वीरगंजबाट प्रसारित अनलाइन खबर सेवा यात्रा डेली डट कमले हालै दोस्रो वार्षिकोत्सव मनायो । अनलाइन खबर सेवाहरू मोफसल एवं राष्ट्रि्रयस्तरमा कैयन आए अनि हराए । सजिलै सञ्चालन गर्न सकिने र सजिलै हराएर जाने अनलाइन खबर सेवाहरूको रोग नै हो । सेवा बन्द गरिदिने, आवधिक नगर्नेजस्ता विकृतिहरू अनलाइन सेवामा पाइन्छ । मनलागे पसल खोल्ने र मन नलागे बन्द गर्ने परिपाटी गलत हो । उपभोक्ता हकहित संरक्षण सम्बन्धी कानुनले त्यसलाई विश्वका अधिकांश मुलुकमा वर्जित गरेको छ । अनलाइन खबर, रेडियो, पत्रपत्रिका तथा कुनै पनि समाचार माध्यमको धेरथोर उपभोक्ता हुन्छन् नै । आज चियाको चुस्कीसँगै आफ्नो छनोटको पत्रिका पढ्न चाहने उपभोक्ताले भोलि पनि त्यही चाहन्छ । अन्यथा उसको मनोविज्ञान खलबलिन्छ, जसका कारण उसको दैनिकीमा प्रत्यक्ष वा परोक्ष नकारात्मक असर पर्छ । अनलाइन समाचार सेवाका उपभोक्ताहरूमा पनि यो लागू हुन्छ । उपभोक्ता अनुकूल हेर्ने समय, तरिका वा प्रयोजन भने फरक हुन सक्ला । यसर्थ सकिन्छ भने मात्र शुरु गर्नु, अन्यथा सञ्चालनमा आई उपभोक्ता आर्जन गरिसकेका सेवाहरू बन्द गर्नु एक किसिमको अपराध नै हो ।
यात्रा डेलीका संस्थापक तथा सहभागी पत्रकारहरूले उक्त तथ्यलाई हेक्का राखेका छन् भन्ने कुरा ‘यात्रा’को निरन्तरताले पुष्टि गरेको छ । समाचार सेवा सञ्चालनका लागि आर्थिक सड्ढट, विज्ञापनको समस्या, सकारात्मक सोच राखिदिने, सही सल्लाहसुझाव दिने सहयोगीहरूको अभाव, अस्वस्थकर प्रतिस्पर्धा एवं खुट्टा तान्ने प्रवृत्ति अपवादबाहेक सबैतिर व्याप्त छ । सञ्चारकर्मीलाई राज्यको चौथो अ· भनिए तापनि सञ्चार क्षेत्रप्रति राज्यको नीति सहयोगी तथा सञ्चारमैत्री बन्न सकेको छैन । यी सबै प्रतिकूलताहरूलाई चिर्दै अगाडि बढ्न सके मात्र निरन्तरता पाइने हो । निरन्तरता पाउनु भनेको जिउनु हो, तर शिर निहुराएर, हातखुट्टा बाँधेर, अरूको निगाहले, कालोलाई सेतो र सेतोलाई कालो भन्दै आफ्नो विवेकको हत्या गरेर जिउनुको कुनै अर्थ छैन । यसर्थ सत्य, तथ्य, निष्पक्ष, स्वस्थ समाचार निर्भीकताका साथ सम्प्रेषण गरिरहनु, कलम चलाइरहनु सञ्चार क्षेत्र र सञ्चारकर्मीले वास्तविकरूपमा जिउनु हो । यसर्थ यात्रा डेली डटकम र यसका यात्रीहरू निरन्तरताको बाटोमा लागिरहेकाले यसले आफ्नो गोरेटो कोरिसकेको आशा गर्न सकिन्छ ।
वीरगंज तथा पर्सेली भूमिबाट अनलाइन समाचार सेवा नयाँ प्रयस हो भने यात्राले संविधानसभा निर्वाचनका धेरैजना उम्मेदवारहरूलाई एउटै थलोमा उभ्याएर अर्को सकारात्मक कार्यको थालनी गरेको छ । विकसित मुलुकहरूमा यस किसिमको साझा मञ्च तथा उम्मेदवारबीच सार्वजनिक वहस आयोजन हुन्छ । यसता मञ्चहरूबाट उम्मेदवारको क्षमता र दूरदृष्टि परीक्षण हुने हुँदा एउटै मञ्चमा उम्मेदवारका लागि निर्वाचन सफलता र असफल्ताको माध्यम पनि बन्न सक्छ । घर दैलो होइन, चेतनशील मतदाता समाजमा साझा मञ्चलाई प्रथमिक्ता दिनुपर्छ । चुनावको सवालमा हामो समाज पनि चेतनशील बनिसकेको छ । रोएर, हाँसेर भोट पाउने वा प्रलोभन र पैसामा होइन अब त मतदाताहरू उम्मेदवारको क्षमता र नीति कार्यक्रम हेरेर मतदा गर्ने पक्षमा छन् । यसता बहसहरूलाई मतदाताको पहुँचसम्म पुर्याउन सके अझ सुनमा सुगन्ध हुनेछ ।