाहेर गरेका छन् । संविधानसभा अथवा संसद्मा तपाईं हामी जुनसुकै क्षेत्रबाट उम्मेदवार हुन सक्ने प्रावधान छ । एउटा समर्पित पार्टी र उम्मेदवारका लागि हिमाल, पहाड, तराई तगारो बन्न सक्दैन । तर, खासगरी मधेसमा राजनीति गर्ने सङ्कुचित विचार राख्नेहरू मधेसबाट कुनै पनि पहाडे मात्र नभै एमाले, काङ्ग्रेस, एमाओवादीले नजितोस् भन्ने इच्छा राख्छन् र अबका दिनमा यस्ता इच्छा राख्नेहरूको खैर छैन । किनकि अब मतदाताहरू जागरूक भइसके र यस्ता सोच राख्नेहरूको पत्ता साफ हुनेवाला छ । यही पर्सा जिल्लामा आफूलाई “मधेसको मसिहा” ठान्ने थुप्रै दलहरूको हविगत दयनीय देखिएको छ ।
त्यसैले सबै दलहरूले आफ्नो नीतिमा सुधार गर्दै “हिमाल, पहाड, तराई छैन कोही पराई”को नीति अवलम्बन गरेमात्र दीर्घायुको राजनीति र टिकाउ राजनीति गर्न सक्छन् । अन्यथा राजनीतिक पतनको जिम्मेवार उनीहरू आपैंm हुन्छन् । लुलो खुट्टालाई सहारा चाहिन्छ १