नागरिक समाजको अर्थ कुनै पनि राजनीतिक दलभन्दा बाहिर रहेर, बिना कसैको निर्देशन आफ्नो गाउँ–शहरको हित, त्यहाँका नागरिकको समग्र विकास, सुविधा एवं विचारका लागि अग्रणी भूमिका निर्वाह गर्ने जमात हो । देश, काल र परिस्थिति अनुसार नागरिक समाजले गरेको कामले सफलता पाउने नपाउने कुरा बेग्लै हो । तर नागरिक समाजले आफ्नो समाजको हित–अहितबारे सोच्ने–बोल्ने र क्रियाशीलता देखाउनैपर्छ । कुनै पनि मानव समूह खास क्षेत्रको नागरिक तथा स्थानको स्तरीयताका लागि एकजुट हुनु नै नागरिक समाज बन्नु हो र यो निद्र्वन्द्व, निर्भय, निष्पक्ष हुनु अपेक्षित हुन्छ । नागरिक समाजले, जस्तो कि अचेल देखिन्छ, कुनै राजनीतिक विचार बोक्नु अपेक्षित होइन । हो त्यस समाजमा संलग्न विभिन्न व्यक्तिले विभिन्न राजनीतिक विचार र आस्था राखेको हुन सक्छ, तर समाजको क्रियाकलापलाई आफ्नो राजनीतिक विचारबाट प्रभावित हुन नदिएर निष्पक्ष गतिविधि सञ्चालन गर्नुपर्छ । अन्यथा नागरिक समाज पनि कुनै जातीय स·ठन, साम्प्रदायिक संस्था वा निर्दिष्ट लक्ष्य प्राप्तिका लागि अघि सरेको जमातमा परिणत हुन जान्छ।
नागरिक समाजले भूतकालमा भएको सामाजिक क्रियाकलापबाट सबक सिकेर, भविष्यको समाजको रूपरेखा कोर्दै वर्तमानको समस्यालाई समाधान गर्दै जानुपर्छ । कलैयामा बारम्बार कुनै पनि विशेष परिस्थिति सिर्जना भएको बेला नागरिक समाजको चहलपहल देखिने गरेको छ । प्रवेशिका परीक्षामा बारा जिल्लाको देशव्यापी बदनामीको विषय होस् वा सामाजिक विकृतिविरुद्ध जुझारुपन देखाउन होस्, कलैयामा नागरिक समाज चनाखो भइहाल्छ र आफ्नो तवरबाट समाजलाई स्वच्छ र सामाजिक गतिविधि स्वस्थ राख्न सक्रियता देखाउने गर्दछ । अहिले संविधानसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित सम्पन्न गर्न नागरिक समाजको तत्परतामा नागरिक अभियान समिति गठन भएको छ । समितिमा उद्योग वाणिज्य सङ्घ, प्राध्यापक, शिक्षक, महिला, पत्रकारजस्ता समाजका बौद्धिक जमातको संलग्नता रहेको छ । निश्चय नै अहिलेको सङ्क्रमणकालीन अवस्थामा भइरहेको र राजनीतिक तथा निर्वाचनिक नैतिकता स्थापित नभएको मुलुकमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन नागरिक समाजको सामथ्र्यको कुरा होइन, तर पनि यसप्रति आफ्नो चासो मात्र देखाउन सक्नु ठूलो दायित्वबोध हो ।
समाजको आवश्यकता पूर्तिका लागि एउटा रचनाधर्मीले सपना देख्छ, काल र परिस्थिति त्यस अनुकूल हुँदैन । तर विचारको बीउलाई समाजमा एकपटक छरिदिएपछि त्यसले अनुकूल समयमा आफ्नो अङ्कुरणलाई सम्भव बनाउँछ नै । आजको नागरिक समाजले आफ्नो समाजलाई अग्रणी र प्रगतिगामी बनाउन चालेको पाइलाले प्रत्यक्ष लाभ दिन नसके पनि त्यसले एउटा वैचारिक आन्दोलनलाई जन्म दिइसकेको हुन्छ । विचार उठान हुने बित्तिकै सम्पन्न हुने चीज पनि होइन, त्यसले विस्तारै आफ्नो राप प्रसारण गर्दै जान्छ र एउटा समय आउँछ, जब विचार आन्दोलन बनेर राँकिन्छ र समाजले त्यसको प्रतिफल पाउँछ । अन्यथा आज देशभरि नै नागरिक समाज छ, तर कुनै प्रजातन्त्रवादीको, कुनै साम्यवादीको कुनै मधेसवादी त कुनै अर्कै वादीको । देशमा त्यसैगरी प्रजातान्त्रिक खेमाको उपभोक्ता मञ्च छ भने सँगसँगै साम्यवादीको पनि छ । मानौं मञ्चविशेषले आफ्नो पक्षधरको हितमा मात्र लड्छ, अन्य उपभोक्तासँग सरोकार राख्दैन ।