–कुमार रुपाखेती
पञ्चायती व्यवस्थालाई सबक सिकाउन काठमाडौंका जनताले नानीमैयाँ दाहाललाई अत्यधिक बहुमत दिएर राष्ट्रिय पञ्चायत (संसद्)मा हुलिदिए । फरिया उठाएर बाझ्न खप्पिस मैयाँले आफ्नो छनक पनि देखाइन् । वीरगंजमा पनि कबुतरी देवी (हँसिया छाप) पनि झन्डैझन्डै मेयर बनेकी ।
अहिले राजतन्त्रको पत्ता साफ
(बायकट) र गणतन्त्रको रास्ता साफ
(सफा) छ । दमदार उम्मेदवारहरू संविधानसभामा भित्रिनुपर्ने हो तर पर्सा क्षेत्र नं. १ बाट प्रत्यक्ष र समानुपातिकका केही अनुहारहरूले त नानीमैयाँ र कबुतरीको सम्झना ताजा गराएका छन् । पर्सा १ मात्रै किन मुलुकभरि नै अधिकांश उम्मेदवारहरूको हैसियत ‘चारों ओर देखा, एके लेखा’ भनेजस्तो छ । उम्मेदवारको खडेरी (अकाल) पर्दा नेपाली काङ्ग्रेसले पर्सा क्षेत्र नं. १ बाट सदाबहार पराजित एवं सम्मानित नेता कृष्णप्रसाद भट्टराईलाई तेर्साएको कुरा सबैलाई अवगत नै छ । अहिले पनि पर्सा १ मा थुप्रै राष्ट्रिय र क्षेत्रीय दलहरूले कर्मठ उम्मेदवारको कमी महसुस गरिरहेका छन् । एमालेका पटके उम्मेदवार चिरञ्जीवी आचार्यले यहाँबाट चुनाव लड्न इनकार गरेपछि आननफाननमा जुनियर एमालेहरूको नाम चर्चामा छ ।
पर्सा १ नं.मा एमालेका जुनियर र शिशु कमरेडहरूको उपस्थिति कति दमदार होला त्यो त समयले नै बताउँला । पर्सा १ मा हतास एमाओवादीले त हतार हतारमा उपाध्यक्ष नारायणकाजी र नायिका रेखा थापालाई हरियो झन्डी देखाउन खोज्दा उर्मिला अर्यालहरूले लालझन्डी देखाएर रोकिदिए । यहाँ काङ्ग्रेसले अझै उम्मेदवार तोकेको छैन ।
उम्मेदवारीको दाबेदारीमा काङ्ग्रेसमा सधैं झमेला र मेला लाग्ने कुरा कसैसँग छिपेको छैन । घात–अन्तर्घात यिनको जन्मजात गुण
(अवगुण) हो ।
विभिन्न राष्ट्रिय र क्षेत्रीय दलहरूले ‘बाइज्जत स्वागतम्’ भन्दै चुले निम्ता
(निमन्त्रण) दिए पनि विमल श्रीवास्तवले तमलोपाबाट चुनावी ताल ठोक्ने भएका छन् । पार्टीको भन्दा व्यक्तिगत पकड बलियो भएका विमल श्रीवास्तव चुनावी रणनीतिमा यस क्षेत्रकै ‘बब्बर शेर र तेजाज बादशाह’ मानिन्छन् ।
भारतमा अझै पनि उखान भनिन्छ–‘मजबुरी का नाम महात्मा गाँधी’ । अन्य थुप्रै छोटेमोटे दलहरूले ‘मजबुरीका नाम महात्मा गाँधी भन्दै घिसापिटा नाम चर्चामा ल्याएर मरता क्या नहीं करता भन्दै लाचारी प्रदर्शन गरेका छन् । ‘बडा बाबू’ नपाएपछि ‘छोटा बाबू’हरूलाई उम्मेदवार बनाएर खानापूर्ति गरिंदैछ । नपाउनेले केरा पायो, बोक्रा समेत खायो ।
उता भाग्यनाथ गुप्ता, कथा, चुटकिला भन्दै चुनाव जितिसकेको दाबी गर्दै हिंड्न थालेका छन् । हास्यविधामा महारतप्राप्त उनी यस क्षेत्रमा विमल श्रीवास्तव र काङ्ग्रेसभन्दा अग्रपङ्क्तिमा रहेको समेत दाबी गर्न थालेका छन् । करिमा बेगमले केके करिश्मा गर्दैछिन् त्यो मलाई थाहा भएन । सिडिओकाण्डबाहेक मलाई क्यै थाहा छैन । तर जेसुकै भए पनि अहिलेको युग नानीमैयाँ र कबुतरीजस्ताको होइन । अब ‘मरता क्या नहीं करता’ स्तरका उम्मेदवारहरूलाई मतदाताहरूले उनका हैसियत अनुसार ‘जैसाको तैसा’ भोट हाल्ने मूडमा छन् । कत्तिको हविगत त मदनकृष्ण–हरिवंशको पचीस भोटजस्तो छ । यसअघि नालायक र अयोग्य सभासद्हरूको बाहुल्यले गर्दा संविधान नबनेको, संविधानसभा भ· भएको र मुलुकमा अन्योल बढेको हेक्का मतदाताहरूलाई छ । वडास्तरकाहरूलाई संविधानसभा सदस्यको टिकट दिनु भनेको उनीहरूलाई सर्कसको जोकर बनाउनु सरह हो, मतदाताको अपमान हो । झन् समानुपातिकबाट सिफारिस गरिएका कर्णधारहरूको शुभनाम पढ्दा त ‘बडे मियाँ तो बडे मियाँ, छोटे मियाँ सुभान अल्ला’ भनेजस्तो छ ।
विगतबाट पाठ सिक्ने हाम्रो बानी छैन । तर अब इतिहासबाट सिक्ने समय आइसकेको छ । बाढीको पानीले त झिनामसिना कसि·र र झारपातलाई पाखा लगाउँदै अघि बढ्छ भने हामी त मनुष्य हौं । मुलुक र जनताको हित र विकास गाँसिएको कुरामा सधैं मूकदर्शक बनेर बस्ने हो भने दोस्रो होइन तेस्रो संविधानसभाको निर्वाचनसमेत कुनुपर्ला हामीले ।
‘झर्ला र खाउँला’, लड्डु लडे झिल्ली झरे’ अथवा ‘ताक परे तिवारी, नत्र गोतामे’ जस्ता ‘मजबुरीका नाम महात्मा गाँधी’ भन्दै संविधानसभा सदस्यजस्तो गरिमामय पदमा उम्मेदवारी दिने–दिलाउनेहरूलाई म यो गीतले झनझनाउन चाहन्छु ।
‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई,
बिना अर्थ दिलमा सजाएँ तिमीलाई’
पर्सा क्षेत्र नं. १ का मतदाताले कसलाई आफ्नो वारिस र कसलाई लावारिस बनाउने हो त्यो, सके मङ्सिर ४ गतेपछि नभए कुनै बेला भएपनि थाहा भइहाल्छ ।