सुशील मुडभरी
गताङक को बाँकी
अहिलेसम्म काल निर्धारण विधिका विषयमा हामीले जुन चर्चा गर्यौं त्यो
रामपिथेकसको प्रसङगमैं गरेका थियौं। हाम्रो मूल उद्देश्य रामपिथेकस हो र काल निर्धारण त्यसलाई सहयोग पुर्याउने अर्को पक्ष हो। प्रोफेसर एलएसबी लिकेले अफ्रिकाको केन्यामा प्राप्त गरेको
रामपिथेकसको काल निर्धारण दहान्तु–मन्दातिका आधारमा गरिएको थियो भन्ने कुरा पहिले नै चर्चा भइसकेको छ। दि राइजिङ नेपालका अनुसार पश्चिमी नेपालको बुटवलको छेउमा पाइएको
रामपिथेकसको काल निर्धारण
पुराचुम्बकीय विधिद्वारा गरिएको हो। केन्याको रामपिथेकस आजभन्दा एक
करोड चालीस लाख वर्ष पुरानो हो भने नेपालको रामपिथेकस एक करोडभन्दा अघिको अर्थात् एक करोड दस लाख वर्ष पुरानो ठहरिन आएको छ। भारत र एसियाका अन्य मुलुकमा पाइएका अरू रामपिथेकस नेपालको
रामपिथेकसभन्दा पछिको देखिन आएकोले नेपालको रामपिथेकसलाई विश्वमा दोस्रो र एसियामा पहिलो भनिएको हो।
मानवसित केही लक्षण मिल्ने यस्ता प्राणीलाई मानव पुर्खा हुन् कि भन्ने विचार जनसमक्ष आउन थालेको इतिहासलाई केलाउने हो भने त्यो मोटामोटी रूपमा एक–सवा शताब्दीजति लामो होला। जुन समय पुरातत्त्व र भूगर्भशास्त्रीसमेतका केही विद्वान्हरू यस कार्यमा लागेका थिए त्यस समय युरोपमा पुराणपन्थीहरूको बोलबाला थियो। सीमित विद्वान्बाहेक समस्त जनतामा आयरल्यान्डका आर्चविशप जेम्स उसरका सिद्धान्तको प्रभाव थियो। जेम्स उसरले बाइबलको ओल्ड टेस्टामेन्टलाई व्याख्या गरेर एउटा रचना ई. १६५० मा जनसमक्ष ल्याएका थिए। यस व्याख्या अनुसार विश्वको रचना ईसापूर्वक ४००४ मा भएको थियो। समस्त विश्वको रचना हुन जम्मा ६ दिन लाग्यो र छैठौं दिनमा अन्तिम सृष्टिको रूपमा आदम अवतरित भए। बाइबलको ओल्ड टेस्टामेन्टको अनुसार आदम नै मानव जातिको पहिलो पुरुष हो।
आर्च विशप जेम्स उसरले विश्वसृष्टिको साल मात्र प्रस्तुत गरेका थिए भने उनकै समसामयिक क्याम्ब्रिज विश्वविद्यालयका उपकुलपति डा. विशप लाइट फुटले बाइबलको स्वतन्त्र अध्ययन गरेर विश्वको सृष्टि प्रारम्भ भएको दिन र समय २३ अक्टुबर बिहान ९ बजे ४००४ इसापूर्व हो भनेका थिए। डा. मार्गरेट भुरेले त्यसमा अझै संशोधन गरेका छन्। उनका अनुसार २३ अक्टुबर बिहान ९ बजे होइन, मार्च २१ तारिख बिहान ६ बजे ४००४ ई.पू. विश्वको रचना प्रारम्भ भएको हो। पाश्चात्य जगत्का जनतामा यस्तो पुराणपन्थी विचारको प्रबलता हुँदाहुँदै पनि त्यसको विपरीत केही विद्वान्हरूले प्राक्मानवको अध्ययनलाई अघि बढाए। प्रो. एलएसबी लिकेजस्ता विद्वान्ले बाँदरजस्तो प्राणीलाई बाइबलको आदमका पुर्खा भनेर आफ्नो पुस्तकको नाम ‘आदम्स एनसेटोर्स’ भन्ने राख्नु पुराणपन्थीलाई व्यङ्ग्य गर्नुबाहेक अरू केही हुन सत्तैmन। यो पुस्तक १९३४ मा प्रकाशित भएको थियो।
प्राक्मानवको चर्चा गर्ना साथ विकासवादको स्मरण हुन्छ। यस सिद्धान्तका प्रबल प्रवर्तक आचार्यमध्ये चाल्र्स डार्बिनको नाम सर्वप्रथम आउँछ। १८५९ मा ‘जातिवर्गको विश्वास’नामक आफ्नो पुस्तक प्रकाशित भएपछि पौराणिक मान्यताका अनुयायीहरूले त्यसको खुब आलोचना गरे र आज पनि गर्दैछन्। तर यसको सिद्धान्त प्रतिपादनमा आधारभूत कुरा तुलनात्मक अध्ययन गरेकाले आँखा चिम्लेर मान्दिन भन्न पनि कसैले पाउँदैन। विकासवादीहरू आफ्नो मत प्रतिपादन गर्ने तुलनात्मक शरीर विज्ञान, गर्भ विज्ञान, पुरासत्त्वशास्त्र र जीवरसायन शास्त्रको सहयोग लिन्छन् भने काल निर्धारणका लागि परमाणु भौतिक विज्ञानको सहयोग लिन पनि चुक्दैनन्। तुलनात्मक शरीर विज्ञानबाट कुन कुन प्राणीका शरीरको हाडमा कस्तो समानता छ, दाँत र मस्तक वा च्यापुमा के भिन्नता वा समानता छ, त्यसको तुलनात्मक अध्ययन गर्न सकिन्छ। गर्भ विज्ञानको सहयोगबाट कुन कुन प्राणीमा गर्भावस्थाको समानता पाइन्छ, त्यसको ज्ञान हुन्छ। पुरासत्वशास्त्रले सुदूरभूतमा रहेका प्राणीको अस्मिभूत अस्थि अवशेषको अध्ययनमा त्यसैसँग मिल्ने आजको प्राणीसँग तुलना गर्ने काममा सहयोग पुर्याउँछ र त्यसै प्रकारका जीव रसायनशास्त्रले कुन–कुन प्राणीको रक्तमा समानता वा विषमता पाइन्छ त्यसको ज्ञान गराउँछ। उदाहरणका लागि बाँदर र मनुष्यको शारीरिक रचनामा भेद छ तापनि यिनका अस्थिरचना अर्थात् हाडको बनावट तथा दाँत र मस्तकको रचनामा केही समानता पाइन्छ। यसबाहेक गर्भको प्रकृति पनि मिल्दछ र रक्तमा पनि किञ्चित समानता देखिन्छ। यस्तै तुलनात्मक अध्ययनका आधारमा प्राक्मानवको उदय बाँदर वा यस्तै प्राणीबाट भएको हुनुपर्दछ जसलाई आजका मानवको पुर्खा भन्न सकिन्छ भन्ने तर्क विकासवादीहरूले प्रस्तुत गरे। उनीहरू मानवसित मिल्ने त्यस्ता प्राणीलाई सामूहिकरूपमा ‘प्राथमिक वर्ग’ भन्दछन् । प्राथमिक वर्ग भन्ने नामाकरण गर्नेमा सबभन्दा जेठा स्वीडेनका वनस्पतिशास्त्री लिन्नाएउस नामक विद्वान्ले अठारौं शताब्दीमा गरे।
प्राथमिक वर्ग भन्नाले वानरागुणलाई बुझाउँछ। वानर एउटा जातिवर्ग हो। यस्ता प्राणीलाई देख्दा कता–कता मानवको स्मरण हुन्छ। मानवको अनुहारसँग मिल्ने हुनाले नै ‘वा–नर’ नामाकरण गरिएको हुनुपर्छ। वानरागुणमा पनि कपि, मर्कट र नरबाँदरका भेदले तीन प्रकारका प्राणी आउँछन्। ती तीन प्रकारका प्राणी हुन्– निशाकपि अनुगण, कुर्चमर्कट अनुगण र नरवानरागुण। निशाकपि अनुगणमा निशाकपि र त्यससित मिल्न आउने प्राणी पर्दछन् भने कुर्चमर्कट अनुगणमा पनि त्यस्तै प्राणी पर्दछन्।
जसलाई हामीले निशाकपि भन्यौं त्यसलाई त्यस्तो नामाकरण गर्नमा पनि कारण छ। यस प्रकारका प्राणी निशाचर अर्थात् रातमा सक्रिय रहने र दिनमा निष्क्रिय रहने हुँदा यसलाई निशाकपि भनिएको हो। मानव निशाचर नभएर दिवाचर प्राणी हो, अत: त्यसलाई मानवसित तुलना गर्न आवश्यक छैन। अर्को विचारयोग्य कुरा यो हो कि यो प्राणी ज्यादै सानो आकारको वानरमा आउँछ। यस्ता प्राणीका अश्मीभूत अस्थि अवशेष उत्तरी अमेरिका र युरोपमा पाइएका छन्। यी प्राणी मेडागास्कर, अफ्रिका र इस्ट इन्डिजमा आज पनि जीवित अवसथामा पाइन्छन्।
निशाकपिपछि कुर्चमर्कटको पालो आउँछ। यस्ता प्राणीको पुच्छर कुचो जस्तो हुने हुँदा यसलाई कुर्चमर्कट भन्ने नामाकरण गरिएको हो। कुर्चमर्कट निशाकपि र नरवानरबीचको भए पनि यो प्राणी पनि सानै आकारको वानरमा आउँछ। अत: यसलाई मानवसित मेल खाने प्राणीमा लिन सकिन्न।
कुर्चमर्कट पछि नरवानरागुणलाई लिइएको छ। यस्ता प्राणीका हात र गोडाका आकार मानिसजस्तै स्पष्टसित छुट्टिएका हुन्छन्। त्यसै कारण यस्ता प्राणीलाई ‘नरवानर’ मानिसजस्तो वानर भनेर नामाकरण गरिएको हो। नरवानर पनि विस्तीर्णनास (प्लेथराइन) र सङकीर्णनास (क्याथाराइन्) अर्थात् ठूलो नाक र सानो नाक भएका दुई प्रकारका हुन्छन्। ती पनि सपुच्छ (टेल्ड) र अपुच्छ (एप)का भेदले दुई प्रकारका हुन्छन्।
मानव सपुच्छ प्राणी नभएर अपुच्छ प्राणी हो। त्यस कारण अपुच्छकै विषयमा विचार गर्नुपर्यो। अपुच्छ प्राणीका पनि दुई प्रकारका भेद हुन्छन्– अपुच्छख्यात चतुष्क (फोर ग्रेट एप्स) र मानवागुण (ह्युमानिडी)। जसलाई हामीले अपुच्छख्यात चतुष्क भन्यौं त्यसका पनि शाखा वानरागुण र नरवानरगणका नामले दुई भेद हुन्छन्। शाखा वानरागुणमा शाखा वानर (गिवोन्) र त्यसैसित समानता राख्ने प्राणी आउँछन् । यस्ता प्राणीलाई शाखा वानर भन्नुमा पनि कारण छ। शाखा वानर नामका प्राणीको स्वभाव प्राय: रूखमैं झुन्डिएर बस्ने खालको हुन्छ। मानव रूखको हाँगामा झुन्डिएर निर्वाह गर्ने खालको प्राणी होइन, त्यस कारण नरवानरगण भनिने प्राणीसित तुलना गरेर हेर्नुपर्यो। नरवानरगणमा वनमान्छे, मध्यवानर र भीमवानर नामका तीन प्रकारका प्राणी आउँछन् जसलाई हामीले मानवनुगण भनेका थियौं त्यसमा आज पाइने अपुच्छख्यात चतुष्कभित्र पर्ने नरवानरगणसित मेल खाने सुदूरभूतको समयका अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएका आजको मानवसित मेल खाने प्राणीलाई पनि विद्वान्हरूले वानर भन्ने नामाकरण गरेर मानवानुगणको अनुसूचीमा राखेका छन्। यसरी नरवानरलाई मानवानुगणको अनुसूचीमा समाविष्ट गर्नमा पनि कारण छ। जसरी सुदूरभूतका त्यस्ता प्राणीका अश्मीभूत अस्थि अवशेष आजको नरवानरसँग मेल खान्छ, त्यसैगरी आज जीवित रहेका नरवानरलाई मानवसित तुलना गरेर हेर्दा तिनका धेरै कुरा मानवसित मेल खान आउँछन्। अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएका सुदूरभूतका त्यस्ता वानरमा मिश्रको पूर्व अतिनूतनवानर, केन्याको पूर्व दूतवानर, शिवालिकको शिवालिक मानव भनिने सिववानर, केन्यामा पाइएको शिवालिक मानवजस्तै सिववानर र केन्याको अर्को पङकवानर र युरोपका दुई अतिनूतन वानर पनि यस सूचीमा आउँछन्। प्रसङगवश पहिले चर्चा गरिएका शिवालिकका दुई शुष्कवानर (ड्राइओपिथेकस)को लगत्तैपछि खोजेको रामवानर नामको प्राणी यही हो। यसको नाम किन यस्तो रहन गयो त्यसलाई यहाँ पुन: दोहोर्याउने आवश्यक छैन। केन्याको रामवानरपछि नेपालको रामवानर अर्थात् रामपिथेकसको पालो आउँछ र त्यसपछि भारत र अन्य एसियाली मुलुकमा पाइएका त्यस्ता प्राणी अर्थात् रामपिथेकस पर्दछन्। शिवालिकको रामपिथेकसलाई पहिले शुष्कवानर पनि भनिन्थ्यो। रामवानरपछि दक्षिणी वानर (अस्ट्रालोपिथेकस) नामको प्राणीलाई लिइएको छ। अहिले प्रस्तुत गरिएको केन्याको पछिल्लो केन्यावानर र नेपालको बुटवलपिथेकस भारत र अन्य एसियाली मुलुकमा पाइएका रामपिथेकससम्मको काललाई मानवपूर्व काल (प्रिह्युमन पिरियड) भनिन्छ। दक्षिणी वानरभन्दा पछिको काललाई मानव–युग भन्ने नामाकरणका बीचको प्राणी हो। दक्षिणी वानरले आजभन्दा असी लाखदेखि बीस लाख वर्षपहिलेको लामो अवधिको प्रतिनिधित्व गर्दछ। क्रमश: