$type=ticker$count=12$cols=4$cate=0

आलम हत्याकाण्डमा पूर्वसभासद्सहित तीनजना पक्राउ, बडाल अपहरणका अभियुक्तहरू सार्वजनिक

SHARE:


सिकेन्द्र पासवान, कलैया, १० कात्तिक/
    दोस्रो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बारा क्षेत्र नं. ४ का तत्कालीन उम्मेदवार महमुद आलमको हत्याको मुख्य योजनाकार एमालेकै पूर्वसभासद् रामचन्द्र प्यासी रहेको दाबी प्रहरीले गरेको छ ।
    केन्द्रीय अनुसन्धान ब्यूरोले आज कलैयामा पत्रकार सम्मेलन गरी आलम हत्याकाण्डमा संलग्न भएको आरोपमा  पक्राउ परेका पूर्वसभासद् प्यासीसहित तीनजनालाई आज सार्वजनिक गरेको हो ।
    नेपाल मुस्लिम इत्तेहाद स·ठनका केन्द्रीय अध्यक्षसमेत रहेका महमुद आलमलाई असोज १८ गते बिहान ११:३५ बजे बाराको लिपनीमाल वडा नं. १ स्थित वीरगंज–पथलैया सडकखण्डमा पर्ने चाबोसती दाना मिलअगाडि भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार अज्ञात समूहले गोली हानी गम्भीर बनाएको थियो । उपचारको क्रममा आलमको असोज २४ गते काठमाडौंस्थित शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
    एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत रहेका प्यासीले ६ महिना पहिलेदेखि आलमको हत्या गर्न योजना बनाइरहेका र उक्त कार्यका लागि भारतको रक्सौलका बर्मा भन्ने राजु श्रीवास्तवसँग पटक–पटक छलफल गरी योजना बनाएको प्रहरीको दाबी छ ।
    आलमको घर, उनी बस्ने विभिन्न स्थानको विवरण, आलमको उठबस तथा उनको दैनिक क्रियाकलापबारे  सुटरहरूलाई सूचना दिने कार्यसमेत प्यासीले नै गरेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको थियो ।
    उम्मेदवारी दर्ताका दिन आलम चढेको बा. ५ च ३३२९ नं.को कालो टाटासुमो गाडीबारे जानकारी, आलम काठमाडौंबाट बारा आएको सूचना सुटरहरूलाई प्यासीले नै गराएको भन्दै हत्याका मुख्य योजनाकार प्यासी नै रहेको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख प्रकाश अर्यालले बताए ।
    अनुसन्धान ब्यूरोले सोही घटनामा संलग्न रहेको अभियोगमा भारतका सिभिल लाइन अलिगढ घर भई हाल लक्ष्मीटोल, वीरगंज–४ मा बस्दै आएका ४२ वर्षीय अतिक खान, भारतीय सीमावर्ती शहर रक्सौलको ४ डंकन रोड निवासी ३८ वर्षीय राजु श्रीवास्तव ‘बर्मा’लाई समेत पक्राउ गरी सार्वजनिक गरेको छ ।
    पक्राउ परेका खानको पेशा नै पैसा लिएर मान्छे मार्ने रहेको र बर्माले खानका लागि सूचक एवं व्यवस्थापकको काम गरेको पत्रकार सम्मेलनमा ब्यूरो प्रमुख अर्यालले बताए ।
    केन्द्रीय अनुसन्धान ब्यूरोले पत्रकार सम्मेलनमा बताएअनुसार भदौ १४ गते आलमको हत्या गर्नका लागि भारतबाट तीनजना सुटरहरू रक्सौल हुँदै वीरगंज आएका थिए । उनीहरू वीरगंजस्थित होटल रानीपोखरीको कोठा नं. १०३ मा बसेका तर उक्त समयमा आलम काठमाडौं गएका कारण योजना सफल हुन सकेको थिएन । तीनजना सुटरमध्ये दुईजना सुटरका साथ अन्य दुईजना आलमलाई पछ्याउँदै काठमाडौं पुगेका थिए । सोही समयमा उनीहरूले  काठमाडौंस्थित जोरपाटीमा कपडा सिलाउने भारत मोतीहारी हिरमुनीका ४० वर्षीय मोहम्मद समसुल हकमाथि गोली प्रहार गरेका थिए । चारजनाको सो टोलीमा हाल ब्यूरोले पक्राउ गरेको अतिक खान पनि सहभागी थिए ।
    जोरपाटी गोलीकाण्डमा गिरोहका दुईजना सदस्य पक्राउ परेपछि काठमाडौंमैं आलमको हत्या गर्ने योजना  विफल भएको थियो । आलम काठमाडौंबाट बारा आएलगत्तै अतिक खानसँग सम्पर्क गरी सुटरहरू वीरगंज आई घण्टाघरनजिकैको एक गेस्ट हाउसमा बसेका थिए ।
    घटनाका दिन बिहानै सुटरहरू आलमको घरनजिकै पुगेर पिछा गर्दै दाना मिलअगाडि पुगेर गोली प्रहार गरेका थिए ।
    घटनामा संलग्नमध्ये हालसम्म तीनजनालाई पक्राउ गरिएको, एकजना योजनाकार दुबईमा रहेको र आलममाथि गोली प्रहार गर्ने सुटरहरू भने घटनामा प्रयोग भएको मोटरसाइकल वीरगंजस्थित एभरेस्ट लजनजिक छाडेर भारत फरार भएकाले  निजहरूको खोजी कार्य तथा अनुसन्धान कार्य जारी रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
    पत्रकार सम्मेलनमा सुटरहरूको हुलिया पनि सार्वजनिक गरिएको थियो ।  पत्रकार सम्मेलनमा बाराका प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराई, प्रहरी नायब महानिरीक्षक विज्ञानराज शर्मा, नारायणी अञ्चलका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, बाराका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक कालीदास धौजु र  राष्ट्रिय अनुसन्धानका बारा प्रमुख अच्युत पन्तको उपस्थिति थियो ।
    यसैगरी भदौ ३१ गते निजगढ–८ निवासी ३८ वर्षीय भगवान बडालको अपहरणमा संलग्न रहेको आरोपमा रौतहट कनकपुर–५ बस्ने वर्ष ४० को रावण माझी, ४३ वर्षका दिलीप माझी, रावण माझीकी श्रीमती ३४ वर्षीया फूलमाया माझी, २३ वर्षीया मीना माझी, ६० वर्षीया रेखाकुमारी माझी, मकवानपुर जिल्ला अढाई गाउँ वडा नं. ८ बस्ने ३० वर्षका रामबहादुर माझी, कनकपुर–५ घर भई माइतीघर रतनपुरी–१ बस्दै आएकी २७ वर्षीया विद्यादेवी कछरियालाई प्रहरीले आज सार्वजनिक गरेको थियो ।
    सार्वजनिक गरिएका अभियुक्तहरूको घरबाट भरुवा बन्दुक १ थान, मार्क फोरको गोली ५ राउन्ड, नगद २ लाख, मोबाइल ९ थान र मोटरसाइकल २ थान बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आलम हत्याकाण्डमा पूर्वसभासद्सहित तीनजना पक्राउ, बडाल अपहरणका अभियुक्तहरू सार्वजनिक
आलम हत्याकाण्डमा पूर्वसभासद्सहित तीनजना पक्राउ, बडाल अपहरणका अभियुक्तहरू सार्वजनिक
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgU2NomGbbhA7JokI2L3CMGGY3hApMSuEF_QIdlAWFMjZc9A_htNYbTY97T5SMXxN24_6UW48SK7NpoPaizyyrBRCi4J75KdLgdcRHAxj7Xz2yLvEaEeI01bMdzI0_4qXfiLnsUJHGaZvn4/s200/pakrau+sarvjanik2+.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgU2NomGbbhA7JokI2L3CMGGY3hApMSuEF_QIdlAWFMjZc9A_htNYbTY97T5SMXxN24_6UW48SK7NpoPaizyyrBRCi4J75KdLgdcRHAxj7Xz2yLvEaEeI01bMdzI0_4qXfiLnsUJHGaZvn4/s72-c/pakrau+sarvjanik2+.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/10/blog-post_1308.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/10/blog-post_1308.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy