- मञ्जु श्रेष्ठ (विद्यावारिधि)
बालविवाह बाल अधिकारविरुद्धको हिंसा हो । बालविवाह मानव अधिकार हननको एउटा प्रबल कारक तत्त्व हो । विश्वमा आज पनि कतिपय बालबालिका वालविवाहबाट पीडित छन् । यस्ता विवाहबाट शारीरिक तथा मानसिक प्रभाव परेको हुन्छ । केन्द्रीय तथ्याङ्क विभागको आधारमा सम्पूर्ण जनसङ्ख्याको ४७ प्रतिशतको विवाह १५–१९ वर्ष सम्ममा भएको छ । १५–१९ वर्ष समूह अन्तर्गत ५५.५ प्रतिशत् र ३० वर्षपछि विवाह गर्ने १ प्रतिशत महिला छन् । यु.एन.को रिर्पोट र केन्द्रीय तथ्याङ्क विभाग अनुसार नेपालमा वालविवाह प्रचलन कायम छ । यसले गहिरो जरो गाडेको छ । नेपालमा वालविवाह दशौ स्थानमा रहेको छ । पश्चिमको पहाडी समुदायमा होस् वा तराईको मधेसी समुदाय, दुर्गम क्षेत्र होस् वा महानगरपालिकामा बालविवाहको जरो गहिरोसम्म गाडिएको पाइन्छ ।
वालविवाह परिभाषित गरिरहनुपर्ने शब्द होइन, यो छलफल गर्नुपर्ने विषय पनि होइन । पटकपटक यस सम्बन्धमा गोष्ठी, छलफल, वादविवाद, र्याली, सडकनाटक तथा अन्तक्र्रिया भइरहेकै छ । अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार घोषणापत्र, बालअधिकार महासन्धि, महिलाविरुद्ध सबै प्रकारका घरेलु हिंसा सम्बन्धी महासन्धि तथा नेपालको प्रचलित कानुन र स्थानीय सरोकारवालाहरूबाट समेत बालविवाह तथा घरेलु हिंसा निर्मूलन प्रयास जारी छ । यसको बावजुद यस्तो प्रचलन यथावत छ । भन्ने हो भने तराईमा अझ झाङ्गिएको अवस्थामा छ । प्लान यु.के.अनुसार विश्वमा प्रत्येक वर्ष १८ वर्ष मुनिका करिब दस लाख केटीहरूको विवाह हुन्छ । दक्षिण एसियामा १८ वर्ष पुग्नुअघि ४६ प्रतिशत बालबालिकाको विवाह हुन्छ, जसमा १५–१९ वर्षका ३० प्रतिशत केटीहरू र यही उमेरका पाँच प्रतिशत केटाहरूको विवाह भएको छ । नेपालमा ३६ प्रतिशत केटीहरूको विवाह १८ वर्ष अघि हुन्छ । पर्सा जिल्लामा ४७ गाविसमा गरिएको एक अनुसन्धान अनुसार एक वर्षमा बालविवाहको सम्बन्धमा आएका गुनासा, सुनवाइ र परिणामको अवस्था
(२०१२) यस प्रकार छ–
उपर्युक्त तालिकाबाट पर्सा जिल्लामा बालविवाहको अवस्थाबारे अवगत हुन्छ । पाठक वर्गको जानकारीको लागि यो अवगत पनि गराउन चाहन्छु कि उपर्युक्त तथ्याङ्क बालविवाहको कुरा छिन्नु अघिको हो । कुरा छिनिसकेपछि बालविवाह रोक्न कठिनाइ परेको अनुभव पनि छ ।
बालविवाहका कारणहरू :
बालविवाहका निम्न प्रमुख कारणहरू यहाँ उल्लेख गरिएको छ (
– धार्मिक तथा सांस्कृतिक कारण
मनुजस्ता विद्वान् महापुरुषले आफ्नो ग्रन्थ मनुस्मृतिमा रजस्वला नभएकी छोरीलाई काखमा राखी कन्यादान गरेमा पुण्य प्राप्ति हुने अन्यथा नरकमा पुगिन्छ जस्ता धारणा व्यक्त गरेका थिए । सो रूढिग्रस्त धार्मिक परम्परा समाजमा कायम छ । मधेसमा केही समुदायमा यस्तो पनि भनाइ छ कि रजस्वला हुनु अघि छारीको विवाह गरिदिएमा ७८०० गौदान गरे सरह पुण्य प्राप्त हुन्छ, नगरे त्यति नै गौहत्या गरे बराबर पाप लाग्छ ।
– सामाजिक कारण:
तिलक, दहेज, उमेर बढी उमेर भए केटा पाउन कठिनाइ हुने, भेटीहाले पनि बढी खर्च लाग्ने, केटाकेटी ठूलो भएर आफ्नो मनपरी गर्लान्, इज्जत जाने, नाक काटिने, घर कामकाज गर्न, छिटै नातिनातिनाको मुख हेर्नजस्ता सामाजिक कारणले गर्दा बालविवाह गरिन्छ ।
–आर्थिक तथा गरीबीको कारण :
आर्थिक कारण अन्तर्गत पनि तिलक, दहेज, बढी उमेर भए बढी खर्च लाग्ने, सानै उमेरमा बिहे गरी पठाउन पाए पालनपोषणबाट मुक्ति पाउने जस्ता कारण छन् ।
– अशिक्षाको कारण :
अशिक्षा बालविवाह हुनुको एउटा महत्त्वपूर्ण कारण हो । अभिभावकहरू अशिक्षित हुँदा बालविवाहको परिणामबारे अज्ञान हुन्छन् र आफ्नो स्वार्थको लागि छोराछोरीको विवाह गरिदिन्छन् ।
– स्वयम्को इच्छाको कारण:
यौवन अवस्थाको कारण जानेर नजानेर केटाकेटी सानै उमेरमा स्वयं वैवाहिक बन्धनमा बाँधिने पनि एक कारण हो ।
बालविवाहबाट पर्ने असरहरू र बाल अधिकारको हनन :
बालविवाहबाट स्वयं बालबालिका, परिवार र समाज सबैमाथि विशेषगरी बालिकामाथि निम्न नकारात्मक प्रभाव पर्दछ, जसकारण बालबालिकाको अधिकार हनन तथा जीवन खतरामा पर्छ (
–सन्तान प्रजनन् तथा स्वास्थयमा असर :
केटीहरूको विवाह छिटो हुँदा धेरै सन्तान प्रजनन हुने सम्भावना रहन्छ, जसले गर्दा एचआइभीलगायत अन्य यौन रोग लाग्ने खतरा रहन्छ । बच्चा धेरै हुँदा गरिबी बढ्ने, पौष्टिक खानाको अभाव हुने हुँदा बच्चा र आमा दुवैको स्वास्थ्यमा असर पर्छ । २० वर्षको उमेर भन्दा अघि विवाह गर्ने ७९ प्रतिशत महिलाको पाँचभन्दा बढी बच्चाहरू छन् । यही कारणले गर्दा मातृ तथा शिशुको मृत्यू भइरहेछ । यस उमेरका २०० प्रतिशत महिलाले मृत्यृ वरण गर्छन् । बच्चीले बच्चा जन्माउँदा उसको स्वतन्त्रताका साथ बाँच्ने र स्वास्थ्य अधिकारको हनन हुन्छ ।
– मानसिक असर :
सानो उमेरमा विवाह गर्ने परम्परा, विशेषगरी विभिन्न कारणले बढी उमेरको केटासँग सानो उमेरकी केटीको विवाह गर्दा घरको ठूलो भार उसमाथि पर्छ जसले स्वास्थ्यमा खतरा र दु:खी, उदासी जस्ता मानसिकरोगी जीवन व्यतीत गर्नुपर्छ । कहिलेकाहीं पतिको अनुपस्थितिमा घरका अन्य पुरूष सदस्यबाट यौनशोषण, बलात्कृत हुनुपर्ने हुन्छ । शारीरिक तथा मानसिक हिंसा, यौन शोषण र यौन दुव्र्यवहार गरिन्छ । माया चाहिने उमेरमा उनीहरू मायाबाट वञ्चित हुन्छन् । सम्मानित हुने र मायाको अधिकारको हनन हुन्छ ।
– शैक्षिक क्षेत्रमा असर :
बालबालिकाको पढने–लेख्ने उमेरमा विवाह गरेर उनीहरूमाथि घरेलु, पारिवारिक अनावश्यक बोझ थोपारिन्छ, जसले गर्दा व्यक्तिको सर्वाङ्गिण विकास हुन सक्दैन, भविष्य अन्योलमा डुब्छ । छोरीलाई पढाए ऊभन्दा बढी पढेको केटा चाहिने, जसको लागि बढी तिलक दाइजो दिनुपर्छ । त्यो अतिरिक्त आर्थिक भार वहन गर्न कठिनाइ पर्छ । यिनै कारणले गर्दा बालबालिकाको शैक्षिक अधिकारको हनन हुन्छ ।
चौतर्फी विकासमा असर :
बालविवाहको कारण बालबालिका फुर्सद र आरामको समयबाट वञ्चित हुन्छन् । घर कामकाजको भारको कारण फुर्सद पाउँदैनन्, स्वतन्त्रतापूर्वक जीवनको आनन्दमा सहभागी हुन पाउँदैनन्, जसकारण आफनो विकास गर्न सक्दैनन् ।
समग्रमा बालबालिकाको लागि सुनिश्चित अधिकार बालविवाहका कारण वञ्चितीकरणमा पर्छ ।
–बाँच्ने र शिक्षाको अधिकार
स्वतन्त्रतापूर्वक बाँच्न सक्दैनन्, सानैमा विवाह हुने हुँदा विद्यालय नपठाउने, नपढाउने, धेरै बच्चा जन्मने कारण आमा र बच्चाले स्वतन्त्रतापूर्वक जीवनयापन तथा राम्ररी खान पाउँदैनन् । विश्वमा भोकको कारण प्रत्येक पाँच मिनेटमा एउटा बच्चा मर्छ ।
–स्वास्थ्यको अधिकार
सानै उमेरमा धेरै प्रजनन हुने हुँदा विभिन्न यौनरोगलगायत शारीरिक अस्वस्थता, स्वनाम, स्वपहिचान र राष्ट्रियता लोप हुने र नयाँ पहिचान बन्छ । –स्वतन्त्रताको अधिकार
बालविवाह हुँदा उनीहरूको विचार अभिव्यक्ति, सूचना प्राप्ति तथा धार्मिक स्वतन्त्रताको अधिकार हनन् हुने र संरक्षणको अधिकार क्षीण हुने शारीरिक, मानसिक सुरक्षा र बाँच्न पाउने सम्पूर्ण अधिकार असुरक्षित हुन्छ ।
–निष्कर्ष :
विवाह दर्ता ऐन, २०२८ अनुसार केटा र केटीको उमेर क्रमश: २२ र १८ रहेकोमा विभिन्न सङ्घसंस्थाको वकालती पश्चात् केटाकेटी दुवैको विवाहयोग्य उमेर २० वर्ष निर्धारण गरी विवाह उमेरको हदबन्दी तोकिएको छ । बालविवाह गर्नेलाई सजाय किटान गरिएको छ, तर पनि कानुनको कार्यान्वयन पक्ष फितलो भएकोले बालविवाह निर्मूल हुन सकेको छैन । विभिन्न सङ्घसंस्थाको वकालतीको परिणाम अनुसार बालविवाह न्यूनीकरण भएको छ । नेपालको अन्तरिम कानुन २०६३ ले शारीरिक, मानसिक र अन्य शोषणविरुद्ध सम्पूर्ण बाल अधिकार प्राप्तिको व्यवस्था गरेको छ । साथै समानताको अधिकार, जात, धर्म, लिङ्ग आदिको आधारमा कुनै किसिमको भेदभाव गर्न नपाइने प्रावधान छ । बालविवाहबाट विशेषगरी केटीहरू बढी प्रभावित हुन्छन् । उनीहरूलाई मानसिक आघात पुगेको हुन्छ । बालबालिकाप्रति सचेत हुने हो भने उनीहरूको अधिकार सुरक्षित हुन सक्छ । बालबालिकालाई समान तथा सम्मानजनक व्यवहार गरौं । परिवार, समाज, राष्ट्रले बालबालिकामा लगानी गरौं, किनभने आजका बालबालिकाले भोलि देश डोर्याउनु छ, तसर्थ निश्चितरूपमा बालविवाह रोक्न भोलि नभनौं, बालबालिकाको स्वतन्त्र बाँच्ने र विकास गर्ने वातावरण सृजना गरौं । –ठा.रा.ब.क्याम्पस, वीरगंज