$type=ticker$count=12$cols=4$cate=0

उही पुरानो पीडाबीच बादी महिला

SHARE:

    वास्तवमा नेपालमा रहेका थुप्रै अल्पसङ्ख्यक जातिहरूमध्येको एक हो– बादी, जसले अन्य अल्पसङ्ख्यक जातिहरूले जस्तो स्वच्छन्दपूर्वक प्रकृतिको काखमा लुटपुटिएर आफ्नो जातीय पहिचान बचाएको पाइँदैन । यिनीहरूको अस्मितासँग सस्तो मूल्यमा जो कसैले पनि खेल्न सक्छ । हरे उद्देश्यका मानिसहरू बादी जाति रहेको बस्तीमा पुग्ने गर्छन् । साहित्यकारहरूका लागि बादीले थुप्रै सामग्री पस्केका छन् । खोजी पत्रकारको नजरबाट पनि यिनीहरू बच्न सकेका छैनन् । उपन्यासकारहरू र कथाकारहरूले बादी युवतीहरूका प्रणयगाथाहरूको पुस्तक लेखेर प्रकाशकहरूको खल्ती र आफूले नाम कमाउन पछि परेका छैनन् । मानवशास्त्रीहरूले बादीको मुहार, रहन सहन, नातागोता, जन्मदेखि मृत्युसम्मका संस्कारसम्बन्धी शोधग्रन्थ लेखेर आफ्नो विद्वताले समाजशास्त्री–संसारलाई झस्काएका छन् । र, बादी युवतीहरू त सबका लागि साझा मनोरञ्जनका साधन बनेकै छन् ।
    राम्रा नराम्रा सबै किसिमका मानिसहरूको नजर बादीमाथि परेकै छ । राजा रजौटाको समयमा कुन राजा र भारदारहरूका बैठकमा बादी युवतीहरूको नृत्य भएन होला । बादी पुरुषहरूले बनाएको उम्दा मादल मध्यपश्चिमी नेपालको कुन जातिको लोकगीतमा घन्केन होला । तर, तिनै नृत्य कुशल बादी युवतीहरू, उम्दा मादल बनाउने बादीहरूका अस्तित्व नै आजभोलि सड्ढटमा छ । जमिनदार, ठूला जाति, प्रहरीको ज्यादतीले तिनीहरू बाँच्नका लागि शरीर बेच्ने पेशालाई हिजोआज खुलेआमरूपमा अँगालेका पाइन्छन् ।
    बुद्धिजीवीहरूले बादीहरूका बाहिरको छाला देखेका छन्, त्यसैको बारेमा लेख्ने गरेका छन् । तर, त्यो छाला तल पनि थुप्रै पत्र छ– मासु छ, रगत छ, आत्मा छ । मात्र नाचगान मोजमस्ती छैन । एउटा बादीको छाप्रो कसरी भत्किन्थ्यो रु उसले पारेको रक्सी कसरी प्रहरी र जमीनदारहरूले लुटेर खाई दिन्थे रु उसकी छोरीको इज्जत कति सहजसँग लुटिन्थ्यो रु बादी युवतीहरू अझ जीवनभरिका लागि विकसित यान्त्रिकी सभ्यतामा हुर्केका बाबुसाहेबहरूको शारीरिक भोकशान्त पार्ने बजारको वस्तु  बन्न पुग्छन् । यस्तो किन रु के यो सबै पहिलेदेखि यसैगरी हुँदै आएको छ रु विकासको त्यो कुन प्रक्रिया हो, जसले सरल सोझा गरीब बादीहरूलाई ‘शरीर बेच्ने संस्कृति’मा रूपान्तरण गरिदियो रु र नाचगानमा रम्ने बादीहरूलाई रेडियो, टिभी, सिनेमा, अडियोरभिडियो सेन्टरको नजिक पुग्न दिएन ।
    अल्पसङ्ख्यक बादीहरूका जातीय पेशा बाजा बजाउनु, बनाउनु र नाच्नु थियो, मुगलकालसम्म भारत र नेपालमा । मुगल सल्तनतमा बाजा बजाउन, नाच्न निपूणहरूका ठूलो इज्जत थियो । मुगल शासकहरूमा ठूलो इज्जत थियो । मुगल शासकहरूका नजिक रहन, जागीर प्राप्त गर्न अन्य जातिका मानिसहरूबीच वाद्यवादन र नृत्य सिक्ने होड चल्थ्यो । सो होडमा मध्यमवर्गीय र उच्चवर्गीयले बाजी जित्न सके । स·ीतको मूच्र्छनाको सही ज्ञानका लागि उस्तादकहाँ जान अथवा उस्तादलाई घरमा ल्याएर राख्न यिनीहरू
९बादीहरू०को गच्छेले नपुग्दा पुख्र्यौली पेशा परित्याग गर्न बाध्य भए ।
    अहिले भारतमा पाइने बादी महिलाहरू गोदना गोदने ९हात र शरीरका अ·हरूमा टाटु, बुट्टा बनाउने० गर्छन् भने पुरुषहरू चाहिँ बाटो ढुकेर यात्रुहरूलाई लुट्ने, दुलो खनेर घर चोर्ने, डकैती जस्ता पेशा अपनाएका कुरा भारतीय पत्रपत्रिकाहरूबाट थाहा हुन आएको छ । यिनीहरू भारतको मध्यप्रदेशको मंगरी, देवरी, बिरमकेला, कपाट बहरी, ललितपुर, गिरहुल इत्यादि पहाडी गाउँहरूमा बस्छन् ।
    पाल्पाका सेन वंशी राजाहरू शूर–वीर–लडाकूका साथै नाचगानका शौकीन र मोजमस्ती गर्ने स्वभावका इतिहासबाट थाहा हुन्छ । नाच्न गाउनका लागि पाल्पाली राजाहरूले हिन्दूस्तानका हिन्दू धर्म मान्ने पहाडमा रम्ने यी बादीहरूलाई मध्यप्रदेशको बिरमकेलाबाट आफ्नो दरबारमा भित्र्याएको विश्वास गरिन्छ । नेपाल एकीकरणअघिसम्म यिनीहरू कतै न कतै कुनै न कुनै राजघरानाको आश्रयमा आफ्नो पुख्र्यौली पेशालाई बचाइराखेका थिए । राज्य रजौटा उन्मूलनअघिसम्म पनि ठूलाबडाका आश्रयमा आफूलाई सुरक्षित नै ठान्दथे ।
    पहिले राजा र भारदारहरूको सेवा गरी तिनीहरूबाट मात्र बादीहरूका अस्मिता लुटिंदै आएकोमा राज्य रजौटा उन्मूलनपछि बादीहरू बाँच्नका लागि पुरुषहरू मादल बजाउने र महिलाहरू घरघरमा गई नाच्ने र पाएको सामलले बाँच्दै आएका थिए । बादी महिलाहरू त्यतिखेरसम्म जमिनदारको काखसम्म पुगी सकेका थिए ।
    मध्यपश्चिमी पहाडको एउटा ठकुरीको घरमा चालीसको दशकमा घटेको घटना हो यो । पाहुना आएको हुँदा नाच्नका लागि बादी महिलालाई डाकियो । केहीबेरको नृत्यपछि क्यासेट ९टेपरेकर्डर०को तालमा नचाउने भनेर बाजा बजाउने पुरुष बादीहरूलाई फर्काइयो । बैठक कोठाको ढोका थुनेर क्यासेट घन्काएर बादी महिलाको साथमा पाहुनासहित रक्सीको तालमा उफ्रिए ।
    ँसुन, आज ता घर नजा । राति यही बस्नू ।”
    ँकिन राजासाब रु घरमा बच्चा रुनेछ ।”
    ँयही बस् । छोरा हो के काम लाग्छ र मर्न दे ।”
    ँमेरो लोग्ने रु”
    ँत्यो सालेले के गर्छ । त्यो त मेरै हो ।”
    ँहुन्न, राजासाब, मलाई जान दिनुस् । रात परिसक्यो । हात जोड्छु । गोडा समात्छु ।”
    ँहुन्न, तैले बस्नुपर्छ ।”
    ँमलाई छोडिदिनुस् राजासाब मेरो लोग्ने छ, बच्चा छ ।”
    ँके भयो त । यस्तो त पहिलोचोटि होइन । बिर्सिस्, पोहरसाल मेरो सालो आएको बेला । बक्सिस पनि त भेट्टाएकी थिइस् नि ।”
    ँहुन्न राजासाब, नाइँ, अब अरू नाइँ ।”
    ँधेरै नखरा गरिस् भने निकाली दिन्छु गाउँबाट । भोकै मर्छेस् । छिटो लुगा फुकाल । ता माथि त मेरो पूरा हक लाग्छ, जसरी चाहन्छु, जहिले चाहन्छु, तब गर्छु ।”
    विज्ञानको प्रगतिले पहाडका कुना कन्दरामा पनि सडक, सिनेमाहल, टेलिभिजन, भिडियो पुग्यो । सस्तोमा मनोरञ्जन पाइन थालेपछि जमिनदारहरूले एक युवतीको लागि बादीका परिवारलाई पाल्न छाडयो । बाध्य भएर पुख्र्यौली ठाउँ र पेशा त्यागेर यी बादीहरू राजमार्ग छेउछाउका बजारमा छाप्रो हाली खासगरी दाङको देउखुरी, बाँकेको गगनगंज, बर्दियाको राजापुर र कैलालीको टिकापुरमा बसी प्रारम्भमा रक्सी पारेर बेच्ने, चियानास्ता बेच्ने गर्न थालेको जानकारी यस पङ्क्तिकारलाई चिसापानी ९कर्णाली पुल०का ५४ वर्षका अमर हुँड्के धिताल नाम बताउने बादीले बताएका थिए ।
    उनका अनुसार गगनगंजमा बादीका राम्री युवतीहरूलाई ठूल्ठूला हाकिम, जमिनदार, राजासाब, धनीहरूले एकरएक हप्ताका लागि गोरखपुर, पोखरा जस्ता शहरहरूमा लगी निचोर्दथे । बादीहरूलाई प्रहरीले रक्सी बेचेर, चिया बेचेर बाँच्न दिएनन् । प्रहरीले कतिसम्म ज्यादती गथ्र्यो, उदाहरणका लागि २०र२५ वर्षअघि गगनगंजको एउटा घटना–
    ँआज, तलाई हामी छोड्दैनौं । हिंड् रन्डी हामीसँग ।”
    ँमलाई छोडिदिनुस् । ममाथि दया गर्नुस् । मेरो काखमा बच्चा छ ।”
    ँहुन्न, केही हुन्न । हामी घर नगएको वर्ष दिन भइसक्यो । तेरो गाला, तेरो ओठ, तेरो छाती, तेरो कपाल, तेरो कति कसिएको छ । तलाई हेर्ने बित्तिकै स्वास्नीको सम्झना आयो । अब उम्ल्या पानी त फाल्नै पर्‍यो ।”
    ँम हात जोड्छु, गोडा समाउँछु ।”
    ँहुन्न रन्डी, ।।।।हरूसँग चाहिँ खुरुक्क सुत्छेस् । अहिले नखरा देखाउछेस् । खुरुक्क हामीसँग हिंड्छस् कि तेरो लोग्नेलाई लगेर जाकिदिऔं । आज चौकीमा तीनजना मात्रै छौं रु मासु पाकेको छ । चलानी चाख्लिस् । हेर, रन्डी छाउरोलाई यहीं फाल् । त्यहाँ रोला ।”
लोग्नेकै अगाडि स्वास्नीलाई कपडा खोल्न लगाएर प्रहरीले दुस्ख दिन थालेपछि  सित्तैमा शरीर नोचाउनुभन्दा त बाँच्नका लागि पैसा लिएर शरीर बेच्नु नै राम्रो ठानेर यो पेशा अँगालेको ती वृद्ध अमर नाम गरेका बादीले बताएका थिए । शुरूमा सीमित सङ्ख्यामा शरीर बेच्दै आएका यी बादीहरू ग्गनगंजबाट हट्न बाध्य भएपछि यिनीहरू १५र२० को समूहमा सि·ै मध्यपश्चिमाञ्चलको राजमार्ग छेउको बजारमा फैलिएका छन् र खुलेआमरूपमा शरीर बिक्री गर्दै आइरहेका थिए र छन् ।
    अल्पसङ्ख्यकरूपमा रहेका हिन्दू धर्मले अछुत भनिएको र राज्यले दलित समुदायमा राखेको १। दास, २। राना, ३। वादी, ४। भाँड, ५। हुँड्केधिताल, ६। राजयोगी, ७। छिलाल, ८। शिह, ९। वैश्य, १०। नगर्ची, ११। खाती, १२। छिन्त्याल, १३। वसेल, १४। गौतम, १५। नेपाल, १६। लेकाली, १७। मगर, १८। वाण्ध्यकार, १९। बाठा, २०। नेपाली, २१। छिनाल, २२। बाह्य, २३। कालीयान, २४। बैकार, २५। पौडेल, २६। दुमार्की, २७। पोखरेल, २८। सिमाल, २९। जुम्लेली, ३०। हरिथङ्गा, ३१। केसरी, ३२। खनौटे र ३३। वोरेसाहाँ थरहरूमा बादी जाति पाइन्छन् । यी बादी वर्तमानमा जसको पेशा शरीर बेच्ने पर्याय बनिसकेको छ,  यिनीहरूका जातिलाई बचाउन सरकारले - शीतल गिरी
कुनै ठोस योजना बनाएर लागू गरेको पाइएको छैन । झारा टार्नका लागि कहिलेकाहीँ सभा, सेमिनार र गोष्ठी
मात्र गर्ने गरेको पाइएको छ । उमा ९नाम परिवर्तन०ले यस पङ्क्तिकारलाई बताएअनुसार शरीर बेच्ने पेशा त्याग्नुस् भनी सम्झाउन आउने सङ्घसंस्थाका कार्यकर्ता कर्मचारीहरूमध्येका धेरैजसो चाहिँ दायाँ बायाँ पुलुक्क हेरी लुसुक्क आएर दाम बुझाएर हामीसँग सुत्छन् । ती युवतीका अनुसार हामी बादी समाजकै कोढ भएपनि सीमित ठाउँमा थिए ।  नेपालगंजको गगनगंजबाट विस्थापित भएका बादीहरू सि·ै मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलभरि फिजिए ।
    अल्पसङ्ख्यक जातिलाई उत्थान गर्ने ठोस नीति राज्यले अहिलेसम्म बनाउन नसकेको हुँदा बादीहरूले शरीर बेच्ने कार्यमा अरू जातिका गरिब महिलाहरूलाई पनि आकर्षित गर्न थालेका पाइएको छ । यिनीहरूसँगको क्षणिक सम्पर्कबाट थाहा भएअनुसार, यिनीहरूले तुच्छ कामलाई जीविकोपार्जनको पेशा बनाए पनि कहिल्यै सुखले सास फेर्न पाएका छैनन् । साथै सुखसाथ दुई छाँक भात खान पाएका छैनन् । बिहान खायो त साँझको चिन्ता । कोदो, मकै र चामलबाट बनाएको रक्सी पनि प्रहरी र सो भेगका राजासाब, बाबुसाब भनाउँदाहरूले सित्तैमा खान्थे र मोज गर्नबाट पनि चुक्तैनथे । यिनीहरूका छाप्रामा रक्सी पार्ने भाँडो, माटोको ध्याम्पो र गाग्री, खाना पकाउने डेक्ची, कराई, थाल, गिलास यस्तै अपर्याप्त थिए ।
    उमा नगर्चीका अनुसार, ँहजुर, जीउ बेच्न त प्रहरीले नै सिकाएको हो । हामीले पारेको रक्सी सित्तैमा धोकेर हाम्रै छाप्रोमा लोग्ने, दाइ, बाउलाई कुटेर लखेटी हामीलाई सुत्न लगाउँथे । पहाडबाट कहिलेकाहीँ आउने पाहुना
९नन्द, बहिनी, भतिजी०लाई पनि छाड्दैनथे ।” उमासँग यस पङ्क्तिकारको भेट २०५७ मङ्सिर २६ गते कर्णाली पुल चिसापानीमा भएको थियो ।
    उमाका अनुसार समाजले अलिकति पनि सकारात्मक हेराइले हेरेमा उनीहरूको निधारमा टाँसिएको कलड्ढको टीका पक्कै पनि मेट्न सकिन्छ । ँहो, हामी निरक्षर छौं तर पनि वर्तमान पेशा हाम्रो बाध्यता भएको हामीले महसुस गरेका छौं,” यो शब्द अहिले पनि मेरो कानमा गुञ्जिरहेकै छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : उही पुरानो पीडाबीच बादी महिला
उही पुरानो पीडाबीच बादी महिला
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/09/blog-post_807.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/09/blog-post_807.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy