प्रस, वीरगंज, १० असोज/
नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको प्रसूतिगृह भवनमा रहेको नगद सड्ढलन केन्द्रमा कम्प्युटर प्रविधि जडान भएपछि आम्दानी तीन गुना बढेको छ ।
कम्प्युटर प्रविधि जडान भएको तीन सातामा दैनिक आम्दानी तीन गुना बढी भएको देखिएको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजका मेसु डा. रामशड्ढर ठाकुरले बताए ।
मेसु ठाकुरका अनुसार प्रविधि जडान हुनुअघि नाउक्षे अस्पताल प्रसूतिगृहमा रहेको नगद सड्ढलन केन्द्रमा दैनिक ३०–४० हजारसम्म आम्दानी हुन्थ्यो भने कम्प्युटर जडान भएपछिको तीन साताको रेकर्ड अनुसार दैनिक १ लाखदेखि १ लाख २५ हजारसम्म आम्दानी भएको छ ।
नाउक्षे अस्पतालको नगद सड्ढलन केन्द्रका लागि करिब एक वर्ष अघिदेखि कम्प्युटर खरिद गरिएको थियो। तर कर्मचारीहरूले प्रविधिको ज्ञान नभएको बहानामा कम्प्युटर जडान गर्न मानेका थिएनन् ।
अहिले सो प्रविधि जडान भएपछि अस्पतालको आम्दानी बढेको हो । स्रोतका अनुसार नगद सड्ढलन केन्द्रका कर्मचारीसमेतको मिलोमतोमा आर्थिक अनियमितता हुने गरेको र अहिले कम्प्युटर जडान भएपछि आर्थिक अनियमितता रोकिएको कारण अस्पतालको आम्दानी वृद्धि भएको हो ।