प्रस, वीरगंज, ९ कात्तिक/
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शुरू गरेको राष्ट्रिय एकता रथयात्रा आज वीरगंज आइपुगेको छ ।
रथयात्राको नेतृत्व गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले साँझपख घण्टाघर चोकमा आयोजित एकतासभालाई सम्बोधन गर्दै मुलुकमा हिन्दू राज्य पुनस्र्थापना गरिए मात्र राष्ट्रिय एकता कायम रहन सक्ने बताए । उनले मधेस र मधेसी जनताको हकअधिकारका लागि राप्रपा नेपालसँग स्पष्ट नीति तथा कार्यक्रम रहेको बताउँदै मधेसी, अल्पसङ्ख्यक, मुस्लिम समुदायको हित राष्ट्रिय एकताबाट मात्रै सम्भव रहने विचार व्यक्त गरे ।
अध्यक्ष थापाले राष्ट्रविरोधी शक्तिहरूका कारण वास्तविक मधेसी जनताको अस्तित्व सड्ढटमा पर्न लागेको भन्दै राष्ट्रियताप्रति मधेसी जनता बढी संवेदनशील रहेको चर्चा गरे ।
शिक्षा, स्वास्थ्य, गाँस, बास, कपास र राज्यसत्ता सञ्चालनमा सम्पूर्ण नेपालीलाई समानुपातिकरूपमा सहज पहुँच पुर्याउनका लागि राप्रपा नेपाल कटिबद्ध रहेको बताउँदै अध्यक्ष थापाले ९४ प्रतिशत ओमकार परिवार रहेको
मुलुक हिन्दू राज्य कायम हुनुपर्नेमा जोड दिए ।
मुस्लिम समुदायको हकहित पनि हिन्दू राज्यमा मात्र सुरक्षित हुनसक्ने भन्दै अध्यक्ष थापाले आफ्नो पार्टीले ६ जना मुस्लिम उम्मेदवारलाई प्रत्यक्षतर्फ टिकट दिएर चुनावी मैदानमा उतारेको बताए ।
सबै धर्म, जाति, भाषा, समुदायको एकता, सहअस्तित्व, सद्भाव र समान समानताका लागि पनि राष्ट्रिय एकता आवश्यक रहेको र राष्ट्रिय एकता हिन्दू राज्य घोषणाबाट मात्रै सम्भव रहेको दाबी गरे ।
कात्तिक ४ गतेदेखि गोर्खाको मनोकामना मन्दिरबाट शुरू भएको रथयात्रा पश्चिम नेपालको यात्रा गर्दै वीरगंज आइपुगेको हो । एकतासभामा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पर्सा क्षेत्र नं. २ का उम्मेदवार राजीव पराजुलीसहित क्षेत्र नं. १ देखि ५ सम्मका उम्मेदवारहरूको सहभागिता थियो ।