विकास एक मानवीय आवश्यकता हो। यदि यो सम्पन्न नभएमा मनुष्य पशु स्तरमैं रहिरहन्छ। जब यो भौतिक क्षेत्रमा सम्पादित हुन्छ, तब मनुष्यलाई धनवान, विद्वान र प्रतिभावान बनाउँछ। जब यो अध्यात्म क्षेत्रमा सम्पन्न हुन्छ, तब मनुष्य ज्ञानवान र विभूतिवान बन्दछ। सभ्यता र संस्कृति यसैको देन हो।
यो साँचो हो कि प्रगतिको लागि प्रयास अनिवार्य छ तर मिथ्या यो पनि होइन कि यसको लागि अवस्थाबोध हुनु नितान्त आवश्यक छ। यसभन्दा कममा उत्कर्षको कल्पना सम्भव छैन। मानिसले यदि गरीबीमैं आनन्दको अनुभूति गर्न थाल्छ भने शायद उसको भौतिक प्रगति कहिले पनि हुँदैन, कारण यो कि उत्कर्षको लागि अभाव एवं असन्तोषको प्रतीति जरुरी छ।
मनुष्य र पशुमा मूलभूत अन्तर यो छ कि पशु हर परिस्थितिको सामना गर्न बाध्य हुन्छ। कोल्हूको बैलले कोल्हूमा हिंड्नदेखि अस्वीकार गर्न सक्दैन। तर, मनुष्यको भित्र हित–अहित, सुख–दु:ख, अभाव–सम्पन्नता अनुभव गर्ने एक सुविकसित चेतना हुन्छ। यसैको सहाराले मनुष्यले आफ्नो स्थिति–परिस्थितिमा इच्छानुकूल परिवर्तन ल्याउन सक्छ। उसले चाहेमा आफ्नो पतनको दिशालाई उत्थानतर्फ मोड्न सक्छ र चाहेमा जन्म–जन्मान्तरसम्म यसै अवस्थामा रहिरहन सक्छ। यो सबै कुरा उसको निजी इच्छा–आकाङ्क्षामाथि निर्भर छ र यो यस कुरामा अवलम्बित छ कि उक्त दशाको उसलाई भान छ कि छैन। बिरामीलाई आफ्नो बिमारीको एहसास छैन भने उसको उपचार हुन सक्दैन। पतन–निवारणका लागि पतनोन्मुख अवस्थाको आभास हुनुपर्छ। शत्रु पक्षको बदलिंदो रणनीतिलाई समयमैं बुझेर आफ्नो सुरक्षातन्त्र बलियो बनाउनुका साथै पहरेदारी बढाउनुपर्छ। यसभन्दा कममा राष्ट्र–रक्षा सम्भव छैन। सफलताका लागि असफलताप्रति अन्य–मनस्कता अनिवार्य छ। विज्ञान आफ्नो वर्तमान प्रगतिमा सन्तुष्ट भएमा उसको भावी विकास ठप्प हुन्छ। कलाकारको पूर्णता उसको अपूर्णताको अनुभूतिमा निहित छ। तात्पर्य यो हो कि आजको स्थितिलाई यदि सर्वश्रेष्ठ र सर्वोपरि ठान्यौं भने भोलिको दशामा सुधारको गुञ्जाइश नै समाप्त हुन्छ।
भनिन्छ कि विकास केही होइन, यो एक विशिष्ट मनोदशाको नाम हो, जसमा लक्ष्यप्रति समर्पण र उसको प्राप्तिको लागि प्रयास एवं परिश्रम अविच्छिन्नरूपमा उसैको साथ जोडिएको हुन्छ। यो सत्य हो कि उन्नयनको लागि पुरुषार्थ अभीष्ट छ तर यसको उदय तबसम्म सम्भव छैन, जबसम्म प्राप्तव्यप्रति गहिरो निष्ठा हुँदैन। लगनको अभावमा प्रयत्न मात्रले केही हुँदैन। लगनबिनाको प्रयत्नले महान् लक्ष्य प्राप्त गर्न सकिंदैन। यसको लागि गम्भीर उपक्रम चाहिन्छ। यदि यस्तो हुँदैन थियो भने पूजापाठ गर्ने हर एक व्यक्तिले चरमलक्ष्यलाई प्राप्त गरिसकेको हुन्थ्यो तर जीवनको महत्त्वपूर्ण भाग लामो अन्तरालसम्म यस दिशामा नियोजित गरिसक्दा पनि उसको जीवन र चिन्तनशैलीमा रत्तीभर अन्तर देखिंदैन । यसको एउटै कारण यो हो कि उसले बाह्य उपचार त अपनायो तर उसले आन्तरिक अनुशासन र तत्त्वज्ञानलाई आत्मसात गर्न सकेन। आत्मिक प्रगति न त जपबाट सम्भव छ, न ध्यानबाट। यो त मात्र तत्त्वदर्शन हो, जसले यो कुराको प्रेरणा दिन्छ कि हामीले परमसत्तासँग घनिष्ठता स्थापित गनुपर्दछ । यो घनिष्ठता ईश्वरीय अनुशासनलाई कठोरतापूर्वक अपनाएर नै सम्पन्न गर्न सकिन्छ। पूजा–पाठ, जप–ध्यानले यसैको स्मृति र प्रतीति गराउँछ। आत्मिक प्रगतिमा यसको यति नै योगदान छ। यो मात्र भन्ने कुरा हो कि आध्यात्मिक कर्मकाण्ड पूरा गर्दैमा मानिस आध्यात्मिक बन्दछ। यो पनि अत्युक्तिपूर्ण हो कि धार्मिक वातावरणमा रहनाले मात्र मानिस एकदमै सात्विक बन्दछ। वास्तवमा श्रेष्ठ र सात्विक बन्ने प्रक्रिया तबसम्म अधूरो मानिन्छ, जबसम्म त्यसप्रति वास्तविक हूक नउठोस्, अन्यथा जीवनभर गङगाजलको पान र स्नान गर्ने व्यक्तिले पनि आफ्नो कलुषित मनलाई कहाँ धुन सकेको छ र ?
जहाँसम्म भौतिक विकासको कुरा छ यसमा दुई मत छैन कि त्यहाँ पनि इच्छाशक्ति चाहिन्छ। मात्र प्रगति सोच्नाले र भन्नाले यो सम्भव भइदिएको भए, संसारमा दरिद्रता नामको कुनै वस्तु नै हुँदैन्थ्यो। यस जगतको विधान यो छ कि यहाँ प्रयत्न नगरी कुनै वस्तु प्राप्त गर्न सकिंदैन। हामीलाई हिंड्नु छ भने उठ्नुपर्यो अनि पाइला अगाडि बढाउनुपर्यो। कुराकानी गर्नु छ भने जिब्रो चलाउनु नै पर्छ। यो भन्नु पनि ठीक हो कि सम्पत्तिवान बन्नका लागि प्रयास गर्नुभन्दा पहिले यस्तो इच्छा मन जागृत हुनुपर्छ। इच्छा र क्रियाको समन्वयले नै मनुष्य पुरुषार्थ बन्दछ, जसले गर्दा मनुष्य मात्र नहोइन, समाज र राष्ट्र पनि समृद्धिशाली बन्दछ। वर्तमानमा समृद्धि आर्जनको एकमात्र सरल उपाय भ्रष्टाचारलाई मानिएको छ। यसबाट पैसा त कमाउन सकिन्छ तर यो पुरुषार्थहीन अनीतिको कमाइ भएकोले व्यक्तिको मनमा सधैं असन्तोष रहिरहन्छ । यस्तो सम्पत्तिले अशान्ति र विपत्ति मात्र निम्त्याउँछ, अत: यसको परहेज जरुरी छ।
प्रगतिको आकाङ्क्षा राख्नु राम्रो कुरा हो। मनुष्य मात्रको यो नियति हो । यसको लागि तदनुरूप प्रयास र पुरुषार्थ हुनुपर्छ, तबमात्र यो साकार हुन्छ, अन्यथा यो शेखचिल्लीको सपनामात्र साबित हुन्छ ।