नेपालमा शासकवर्गले जनताको दु:ख र पिरमर्का बुझ्न नचाहेको नयाँ कुरा होइन। आभिजात्यवर्गको शासन रहुन्जेल नेपाली जनता रैती थियो। पछि आएका शासकवर्गले नेपाली जनतालाई देशको दोस्रो दर्जाको नागरिक ठानेर वास्ता गरेन । अहिले गणतन्त्रमा शासकवर्गसँग नगरी नहुने यति धेरै काम छ कि उसले जनतातिर ध्यान दिन सम्भव नै छैन। उपरीमाथि थुपरी भनेजस्तै वर्तमान सरकार त झन् राजनीतिक दलहरूले आफूलाई अयोग्य मानेर कर्मचारीहरूलाई शासन चलाइदेऊ भनेर जिम्मा दिएको समूह हो। यस सरकारमाथि संविधानसभा निर्वाचन गराउने गुरुतर भार त छँदैछ, यसमाथि उच्चस्तरीय राजनीतिक समिति पनि छ, जुन समितिमा तिनै राजनीतिक दलहरूको वर्चस्व छ, जसले आफूले नसकेर कर्मचारीहरूको सरकार गठन गरे। उत्तरदायित्वविहीन सरकारमाथि अयोग्यहरूको निर्देशन रहेको वर्तमान नेपालमा जे नहोस् त्यो थोरै छ र केही गतिलो भइदियो भने नेपालीको सौभाग्य हो । यस्तै माखेसाङ्लो परेको बेला अहिले देशमा धानखेती नराम्ररी बिग्रेको छ। यसपालि मनसुन ढिलै आयो, धान रोपाइँ ढिलो भयो र धान रोपिसकेपछि मनसुनले धोका दियो। पानी नपाएर धानको बिरुवामा पर्याप्त गाँज आउन पाएन र अहिले धान फुट्ने बेलामा पानी नपाएर विभिन्न रोग लाग्न थालेको छ।
सामन्ती शासनको बेला हुँदो हो त, धान नफलेर के भयो, हलुवापुरी खाएर बस भन्ने उपदेश आउने थियो। तर अहिलेको शासकवर्ग अयोग्य, अनुत्तरदायी जे भए पनि किसानको सन्तान हो, उसले त्यसो भन्न सक्दैन। यो अलग कुरा हो कि उसले किसानको मर्कामा काँध पनि थाप्न सक्दैन वा चाहँदैन। एक वर्ष धानखेती भएन भने शासकवर्गलाई कुनै मर्का पर्दैन। किसानलाई पर्छ भने परिरहोस्, सरकारसँग त संविधानसभा निर्वाचन गराउनुजस्तो महती दायित्व छ। संविधानसभा निर्वाचन नभए संविधान बन्दैन र संविधान बनेन भने धान फलेर नै के लछारपाटो लाग्छ। यहाँ त संविधान फल्नुपर्छ। संविधान फल्यो भने सत्ता प्राप्त हुन्छ। सत्ता प्राप्त भयो भने यस देशका पहिलो दर्जाका नागरिकहरू सुखी हुन्छन्, खुशी हुन्छन्। किसानको काम दु:ख पाउनु हो, युगौंयुगदेखि किसानले दु:ख पाइरहेको छ। धान उत्पादन भएन भने किसानले भोको बस्नुपर्ला, शासकवर्गका लागि त भारत, चीन, अमेरिका, जापानबाट चामल, गहुँ मात्र होइन, पाँचतारे होटलको खाना पनि आउन सक्छ।
नेपालको प्रत्येक युगको शासकवर्गले के बिर्सिदिन्छ भने कुनै पनि शासकलाई कुर्सीमा बसाल्ने र कुर्सीबाट फाल्ने काम जनताले गर्दछ। जनता भनेको किसान हो। नेपालमा अहिले पनि आधीभन्दा बढी जनसङ्ख्या किसानको छ। यसै किसानको नाममा देशलाई कृषिप्रधान देश भनिएको हो। नेपालमा कृषियोग्य जग्गा बढी भएर यस देशलाई कृषिप्रधान देश भनिएको होइन। त्यसो हुँदो हो त अमेरिका, चीन, रूसजस्ता विशाल भूभाग भएका मुलुक कृषिप्रधान मुलुक कहलिन्थे। नेपाल कृषिप्रधान मुलुक यस कारणले हो कि यहाँको जनतासँग रोजगारको विकल्प छैन। चाहेर वा नचाहेर, धरतीको सानो टुक्रामा उसले आजीविका खोज्नुपर्छ । यसै विवश किसानको नाममा भतुवा शासकवर्गले विश्वसँग भिक्षा प्राप्त गर्दछ। देशका किसानलाई अपाङग बनाएर उसको नाममा भीख माग्ने शासक भारतको त्यो आपराधिक समूहको नाइकेजस्तै हो, जसले केटाकेटीहरूलाई अपाङग बनाएर भीख माग्न लगाएर आफू मोज गर्दछ।