प्रेम लामा, ठोरी, ११ असोज/
जङगली हात्तीको आतङकबाट बच्न विद्युतीय तारबार पनि प्रभावकारी बन्न नसकेपछि चितवन राष्ट्रिय निकुञ्जको कार्यालयले भारतबाट हात्ती विशेषज्ञको टोली खटाई त्यसबाट बच्ने उपायबारे स्थानीयलाई प्रशिक्षण दिएको छ।
प्रत्येक दिन जङगली हात्ती गाउँ पसेर आतङक मच्चाएर स्थानीयलाई आजित पारेपछि चितवन राष्ट्रिय निकुञ्जले भारत, कर्नाटकबाट डा. रुद्र दिक्तेललाई हात्ती प्रभावित क्षेत्रमा खटाएको हो। केही समय अघि मात्र तराई भूपरिधि कार्यक्रम अन्तर्गत ठोरीमा हात्तीबाट बच्न भन्दै झन्डै ९ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार गरिएको थियो।
विद्युतीय तारबारबाट पनि हात्ती गाउँ पसेर घर भत्काउनुका साथै खेतबारीमा लगाएको अन्नबाली खाएर नष्ट गरेपछि स्थानीयहरू आजित बनेका छन्। हात्ती विशेषज्ञ डा. दिक्तेलले निर्मल ठोरी उपभोक्ता समितिका पदाधिकारी तथा गाउँलेहरूलाई भेला गराई हात्ती धपाउन प्रशिक्षण दिएका छन्। कम आर्थिक भारमा पनि हात्ती धपाउने सहज उपाय छ भन्दै उनले गोबर र खुर्सानी प्रयोग गर्न गाउँलेहरूलाई सुझाव दिएका छन्। उनले भने–“गोबर र खुर्सानीलाई मुछेर डल्लो पार्ने र घाममा सुकाउने। सुकेको डल्लो साँझ पर्न थालेपछि खेतबारीमा लगेर आगो सल्काई छाड्ने । खुर्सानीको राग थाहा पाउने बित्तिकै हात्ती अर्कै बाटो फर्केर जानेछ ।” हात्तीको सुँघ्ने क्षमता बढी हुन्छ। उसले झन्डै २ सय ५० मिटर टाढाबाट कुनै पनि कुराको गन्ध थाहा पाउन सक्छ। खुर्सानीको राग हात्तीलाई पटक्कै मन नपर्ने भएकोले हात्ती प्रभावित क्षेत्रका मानिसले कम आर्थिक भारमा हात्तीबाट बच्न सावधानी अपनाउने डा. दिक्तेलले बताए ।
भारतको पश्चिम बङगालमा यस तरिकाबाट हात्ती धपाउन सफल भएको भन्दै नेपालमा पनि यो विधि उत्तम हुने उनले बताए। विशेषज्ञ डा. दिक्तेलले भने– चितवनको माडीमा पनि केही दिन अघि विधि प्रयोग गरेर हेर्यौं। गोबर र खुर्सानी मिसाएको डल्लो बालेर राखेको ठाउँ भएर हात्ती आएन। हात्ती त्यो बाटो छोडेर हिंड्यो। यसबाट पनि यो विधि सफल हुन्छ भन्न सकिन्छ। ठोरी गाविस र निर्मलबस्ती गाविसको दुई स्थानमा हात्तीबाट बच्ने विधिबारे निर्मल ठोरी उपभोक्ता समितिका पदाधिकारी र स्थानीयहरूलाई दिक्तेलसहितको टोलीले प्रशिक्षण दिएको हो।