प्रस, वीरगंज, १० असोज/
पर्सा जिल्लामा यस वर्ष समयमा वर्षा नभएको कारण सिंचाइको अभावमा रोपिएको धानखेतीमध्ये २० प्रतिशत उत्पादन कम हुने कृषि विकास कार्यालय, पर्साका धानबाली अधिकृत सुरेशप्रसाद चौरसियाले बताए।
जिल्लाको ४६ हजार ७ सय हेक्टर जमिनमा यस वर्ष धानखेती भएको र सोमध्ये २० प्रतिशत उत्पादन प्रभावित हुने अधिकृत चौरसियाले जानकारी गराएका छन् । उनले समयमा वर्षा हुन नसकेको र सिंचाइको पर्याप्त सुविधा नहुँदा धान उत्पादन प्रभावित हुने बताए ।
उनले लामो समयदेखि पानी नपरेको कारण धान उत्पादन खेती थप प्रभावित हुने जानकारी गराएका छन् ।
पर्सा जिल्लाका किसानहरूले भने समयमा वर्षा नभएर खडेरी परेको र सिंचाइको पर्याप्त व्यवस्था नहुँदा यस वर्ष आधा धानबाली प्रभावित हुने बताएका छन् ।
लामो खडेरीका कारण धानबालीमा सिड ब्लाइड्स र मिली ब्लग रोग लागेकोले पनि धान उत्पादनमा कमी ल्याउने बताइएको छ ।
पर्सा जिल्ला ल·डी गाविसका अब्बास मियाँले गत वर्षको तुलनामा यस वर्ष सो क्षेत्रको धान उत्पादनमा ५० प्रतिशत कम हुने बताए । उनले खडेरीको कारण धानबाली प्रभावित हुनुको साथै रोग व्याधि लागेर पनि धानको उत्पादनमा कमी आउने बताए । उनले कृषि विकास कार्यालयले जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा कृषि केन्द्र राखेको र गाविसमा सो केन्द्रको प्राविधिकमार्फत् सेवा सुविधा उपलब्ध गराउने लक्ष्य लिए पनि ग्रामीण क्षेत्रका प्राविधिकहरू कार्यालयमा नभेटिने र सेवा नदिएको कारण धानखेतीमा हुने रोगबारे अनभिज्ञ किसानहरू थप पीडित भएको अब्बास मियाँ बताउँछन् ।
कृषि विकास कार्यालय, पर्साका धानबाली अधिकृत चौरसियाले भने क्षेत्रगत रूपमा कृषि प्राविधिकहरूको व्यवस्था गरे पनि जनशक्तिको अभावमा सेवा दिन नसकेको स्विकारेका छन् ।