सिकेन्द्र पासवान, कलैया, १३ कात्तिक/
दोस्रो संविधानसभा निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित सम्पन्न गर्नका लागि बारामा नागरिक अभियान समिति गठन भएको छ ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियान सम्बन्धी इन्सेक बाराले आयोजना गरेको छलफल कार्यक्रमबाट सो समिति गठन गरिएको इन्सेक प्रतिनिधि लक्ष्मी साहले बताए ।
बारा नागरिक समाजका महासचिव हीरालाल साहको संयोजकत्वमा आठ सदस्यीय अभियान समिति बनाइएको हो, जसमा उद्योग वाणिज्य सङ्घका महासचिव राजकुमार साह, पत्रकार महासङ्घका कोषाध्यक्ष सिकेन्द्र पासवान, एनजिओ फेडेरेशनका अध्यक्ष उत्तिमलाल चौरसिया, प्राध्यापक नीलेश तिमिल्सिना, गैरसरकारी संस्थाबाट श्यामबाबू यादव, महिलाबाट अनिता साह, शिक्षकबाट रमाकान्त यादव रहेका छन् ।
साथै छलफलबाट राजनीतिक दल, निर्वाचन कार्यालय, प्रहरी प्रशासनलाई आचारसंहिता पालना गर्न/गराउन सचेत रहन तथा सरोकारवालाहरू सरकारी निकाय, र दलहरूसँग अन्तक्र्रिया गर्ने निर्णय भएको इन्सेक प्रतिनिधि साहले बताए ।
छलफल कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालयबाट नासु सोमबहादुर विक, प्रेस चौतारीका अध्यक्ष सुभाष साह, मधेस मिडिया हाउसका अध्यक्ष सञ्जय तिवारी, जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी निरीक्षक सन्त लामा लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।