प्रस, वीरगंज, १३ असोज/
नेकपा एमालेका पर्साका ५ वटै क्षेत्रका सम्भावित उम्मेदवारहरूले पर्सामा एमालेको अवस्था सुदृढ रहेको र जनलहर पार्टीतर्फ बढिरहेको दाबी गरेका छन्।
प्रेस चौतारी पर्साले एमाले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नं. १ का सम्भावित उम्मेदवार नवराज शर्माले देशभर एमालेप्रति आएको जनलहरका कारण पर्सामा पनि एमालेको सङगठन बलियो बन्दै गइरहेको दाबी गरे। उनले पार्टी परिचालन अभियान, गाउँटोल भेटघाट, भेला आदिका कारण एमालेको नीतिबाट प्रभावित हुनेहरूको सङ्ख्या बढ्दै गएको बताए।
क्षेत्र नं. २ का सम्भावित उम्मेदवार विचारी यादवले विगतको निर्वाचनमा आफूले पराजय भोगे पनि जनताको सुख–दु:खमा सक्रियतापूर्वक लागेको कारण अहिले एमालेप्रति जनलहर देखा परेको बताए।
क्षेत्र नं. ३ का सम्भावित उम्मेदवार राजकुमार गुप्ताले आफ्नो क्षेत्रमा नेपाली काङ्ग्रेस विगतको चारपटकको चुनावमा विजयी भएपनि सो क्षेत्रका विद्यालयहरू बन्द रहेका, सडक एवं पुलपुलेसा नबनेको र विकास निर्माण कार्यमा हदैसम्म
भ्रष्टाचार भएकोले अहिले आम जनता एमालेप्रति आकर्षित हुँदै गएका बताए। उनले क्षेत्रका जनता परिवर्तनको पक्षमा रहेका र आफूले निर्वाचन परिचालन कमिटी गठन, गाउँ एकाइ कमिटीको कार्यालय स्थापना, घरदैलो कार्यक्रम, सभा, भेला, बैठक गरेर एमालेप्रति जनलहर ल्याउने प्रयासमा निरन्तर लागिपरेको बताए।
क्षेत्र नं. ४ का सम्भावित उम्मेदवार एवं पहिलो संविधासभामा सो क्षेत्रबाट निर्वाचित पूर्वसभासद् प्रद्युम्न चौहानले सो क्षेत्रका जनता एमालेप्रति आस्थावान रहेका बताए । आफूले क्षेत्रको विकासमा देखाएको उत्साहपूर्ण सहभागिताका कारण पनि पर्सा क्षेत्र नं. ४ मा एमाले बलियो रहेको चौहानले दाबी गरे ।
क्षेत्र नं. ५ का सम्भावित उम्मेदवार जयप्रकाश थारूले नेपाली काङ्ग्रेसको उम्मेदवार तीनपटक र एमालेको उम्मेदवार एकपटक विजयी भएको यस क्षेत्रमा एमालेप्रति जनलहर वृद्धि भएको बताए । उनले गाउँमा सानो बैठक गर्दा पनि जनसभा सरह गाउँले भेला हुने गरेको बताए।
सम्भावित उम्मेदवारहरूले जिल्लाको स्थलगत भ्रमण गरी एमालेप्रति जनलहर बढेको दाबी गरेका थिए।
कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रामचन्द्र साहले एमालेको नेतृत्वमा सरकार बनेको खण्डमा संविधान जारी हुने बताए। उनले विगतमा अन्य दललाई विजयी बनाएका कारण संविधान बन्न नसकेको दाबी गरे।
एमाले पर्साका संयोजक चिरञ्जीवी आचार्यले एमाले सरकारमा रहेको बेला जनहितमा काम गरेको, सामाजिक सुरक्षाभत्ता, छात्रवृत्ति, स्वरोजगारका कार्यक्रमहरू ल्याएर जनप्रिय काम गरेकोले आगामी संविधानसभाको निर्वाचनमा एमाले सबैभन्दा ठूलो दल बन्ने दाबी गरे। प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन सचिव अनुप तिवारीले गरेका थिए।