प्रस, वीरगंज, १२ असोज/
खाद्य तथा अनुसन्धान विभाग काठमाडौंका अधिकृत ईश्वर सुवेदीको नेतृत्वको टोलीले आज वीरगंज बजारका ९ वटा मिठाइपसलमा अनुगमन गरेको थियो। चाडपर्वको बेला खाद्य वस्तुमा मिसावट भएको जनगुनासो आएपछि अखाद्य वस्तु जाँच गर्ने अत्याधुनिक ल्याबले सुसज्जित मोबाइल गाडीसहित विभागको टोलीले आज वीरगंजका मिठाइपसलहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए।
मोबाइल ल्याबमा पाँच मिनेटभित्रै अखाद्य वस्तुको परीक्षण हुने भएकोले स्थलगत कारबाई गर्न सहज भएको र परीक्षणका नाम महिनौं कुर्नुपर्ने झन्झटबाट मुक्ति पाएको खाद्य अनुसन्धानका अधिकृत ईश्वर सुवेदीले बताए। मिठाइपसलहरूको स्थलगत परीक्षण गर्ने क्रममा माईस्थानस्थित एउटा मिठाइपसलमा स्वास्थ्यमा प्रतिकूल असर पार्ने अखाद्य वस्तु ‘हाइड्रो’को शीशी फेला परेकोमा त्यसलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो।
टोलीले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हाइड्रो अब उप्रान्त प्रयोगमा नल्याउन पसलका सञ्चालक दीपक साहलाई चेतावनी दिएको थियो।
मिठाइपसलहरूको अनुगमनको क्रममा अखाद्य वस्तुको मिश्रण फेला नपरेको अधिकृत सुवेदीले बताए। अनुगमन टोलीमा वीरगंज उपमहानगरपालिका खाद्य अनुसन्धानका अधिकृत विपिनकुमारलाल दास, खाद्य निरीक्षण एकाइ पर्साका प्रदीप काफ्ले, जिल्ला प्रशासन कार्यालयका राजनप्रसाद पोखरेल, जिल्ला प्रहरी कार्यालय पर्साका अरुणकुमार राउत, वडा प्रहरी कार्यालय बिर्ताका धनबहादुर थापा, वाणिज्य कार्यालयका दिलीपकुमार खङ्ग, उपभोक्ता हित संरक्षण मञ्चका धीरज शर्मा र अमयकुमार लालको सहभागिता थियो।
अत्याधुनिक मोबाइल ल्याब हेटौंडापछि वीरगंज आएको हो। वीरगंजमा अत्याधुनिक मोबाइल ल्याब भ्यान हेर्नका लागि मानिसहरूको भीड लागेको थियो।