अनन्तकुमार लाल दास
सरकारको पूर्ण लगानीमा सञ्चालित विद्यालयलाई सामुदायिक विद्यालय भनिन्छ। सामुदायिक विद्यालयका शिक्षकहरू पूर्णतया तालिम प्राप्त हुन्छन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई अनेक प्रकारको सुविधाहरूजस्तै पुस्तक, पोशाक र छात्रवृत्ति प्रदान गरिन्छ। त्यहाँ पढ्ने विद्यार्थीहरूमाथि संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीहरूको तुलनामा सरकारले तोकेको पाठ्यक्रमभन्दा बढी न पढ्नुपर्छ न पढाइन्छ नै। उनीहरूलाई संस्थागत विद्यालयजस्तो किताब र कापीको भारी पनि बोक्नुपर्दैन। विद्यालयलाई सही ढङगले सञ्चालन गर्न त्यहाँ पढ्ने विद्यार्थीका अभिभावकहरू सामेल रहेको व्यवस्थापन समिति पनि हुन्छ। शिक्षा कार्यालयबाट पनि त्यस्ता विद्यालयको रेखदेख गर्न निरीक्षकहरूद्वारा अनुगमन भइरहन्छ। परीक्षामा बढी परिणाम ल्याउने विद्यालयहरूलाई पुरस्कृत पनि गरिन्छ। त्यहाँ पढाउने शिक्षकहरूलाई सरकारले आकर्षक तलब दिन्छ। हरेक प्रकारको तालिममा जाँदा उनीहरूलाई भत्ता सुविधा दिइन्छ। यस प्रकारको सुविधा संस्थागत विद्यालयमा पढाउने शिक्षकहरू वा विद्यार्थीहरूका लागि कल्पना मात्र हो। यति हुँदाहुँदै पनि सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको चाप दिनानुदिन घट्नु, त्यहाँको शैक्षिक स्तर दिन प्रतिदिन खस्कँदै जानु आज आम चासोको विषय बनेको छ।
आखिर किन सामुदायिक विद्यालयमा अनेक प्रकारको सुविधा हुँदाहुँदै विद्यार्थी सङ्ख्यामा र्हास आएको देखा परिरहेको छ ? प्राय: दिइने कारणमा सामुदायिक विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई राम्ररी पढाउँदैनन्। त्यहाँ पढाउने शिक्षकका छोराछोरी त्यहाँ पढ्दैनन्। यो कारण मेरो दृष्टिकोणमा एकतर्फी मात्र हो। मलाई के लाग्दछ भने यसको पछाडि अन्य कारणहरू जस्तै सामाजिक, राजनैतिक र आर्थिक कारण पनि छन््, जसको परिणामस्वरूप सामुदायिक विद्यालयको साख दिन प्रतिदिन खस्कँदै गइरहेको छ। यस आलेखमार्फत् यिनै कुराहरूमाथि छलफल गर्न खोजिएको छ ।
यसको कारणहरू खोतल्दा सबैभन्दा बढी जिम्मेवार मैले गैरशैक्षिक कार्यक्रममा शिक्षकहरूको बढी व्यस्ततालाई लिएको छु। शिक्षकहरूको प्रमुख कार्य पढाउनु हो तर सामुदायिक विद्यालयका शिक्षकहरूको समय स्वाध्यायभन्दा बढी राजनीतिक कुराकानी गर्ने, आफ्नो सम्पूर्ण दोष अरूमाथि थोपर्ने, वर्षायाममा वर्षाको बहाना, ग्रीष्मयाममा गर्मीको बहाना बनाउने, पढाइभन्दा बढी राजनीतिज्ञहरूको चाकरी गर्ने, पढाउनुभन्दा बढी बैठकहरूमा भाग लिन जाने, घरायसी काममा बढी संलग्न रहने, विद्यार्थी फेल भएमा सम्पूर्ण दोष विद्यार्थी, तिनका अभिभावक र सरकारलाई दिने, भ्रमणको नाउँमा विद्यालय बन्द गर्न सुझाव दिने, शैक्षिक क्रियाकलापबारे छलफल नगर्ने आदि रहेको छ। यदि शिक्षकहरू नै विद्यार्थी प्रेरणाका स्रोत बन्दैनन् भने त्यहाँ विद्यार्थी स्वयं जान रुचाउँदैन भने अभिभावकहरू पनि त्यस्ता विद्यालयमा आफ्नो सन्तानलाई पठाउँदैनन्। ठीक यसको विपरीत संस्थागत विद्यालयका शिक्षकहरूको जागिर उनीहरूले दिने परिणाममाथि निर्भर रहेको हुँदा उनीहरूको शैक्षिक क्रियाकलापमा बढी संलग्नता र गैरशैक्षिक क्रियाकलापमा न्यून सहभागिता हुने गरेको छ।
नेपालको सन्दर्भमा भन्नुपर्दा सामुदायिक विद्यालय आज राजनीतिक अखडा बनेको छ, त्यहीं संस्थागत विद्यालयहरू राजनीतिबाट धेरै टाढा छन् । राजनीतिज्ञहरूले जहाँ सामुदायिक विद्यालयका शिक्षकहरूलाई आफ्नो निहित राजनीतिक स्वार्थ पूर्तिका लागि टुक्रा–टुक्रामा विभाजित गरेका छन्, त्यहीं संस्थागत विद्यालयका संस्थापकहरूले शिक्षकहरूको सहयोगमा राजनीतिलाई विद्यालयको मूल ढोकाभित्र प्रवेश निषेध गरेका छन् र यसको लागि जुनसुकै मूल्य चुकाउन सधैं तयार भइबस्छन्। सामुदायिक विद्यालय गुटबन्दीको शिकार बनेको छ। एक पक्षले राम्रो गर्न खोज्दा अर्को पक्षले अवरोध उत्पन्न गर्ने, पदविपरीत कार्यमा संलग्न रहने, आफ्नो प्रियले जतिसुकै नराम्रो प्रदर्शन गर्दा पनि उसलाई नै पुरस्कृत गर्नेजस्तो चलनले पनि इमान्दारितामा र्हास आएको छ। परिणामस्वरूप त्यहाँ पढाइको वातावरण नरहेकोले विद्यार्थीहरूद्वारा विद्यालय परित्याग गर्ने प्रवृत्ति बढिरहेको छ।
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्नुको अर्को कारण त्यहाँ हुने उपलब्धि र राम्रो कार्यको प्रचारप्रसार नहुनु पनि हो। सामुदायिक विद्यालयहरूले नयाँ भर्नाको बेला गरिने प्रचारप्रसार औपचारिकतामा मात्र सीमित हुने गरेको छ, त्यहीं संस्थागत विद्यालयहरू यति बढी प्रचारप्रसार गर्छन्, त्यसले लोभ्याएरअभिभावक वा विद्यार्थीहरूको पहिलो रोजाइ संस्थागत विद्यालय बन्न पुग्छ। संस्थागत विद्यालयहरूले आफ्नो हरेक गतिविधिलाई प्रचारको स्रोत बनाउँछन्, अभिभावक र विद्यार्थीहरूलाई समेत आफूतर्फ आकर्षित गर्न हरसम्भव प्रयास गर्छन्, जुन सामुदायिक विद्यालयमा देखा पर्दैन।
सामुदायिक विद्यालयहरूबाट घट््दो विद्यार्थी सङ्ख्याको अर्को कारण अभिभावक र शिक्षकबीच तालमेल नहुनु पनि हो। अभिभावक आफ्नै धुनमा मस्त रहन्छन् भने शिक्षकहरू आफ्नै गीत गुनगुनाउँछन्। शिक्षकहरू ट्यूशनका लागि अभिभावक नजिक आउँछन् भने अभिभावकहरू आफ्नो सन्तानलाई जसरी पनि पास गराउने सिफारिश लिएर मात्र विद्यालय आउने गर्छन्। यसरी दुवै पक्ष कहिल्यै पनि विद्यालयको उत्थानका लागि आपसी सहयोगमा गर्न सकिन्छ भन्ने कुरामाथि चर्चा नै गर्दैनन्। परिणाम के हुन्छ भने चाहेको परिणाम हासिल नहुँदा अभिभावकहरू आफ्नो सन्तानलाई संस्थागत विद्यालयमा भर्ना गराउन बाध्य हुन्छन्। शिक्षकहरूले पनि अभिभावकलाई विद्यालयतर्फ कसरी आकर्षित गर्ने प्रयास नगर्दा दुवैबीचको तालमेल बिग्रिन्छ।
आज अङ्ग्रेजी विश्वमा बिक्ने भाषा भएको र सामुदायिक विद्यालयहरूमा यस भाषाप्रति उपेक्षा र एउटै अङ्ग्रेजी विषय रहेको र संस्थागत विद्यालयहरूमा सबै विषय अङग्रेजीमा नै पढाइने गरेकोले पनि त्यहाँ विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको छ। आज समाजले पनि, अङ्ग्रेजी भाषाको ज्ञान नहुनेलाई उपेक्षाको दृष्टिले हेर्छ। कहींं जागिरको लागि जाँदा पनि यस भाषाको कति ज्ञान छ भन्ने सोधिने कारण र विदेश जाँदाको यसको महत्त्व र त्यसको पूर्ति सामुदायिक विद्यालयमा नहुने भएको कारण पनि त्यहाँ विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घटिरहेको छ।
यसबाहेक आज संस्थागत विद्यालयमा पढ्नु सामाजिक स्टेटस बन्दै गएकोले पनि विद्यार्थी सङ्ख्यामा आएको र्हासको एउटा कारण हुन सक्छ। अनावश्यक रूपले संस्थागत विद्यालय खोल्ने स्वीकृति दिनु पनि यसको अर्को कारण हुन सक्छ भने अनुमतिबेगर सञ्चालित शैक्षिक संस्था र त्यसमाथि सरकारी नियन्त्रणको अभाव पनि कारण हुन सक्छ। यसबाहेक कुनै पनि कुराको अन्धानुकरण गर्ने जुन प्रवृत्ति हाम्रो समाजमा विकसित भइरहेको छ, त्यस कारण पनि सामुदायिक विद्यालय प्रभावित भइरहेको मलाई लाग्दछ।
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्नुको अर्को कारण हाम्रो देशको शिक्षा नीति विदेशीहरूको हातको कठपुतली हुनु पनि हो। यो यस कारणले भनिएको हो कि शैक्षिक उत्थानको नाममा हरेक दिन नीति परिवर्तन भइरहेको छ। यसरी हाम्रो देश नेपाल शैक्षिक प्रयोगशालामा परिवर्तित भएको छ। हामीले आफ्नो देश सुहाउँदो शैक्षिक नीति निर्माण नगरी विदेशको नकल गर्ने गरेका छौं। परिणामस्वरूप हाम्रो शैक्षिक उपलब्धि खस्कँदो अवस्थामा रहेको छ। जति प्रयोग गरियो त्यति हाम्रो शैक्षिक अवस्था दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ र यसबाट बढी प्रभावित सामुदायिक विद्यालय हुने गरेकाले पनि त्यहाँ विद्यार्थी सङ्ख्या घटिरहेको छ।
माथि उल्लिखित कारणहरूले गर्दा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले गरेको राम्रो कामको प्रशंसा गरिंदैन, जसले गर्दा त्यहाँको शैक्षिक वातावरण बढी प्रभावित हुने गर्दछ। परिणामस्वरूप इमानदार शिक्षकले पनि राम्ररी काम गर्दैन। यसबाट विद्यालयको परिणाम प्रभावित हुन्छ र बाध्य भएर विद्यार्थीहरू विद्यालय छाडेर जान्छन्। अर्को कारण सामुदायिक विद्यालयमा दिइने निश्शुल्क शिक्षा र निश्शुल्क शिक्षाको नाराको आडमा खुलेआम शुल्क असुली र सम्बन्धित निकाय यसप्रति मौन बस्नु सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्याको एउटा प्रमुख कारण हुन सक्छ।
अन्त्यमा यसो हुनुको पछाडि मेरो व्यक्तिगत धारणा के रहेको छ भने जसैजसै कुनै पनि कुरो पुरानो हुँदै जान्छ त्यसप्रति हाम्रो मोह भङग हुँदै जान्छ र एक ठाउँमा पुगेर त्यो कुरो पनि जड हुन थाल्छ। आजको युग प्रतिस्पर्धाको युग हो। आज एक ठाउँमा टिक्नको लागि आफूलाई अपटुडेट राख्न अति आवश्यक हुन्छ। जसले आफूलाई अपटुडेट राख्दैन त्यो बिक्न सक्दैन। यस कारण सामुदायिक विद्यालयहरू, त्यहाँ काम गर्ने नयाँ वा पुरानो शिक्षकहरूले पनि विद्यालयका अवैतनिक राजदूत विद्यार्थीहरूलाई ज्ञानको प्रकाशबाट आलोकित गर्न नयाँ–नयाँ शिक्षण विधि र प्रविधि प्रयोग गर्नुपर्छ, अनि मात्र सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन सकिन्छ, अन्यथा त्यो दिन टाढा छैन जब सामुदायिक विद्यालय बन्द हुन थाल्छ र यसबाट लाखौं बालबालिकाहरू जो शिक्षाबाट धेरै टाढा छन्, झन्झन् टाढिंदै जान्छन्।