प्रस, वीरगंज, १४ कात्तिक/
वीरगंज उद्योग वाणिज्य सङ्घ पर्साद्वारा प्रकाशित अर्थजगत पत्रिका एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले लोकार्पण गरेका छन् । देशकै आर्थिक नगरी वीरगंजका उद्योगी व्यापारीहरूको समस्या तथा गतिविधिबारे जानकारी सबै ठाउँमा पुग्ने उद्देश्यले त्रैमासिक पत्रिका बजारमा आएकोले उद्देश्यपूर्ति हुने कुरा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले बताएका छन् । पत्रिका विमोचन गर्दै प्रजिअले पत्रिकाको माध्यमबाट उद्योगीहरूद्वारा उत्पादित वस्तुको पहिचान देश विदेशसम्म पुग्ने भएकोले बजारको खोजी तथा प्रवर्धनमा टेवा पुग्ने बताए ।
धेरै पहिले प्रकाशित भएको यो पत्रिकाले पुन: निरन्तरता पाएको कार्यक्रमका अध्यक्ष अशोककुमार बैदले बताए । बारा, पर्सा, रौतहटको आर्थिक गतिविधिलाई समेटर प्रकाशित अर्थजगत पत्रिकाको माध्यमबाट उद्योगी–व्यपारी तथा मजदुरहरूको समस्या सार्वजनिक गर्ने उद्देश्यले पत्रिका प्रकाशित भएको बैदले बताए । आर्थिक जगतको केन्द्रको रूपमा पहिचान बनाएको वीरगंजलाई यो पत्रिकाले थप सहयोग गर्ने वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए । पत्रिकाले आफ्नो कार्यक्षेत्रमा छुट्टै पहिचान बनाउन सफल रहोस् भन्ने कामना गरेका थिए ।
प्रत्येक अड्ढमा नयाँनयाँ लेख–रचनासहित पत्रिकाले अब निरन्तरता पाउने कुरा पत्रिका सम्पदक रवि दहालले पत्रिका विमोचन कार्यक्रममा बोल्दै विज्ञ तथा पाठकहरूबाट रायसहित सुझाव समेत लेखेर पठाउन आग्रह गरेका थिए । कार्यक्रममा धन्यवाद पूर्व अध्यक्ष अशोक टेमानीले गरेका थिए ।