प्रस, वीरगंज, १२ असोज/
अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवस आज वीरगंजमा मनाइएको छ। राष्ट्रिय सूचना आयोगको सहयोगमा हेल्पिङ ह्यान्ड्स र नेपाल पत्रकार महासङ्घ पर्साद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले सूचनाको हक कार्यान्वयनतर्फ आफ्नो प्रयास जारी रहेको बताए।
उनले सूचना माग्नेले प्रस्टरूपमा कारण खोलाएर जनहितका लागि सूचना माग्दा दिनेलाई पनि सहज हुने बताए। उनले पर्साका सरकारी कार्यालयहरूले सूचना अधिकृत राखे तापनि कार्यान्वयन पक्ष कमजोर देखिएकोले सोको प्रभावकारिताका लागि आफूले प्रयास गर्ने बताए। उनले सूचना राख्ने प्रणाली वैज्ञानिक नभएकोले पुराना सूचनाको हकमा असहज परिस्थिति देखा परेको बताए।
प्रजिअ बजिमयले सूचनाको हक प्रभावकारी बनाउन सबै कार्यालयमा सूचना अधिकृत राखिएको जानकारी गराउँदै सरकारी कार्यालयहरूलाई सूचना अधिकृतको नेमप्लेट कार्यालयमा देख्ने गरी झुन्ड्याएर राख्न निर्देशन दिने बताएका थिए।
प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रकिशोर झाले सूचना पाउने नागरिकको नैसर्गिक अधिकार भएपनि आवश्यक सूचना प्राप्त गर्ने क्रममा अड्चन ल्याउने काम भइरहेको बताए। उनले आवश्यक सूचना नदिने अधिकारीलाई कानुनले दण्ड, जरिवाना र सजायको व्यवस्था गरेकोले नियमसङगतरूपमा सूचना नदिने अधिकारीविरुद्ध कानुनीरूपमा मुद्दा दिन सकिने बताए। सूचनाप्राप्तिमा पत्रकारको सहज पहँुच बनिनसकेको अवस्थामा आम नागरिकले सूचना पाउन कति कठिनाइ बेहोर्नुपर्छ सहज अनुमान लगाउन सकिन्छ उनले भने।
हेल्पिङ ह्यान्ड्सका जयमोद ठाकुरले विधिवत् सूचना माग्दा पनि वीरगंज उपमहानगरपालिका, जनस्वास्थ्य र महिला तथा बालबालिका विकास कार्यालयले नदिने गरेको बताए। उनले राष्ट्रिय सूचना आयोगमार्फत् पटक–पटक ताकेता गर्दा पनि अटेर गरेर सूचना नदिएको आरोप लगाए।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पर्साका सरकारी कार्यालयहरूमा सूचना अधिकृत नराखिएको, कागजीरूपमा सूचना अधिकृत राखिएको तर नेमप्लेट झुन्ड्याएर जिम्मेवारी वहन कसैले नगरेको, कार्यालय प्रमुखको अनुपस्थिति एवं अन्य विभिन्न कारणहरू बताइ आलटाल गर्ने नीति अवलम्बन गरिने आरोपहरू लगाएका थिए।
नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष धु्रव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत ताराबहादुर कार्की, भारत रक्सौलका समाजसेवी डा. अनिलकुमार सिन्हा, नेपाल पत्रकार महासङ्घ पर्साका पूर्वअध्यक्ष शत्रुघ्न नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।