- विश्वराज अधिकारी
संविधानसभा निर्वाचनको मिति नजिकिंदो परिप्रेक्ष्यमा राजनैतिक दलहरूले निर्वाचनसँग सम्बन्धित विषयहरू– चुनावमा सहभागिता, उम्मेदवार घोषणा, घोषणापत्र निर्माण, प्रचारप्रसार आदिमा बढाएको सक्रियता हेर्दा नेपालमा निर्वाचन होला भन्ने निश्चितता बढ्दै गइरहेको छ र साथै मुलुकले यसपटक त अवश्य पनि संविधान पाउनेछ भन्ने राष्ट्रिय आशा पनि सुक्न थालेको अवस्थाबाट विस्तारै हरियो हुँदै जान थालेको छ । हुनत अब बन्ने संविधानसभाले अवश्य पनि संविधान निर्माण गर्ला भनी विश्वास गरि नै हाल्ने ठोस आधार देखिएको छैन, दलहरूको विगतका क्रियाकलाहरूको मूल्याड्ढन गर्दा । त्यसरी आधार नदेखिनुको प्रमुख कारण भने, अब पुन: निर्माण हुने संविधानसभामा तिनै पुराना राजनैतिक खेलाडीहरूले मैदानमा प्रवेश पाउनु हो, खेल उनीहरूले पुरानै पद्धतिले खेल्ने हो । यी तिनै राजनैतिक खेलाडीहरू हुन् जसले विगतमा लामो, उराँठलाग्दो, घृणित खेल खेलेर अति मूल्यवान खेललाई अनिणर््िात (संविधान नदिएर) पारेर हिंडेका थिए, राष्ट्रको महत्त्वपूर्ण समय र साधन बर्बाद गरेर हिंडेका थिए । गैरजिम्मेवारीपनको दुर्लभ नमूना प्रस्तुत गरेका थिए । त्यस कार्यको लागि नेपाली इतिहासले भने उनीहरूलाई सदैव याद गर्नेछ ।
चुनाव हुने वातारण जुन किसिमले बलियो बन्दै गइरहेको छ, चुनावमा तिनै पुराना, हारेका, थाकेका, झगडिया, कुटिल, स्वार्थी खेलाडीहरू फेरि निर्वाचित भएर आउने सड्ढेत मिल्न थालेको छ, यो पार्टीबाट यो उम्मेदवार हुने, त्यो पार्टीबाट त्यो उम्मेदवार हुने भनी चर्चा परिचर्चा सुन्दा, हेर्दा । निष्पक्ष, निस्स्वार्थी, इमान्दार र कुनै दलमा आबद्ध नभएका व्यक्तिहरू चुनावी चर्चामा, संविधानसभा सदस्य उम्मेदवारको रूपमा उदाउन थालेका छैनन्, जुन ज्यादै दु:खद पक्ष हो । अर्को कुरा, दलभित्र पनि विवादमा नपरेका, स्वच्छ छवि भएका, निस्स्वार्थी, विकासप्रति कटिबद्ध व्यक्तिहरूको नाम उम्मेदवारको रूपमा चर्चामा आउन सकिरहेको छैन । दलका प्रमुख एवं प्रभावशली नेताहरूले त्यस्ता व्यक्तिलाई उम्मेदवारको रूपमा उठाएर आफ्नो शक्ति कमजोर बनाउन चाहँदैनन् । उनीहरू योग्य र सक्षम व्यक्तिलाई प्रत्याशी नबनाई आफूले पत्याएको, दलप्रति नभई नेताप्रति वफादार रहने आसेपासेहरूलाई प्रत्याशी बनाउने दाउपेंचमा लागेका छन, जुन अर्को दु:खद पक्ष हो ।
छापाहरूमा केही खबर, चर्चा परिचर्याहरू यस्ता पनि आएका छन्, जसमा दलका हर्ताकर्ता (प्रभावशाली नेता) हरूले यसपटकको चुनावमा युवाहरूको सहभागिता ठूलो सङ्ख्यामा गराउने अर्थात् चुनाव लड्न आआफ्नो दलबाट युवाहरूलाई बढीभन्दा भढी टिकट दिने उल्लेख गरिएको छ । यो एक किसिमको चुनावी रणनीति हो, पुराना नेताहरूले नयाँ नेताहरू निर्माण गर्न देखाएका सदाशयता होइन । युवाहरूको सहभागिता बढाउने नाममा दलका प्रभावशाली नेताहरूले युवाहरूमध्येका आफ्ना गुटका विश्वासपात्रहरूलाई निर्वाचनमा विजयी तुल्याएर आफ्नो पक्ष बलियो तुल्याउने एक प्रकारको कुटिल चाल हो, यो । अर्को र महत्त्वपूर्ण कुरा त के हो भने नेपालको वर्तमान जनसङ्ख्याको ढाँचामा युवाहरूको प्रतिशत अधिक छ । १८ देखि ४० वर्षका मतदाताहरू कुल मतदाताको ३८ प्रतिशत छन् । यस किसिमको परिस्थितिमा युवाहरूको मतले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । त्यस कारण युवाहरूलाई रिझाउन वा लोभ्याउन पनि दलका प्रभावशाली पुराना नेताहरूले चुनावमा युवाहरूलाई ठूलो सङ्ख्यामा उम्मेदवार बनाउने उद्घोष गरिरहेका छन, जुन उनीहरूको बाध्यता हो, उनीहरूको महानता होइन । पुराना नेताहरूले महानता देखाउन खोजेको हो भने स्वार्थी राजनीति होइन देश र जनताको आर्थिक विकासमा समर्पित हुने इच्छा राखेको हो भने चुनावमा भाग नलिने घोषणा गर्न सक्नुपर्दछ, राजनीतिबाट सन्न्यास लिएर सामाजिक कार्यमा लाग्नुपर्दछ । सत्ता प्राप्तिका लागि गर्ने राजनैतिक व्यवसाय बन्द गर्नुपर्दछ ।
जे जस्तो किसिमको उद्देश्यका साथ होस् तर युवाहरूलाई ठूलो सङ्ख्यामा उम्मेदवार प्रस्तुत गर्नु राम्रो पक्ष हो । राष्ट्रिय जनसङ्ख्यामा युवाहरूको प्रतिशत बढी भएकोले उनीहरूले प्रतिनिधित्व पनि ठूलो सङ्ख्यामा गर्न पाउनुपर्दछ । युवाहरूमा नयाँ नयाँ काम, समन्वयात्मक ढ·मा, जोश र जाँगरका साथ गर्ने क्षमता हुन्छ पनि । तर महत्त्वपूर्ण कुरा त के हो भने कुनै दलको नेता युवा हुँदैमा, चुनावमा निर्वाचित हुँदैमा, उसले इमानदारी र निष्पक्षताका साथ देश र जनताको हितमा काम गर्छ भन्ने कुराको कुनै ग्यारन्टी गर्न सकिंदैन । युवा हुनु नै आर्थिक विकासप्रति समर्पित हुनुको बलियो प्रमाणपत्र होइन । तर जुनसुकै उमेरको व्यक्ति, जुनसुकै राजनैतिक दलबाट निर्वाचित भएर आएको किन न होस्, यदि ऊ इमानदार र निष्पक्ष छ भने त्यस किसिमको व्यक्ति निर्वाचित भएमा ऊबाट देश र जनताको हितमा काम हुन्छ भन्ने कुराको ग्यारन्टी भने गर्न सकिन्छ । व्यक्ति निष्पक्ष र इमानदार हुनु नै देश र जनताको आर्थिक विकासप्रति समर्पित हुन्छ भन्ने कुराको ग्यारन्टी हो, प्रमाण हो ।
संविधानसभाको पछिल्लो निर्वाचन सम्पन्न भएको बेलादेखि नै राष्ट्र र सामान्य जनता कमजोर तर दल र तिनका नेताहरू बलियो हुँदै आएको स्थिति थियो र त्यो स्थिति अहिलेसम्म पनि कायम नै छ । दलका नेताहरूले नेपालको राजनीतिलाई आफ्नो स्वार्थ अनुसार कहिले कता, कहिले कता पुर्याए । केही सीमित नेताहरूको वरिपरि नै राष्ट्रिय राजनीतिले चक्कर काट्यो र अहिले पनि काटिरहेको छ । देशको आर्थिक प्रगति सुस्त हुन पुग्यो, राजनीति त अन्योलपूर्ण भयो नै । अब भने त्यस्तो स्थितिको अन्त्य हुनुपर्दछ । दल र तिनका नेताहरू होइन, सामान्य जनता बलियो हुनुपर्दछ, अब यो समयमा । राष्ट्र बलियो हुनुपर्दछ । राष्ट्र र जनतालाई बलियो बनाउने प्रमुख माध्यम भनेको संविधानसभा निर्वाचनमा असल, निस्स्वार्थी र इमानदार उम्मेदवारलाई विजयी गराउनु हो । यो मूल्यवान अवसरलाई नेपालीहरूले गुमाउनुहुँदैन । केवल दाउपेच मात्र खेल्ने किसिमका दलहरूको दाउपेचमा पर्नुहुँदैन । उनीहरूका कोरा आदर्शवादी, असफल सिद्धान्तवादी, जातिवादी, साम्प्रदायिक, भेवभावपूर्ण कुराहरूमा लाग्नुहुँदैन ।
मतदाताहरूले कसलाई भोट दिने भनी उम्मेदवारहरूमा हेर्नुपर्ने गुणहरूमा दुईवटा गुणहरू प्रमुखरूपमा हेर्नुपर्ने देखिन्छ, वर्तमान अन्योलपूर्ण राजनीतिको समाप्त गर्न अनि देशलाई आर्थिक विकासको पथमा तीव्र गतिमा दौडाउने ती दुई गुणहरू हुन्– १. निस्स्वार्थ र इमानदारिता २ . आर्थिक नीतिप्रति स्पष्टता ।
उम्मेदवार यो वा त्यो राजनैतिक दलको हो, उम्मेदवारले यो जाति वा समुदायको प्रतिनिधित्व गर्दछ, उम्मेदवारले यस किसिमको राजनैतिक सिद्धान्तमा आस्था राख्दछ भन्ने कुरालाई अब उम्मेदवारको योग्यताको रूपमा लिनुहुँदैन । उम्मेदवारको प्रमुख योग्यता भनेको उसमा इमानदारी हुनु हो । इमानदार व्यक्ति कुनै दलभित्र वा बाहिर भए पनि उसले देश र जनताको हितमा काम गर्छ । कुनै व्यक्तिले म इमानदार हो भनी प्रचार गर्दैमा ऊ इमानदार हुन्छ भन्ने छैन । उसको इमानदारी, उसको व्यवहारद्वारा देखिएको हुनुपर्दछ । त्यस कारण कुनै व्यक्तिले के भन्छ भन्ने कुरालाई होइन, उसले के गर्दछ भन्ने कुरालाई उसप्रतिको विश्वनीयताको आधार बनाउनुपर्दछ ।
उम्मेदवारको आर्थिक नीतिप्रति स्पष्टता अर्को, तर ज्यादै महत्त्वपूर्ण योग्यता हो । उम्मेदवारलाई आर्थिक क्षेत्रको राम्रो जानकारी छ कि छैन, आफ्नो क्षेत्रको आर्थिक विकासका लागि ऊसँग कस्ता कस्ता सोच एवं कार्यक्रमहरू छन्, ती कार्यक्रमहरूलाई उसले कुन किसिमबाट सम्पन्न गर्ने योजना बनाएको छ, साधनहरू कसरी जुटाउने लक्ष्य राखेको छ, तोकिएको अवधि (पाँच वा सात वर्ष) भित्र आफ्नो क्षेत्रमा के कस्ता आर्थिक विकासहरू भएको हेर्न खोजेको छ, गरिबी निवारण र विपन्न जनताको आर्थिक विकासका लागि ऊसँग कस्ता कस्ता कार्यक्रमहरू छन्, आफ्नो क्षेत्रमा रोजगारी विस्तार गर्न उसले के कस्ता कार्यक्रमहरू ल्याउने सोच राखेको छ, जस्ता कुराहरूमा उम्मेदवारको धारणा कस्तो छ भनी थाहा पाउन आवश्यक छ । यी कुराहरूमा स्पष्ट हुनुलाई उम्मेदवारको योग्यताको रूपमा लिनुपर्ने देखिन्छ, राजनैतिक विषयहरूलाई महत्त्व नदिएर । देशमा प्रजातन्त्र स्थापना भएको परिप्रेक्ष्यमा अब राजनैतिक मुद्दाहरूले प्राथमिकता पाउनुहुँदैन । आर्थिक विकास भयो भने अन्य विषयहरू स्वत: सुधारको दिशातर्फ उन्मुख हुनेछन् । इमानदारीपूर्वक देश र जनताको आर्थिक विकास गर्ने इच्छाशक्ति हुनु नै उम्मेदवारको योग्यता स्थापित हुनुपर्दछ ।
सर्वाधिक महत्त्वपूर्ण कुरा त के हो भने वर्तमान युगसँग मेल खाने आर्थिक नीतिप्रति वा खुला बजार एवं आर्थिक उदारीकरणप्रति उम्मेदवारले विश्वास गर्दछ कि गर्दैन, त्यसलाई पनि उम्मेदवारको योग्यता जाँच्ने कसीको रूपमा लिनुपर्दछ । सङ्कुचित र परम्परागत आर्थिक नीति राख्ने, धनी र गरीब शत्रुताका दुई पक्षहरू भनी हेर्ने, सम्पत्तिमा राज्यको नियन्त्रण हुनुपर्छ भन्ने, सम्पत्ति स्वतन्त्ररूपले आर्जन, लगानी र सञ्चय गर्न पाउने अधिकार कुण्ठित गर्न खोज्ने जस्ता जन प्रतिनिधिबाट न मुलुकको आर्थिक विकास हुन सक्छ, न गरिबहरूको कल्याण नै हुन सक्छ, यो विश्व बजारीकरणको युगमा । गरिबहरूको आर्थिक हित गर्न खोज्नेले उदार र खुला अर्थनीतिमा विश्वास गर्नै पर्दछ, यसको विकल्प छैन ।
अब म यो उम्मेदवारलाई भोट हाल्छु, किनभने यो मैले चाहेको दल, समुदायको व्यक्ति हो, यसले यस किसिमको सिद्धान्तमा विश्वास गर्छ, यसले हाम्रो जात–जातिको विकासमा सहयोग पुर्याउँछ भन्ने मानसिकताबाट आम मतदाता बाहिर आउन आवश्यक छ । होइन, पुरानै मानसिकताबाट ग्रस्त भएर मत हाल्ने हो, नेता निर्वाचित गर्ने हो भने तिनै नेताहरू वा तिनका विश्वासपात्रहरू पुन: निर्वाचित भएर आउने छन् र मुलुकको राजनैतिक र आर्थिक स्थितिलाई अझै पचास वर्ष पछाडि पुर्याउने छन्, विश्वका अन्य राष्ट्रहरूले चमत्कारी किसिमले आर्थिक प्रगति गरिरहे तापनि । यस्तो भएमा जनताले, मुलुकको अति सुस्त आर्थिक विकासका लागि नेताहरू र उनीहरूद्वारा निर्माण गरिने राजनीतिलाई दोष दिने ठाउँ रहने छैन । असल जनप्रतिनिधि छनोट गर्ने अवसर गुमाएर राजनीतिलाई पुरानै अवस्थामा पुर्याएको जवाफदेहिता जनताले पनि लिनुपर्ने हुन्छ ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm