– विश्वराज अधिकारी
गीता दिदीकहाँ म बेलाबेलामा जाने गर्दछु। उहाँसँग कुरा पनि निकै मिल्ने गर्छ, मेरो। उमेरमा मभन्दा केही महिना कान्छी भए तापनि मैले उहाँलाई दिदी भन्ने गरेको छु। त्यसो भन्नुको कारण पनि छ र त्यो हो दिदीको बौद्धिक व्यक्तित्व– स्वतन्त्र, स्वावलम्बी र आत्मविश्वासको सम्मिश्रण। त्यही व्यक्तित्वले होला दिदी विदेशमा बस्ने छोराछोरीहरूको परिवारमा अटाउन सक्नुभएको छैन। पचास–पचपन्नको उमेरमा पनि एक्लै बस्नुहुन्छ, यतै यति ठूलो घरमा। उहाँको पति परलोक गएको पाँच–छ वर्ष जति भयो र यो पाँच वर्षमा विदेशिएका सन्तानहरूले पचीसौंपटक बोलाए, त्यतातिर बस्न आउनु भनेर तर दिदी जानुभएन। पिपलको रूखझैं, झनै भुँइमा गाडिएर, झाङिगएर बस्नुभएको छ, एक्लै। हुनत वहाँको यो पाँचतल्ले घरमा सबैभन्दा माथिल्लो तल्ला मात्र आफ्नो लागि राख्नुभएको छ, बाँकी सबै तल्लाका कोठाहरू भाडामा छन्, टनाटन भरिएका छन्। यति धेरै मानिस वहाँको घरमा बसेका छन्, लाग्छ कुनै गाउँको सानो एउटा टोल नै हो यो घर । जे होस् यो काठ जस्तो निर्जीव काठमाडौं शहरमा एक किसिमले गुन नै लगाउनुभएको छ, घर भाडामा बस्न खोज्नेहरूलाई, दिदीले, ठूलो घर बनाएर । तर पैसाका लागि भने अति चाम्री हुनुहुन्छ । आफू बसेको तल्ला पनि सम्पूर्ण प्रयोग गर्नुभएको छैन। एउटा केटो राख्नुभएको छ, धर्मपुत्रजस्तो गरेर । त्यो तल्लाको एउटा कोठा दिनुभएको छ सुत्न बस्न त्यो केटालाई। भान्सा भने एउटै छ । त्यो केटाले पनि वहाँको भान्सामैं खान्छ। पकाउने तुल्याउने पनि दिदीले नै गर्नुहुन्छ, कुनै सहयोगी राख्नुभएको छैन। दिदीको मुठ्ठी अलि कस्सिएको छ । जथाभावी खर्च गर्नुहुन्न । त्यसैले त त्यो केटालाई बस्न सित्तैमा दिए तापनि खानाको पैसा लिनुहुन्छ। दिदीको बानी कौडीकौडीको हिसाब गर्ने भए तापनि, त्यो केटाको लागि भने अचम्मसँग आर्थिक उदारता देखाउनुभएको छ, पत्याउन गार्हो हुनेगरी।
हिजो धेरै दिनपछि दिदीलाई भेट्न गएको थिएँ, निकै चिन्तित देखिनुभएको थियो। सोधेको त चिन्ताको कारण भन्नुभयो–हेर न श्याम, त्यो केटा जसलाई मैले आफ्नै तल्लामा राखेकी छु नि, नीरज क्या, पाँच दिनदेखि गायब छ, घर आएको छैन। किन त्यसरी केही खबर नगरेर हिंडेको होला ? केटाकेटी होइन, बीसबाईस वर्षको लक्का जवान हो। कतै हराउने कुरै भएन। पढे लेखेको केटा, त्यो पनि उच्च शिक्षा हासिल गरिरहेको। घरमा खबर गर्नुपर्छ भन्ने ज्ञान त अवश्य पनि होला नि। होइन त, श्याम ?
दिदीले थप्नुभएको थिया–त्यस्तो गरी, आफ्नो छोराजस्तो गरेर राखेको थिएँ, कुनै भेदभाव नगरी, किन बटारिएको होला त्यो केटो ? बुझ्न सकेको छैन, मैले। अझै मैले भनेकी पनि थिएँ उसलाई, तिमीलाई पैसाको खाँचो छ भने खानाको पैसा नदिए पनि हुन्छ। जागिर पाएपछि दिनू। अहिलेलाई दिनुपर्दैन। त्यति मात्र हो, उसलाई मेरो कोठामा आउन, टिभी हेर्न, सिडी प्लेयरमा कुनै फिल्म लगाउन, मेरो फोन प्रयोग गर्नसमेत छुट दिएकी थिएँ। परेको बेला मेरो बैठक प्रयोग गर्न न हच्किनु भनेकी थिएँ। यति गर्दागर्दै पनि किन मैले लगाएको गुन बिर्सेको होला, त्यसले ? छोराछोरीले मलाई विदेशबाट फोन गर्दा उनीहरूलाई भन्थें नीरजसँग पनि कुरा गर, है। यिनी पनि तिमीहरूको दाजुभाइ जस्तै हुन्, अरू भाडामा बस्नेहरूजस्तो व्यवहार नगर्नु नीरजसँग। कुनै भेद नगर्नु, यस्तो उस्तो। सके उतै पढ्ने व्यवस्था मिलाइदिनु, यताको क्याम्पसको पढाइ सकिएपछि। नीरज पनि अमेरिका जान्छु भन्छन्, उनलाई पनि रहर छ, त्यता जाने। तिमीहरूले सहयोग गर्नुपर्छ। क्यालिफोर्निया बस्ने छोरालाई त्यहाँको कलेजमा नीरजलाई भर्ना गराउन सहयोग गर्नु है भनेकी थिएँ। उसले हुन्छ भनेको थियो। यति गर्दागर्दै पनि किन हिंडेको होला नीरज ? कुनै माया मोह नभएझैं गरेर, चना पखालेझैं पारेर। किन होला बोकोको मुखमा कुभिन्डो नअटाएको, हँ श्याम ?
दिदीले अझै थप्नुभएको थियो–यति असल स्वभावको छ नीरज कि बयान नै गर्न सकिंदैन। नराम्रो स्वभाव भनेको केही छैन। चुरोट, रक्सी केही खाँदैन। न साथीहरूसँग अल्लारिएर, बरालिएर नै हिंड्छ। न दसथरीका साथीहरू नै ल्याउँछ, मैले कोठामा साथी नल्याउनु नभने तापनि। कहिलेकाहीं एकदुईजना साथी ल्याउँछ, त्यो पनि पढैयाहरू मात्र । घण्टौं पढाइको कुरा मात्र गर्छन्, कोठामा गफ गर्दा। जुन बेला पनि पढ्नमा नै मन गर्छ, कोठामा एक्लै भए तापनि। भन्छ एमबिए गर्छु, पिएचडी गर्छु, विदेशको कुनै प्रख्यात विश्वविद्यालयबाट। पढ्नमा यति व्यस्त हुन्छ कहिलेकाहीं कि मैले नै चिया पुर्याइदिनुपर्छ उसको कोठामा, खाना खान आऊ भन्नुपर्छ। यति असल मान्छे के भएको होला ?
यति भनेर दिदी एक छिन चुप लाग्नुभएको थियो। तर फेरि तुरुन्त प्रश्न गर्नुभएको थियो–के कारण होला, श्याम ? किन त्यसरी हराएको होला नीरज, हँ ? कि उसको घर, कलेजतिर खोज खबर गरौं ?
मैले दिदीलाई भनेको थिएँ– आफ्नो सन्तानझैंं गरेर राख्नुभएको केटा त्यसरी खबर नै नगरी हिंडेको देख्दा मलाई पनि आश्चर्य लागेको छ। यस्तो उस्तो कतै केही भएको भए, खबरमा आउने थियो होला। कसैले पैसाको लागि उसको अपहरण गरेको होला भनौं भने अपहरण गर्नेले उसको घरमा, उसका बाबु आमालाई वा दिदीलाई नै पनि अवश्य फोन गथ्र्यो होला। हुनत यस्तो गरिबलाई कसले अपहरण गर्छ ? अपहरण गर्नेले केही पत्ता लगाएर नै अपहरण गर्छ, हावाको भरमा अवश्य पनि गर्दैन। कसैले कुनै किसिमको रिसइविले केही गर्यो कि भनौं भने आँखामा राख्दा पनि नबिझाउने स्वभावको छ, त्यस्तो भलाद्मी केटा कसरी कसैको शत्रु हुन सक्छ, हैन त दिदी ?
आज, केही छिन पहिले मैले दिदीलाई फोन गर्दा, नीरजको केही खबर छ कि भनी सोध्दा, वहाँले भन्नुभएको कुरा सुनेर भने अहिले निकै अलमलमा परेको छु। दिदीले भन्नुभयो–नीरज त्यसरी हराएको घटनाले मलाई चिन्तित पारेको तथ्य त तिमीलाई थाहा नै छ। यसै मेसोमा आज दिउँसो म नीरजको कोठामा पस्दा एउटा खाम देखें उसको ओछयानमा । हुनत नीरज घरमा नआएको छैठौं दिन भइसक्ता पनि म उसको कोठामा पसेकी थिइनँ, केवल झ्यालबाट हेरेकी मात्र थिएँ, कोठाको ढोका केवल बाहिरबाट बन्द मात्र गरेको, ताल्चा नलगाएको भए तापनि। भाडामा बस्नेहरूले कति भने मलाई नीरजको कोठा भित्र पसेर हेर्नुस् भनेर तर म पसिनँ, यो भन्दा पहिले। नीरजले ओछयानमाथि राखेको खामको बाहिर घरपिट्ट भनेर लेखेको थियो। घरपट्टि भनेर लेखिएको हुनाले मैले त्यो खाम उठाएँ अनि खोलेर पढें। खाममा लेखिएको छ– म हजूरलाई के भनेर सम्बोधन गरौं। मसँग त्यस्तो उपयुक्त शब्द छैन, हजूरलाई सम्बोधन गर्ने। हजूरले दिनुभएको ममत्व र प्रेमको लागि पनि म अति नै आभारी छु। तर मेरो एउटा ठूलो समस्या छ। त्यो ठूलो समस्याले गर्दा म हजूरले त्यति बढी स्नेह र सुविधाहरू उपलब्ध गराउँदा पनि बस्न सक्ने स्थितिमा छैन, त्यहाँ। यसका लागि मलाई माफ गर्नुहोला। हुनत मैले यो पत्र लेख्न आवश्यक थिएन। म हराउनु त्यता नआउनुको कारण बताउनु पनि आवश्यक थिएन। तर हजूर जस्तो ममाथि उपकार गर्ने व्यक्तिलाई अलमलमा राख्नु मैले उचित सम्झिनँ र मेरो नैतिकताले दिएन पनि। हजूरले मलाई कुनै कुरामा मेरो मन दुखाएर म त्यहाँबाट हिंडेको भ्रम पर्न सक्छ र हजूर जस्तो असल व्यक्तिलाई म त्यस्तो भ्रम वा पश्चात्तापको स्थितिमा राख्न चाहँदिनँ पनि। साथै हजूरलाई मैले सत्य कुरा भन्नु मेरो दायित्व पनि ठान्दछु। त्यस कारण म यथार्थ कुरा भन्न विवश छु। मबिना कुनै नाता–सम्बन्ध, कुनै महिलासँग यसरी घनिष्ठ सम्बन्धमा, लामो समयसम्म बस्न सक्ने स्थितिमा रहन सकिरहेको छैन, जतिसुकै प्रयास गरे तापनि, भीष्म प्रतिज्ञा गरे तापनि। त्यसैले आगो तेलदेखि पन्छिएर बसेझैं पन्छिएर बस्न खोज्दै छु। आशा छ, मेरो समस्या बुझ्नुहोला। मलाई माफ गर्नुहोला।
अहिले म नीरजले गीता दिदीका लागि पत्रमा लेखेका शब्दहरूको अर्थ खोज्न तल्लीन छु।