- डा. रमेश मिश्र
अनुचित खानपान र रहनसहनले विभिन्न प्रकारका रोगहरूको प्रकोप बढिरहेको छ । ती रोगहरूमध्ये हेपाटाइटिस पनि एक हो । यसलाई यकृत वृद्धि पनि भन्न सकिन्छ । आयुर्वेदअनुसार यो रोग रक्त र कफको दुषण यकृत वृद्धिको कारण हो । हेपाटाइटिस यकृत (लिभर) शोथको एक अवस्था हो । हेपाटाइटिस हुने मुख्य कारण आहार र जीवनशैलीको गलत अभ्यास हो । अहितकर, सुख्खा, बासी र बढी मसालादार आहारको सेवन र दूषित पानीको सेवन हो । अत्यधिक मद्यपान पनि यसको कारण हो । विषाणुहरूजस्तै हिप.ए.वो.सी.डी.ई.को सङ्क्रमण पनि यसको कारण हो ।
धेरैजसो औषधिहरू आफूखुशी सेवन गर्नाले पनि हेपाटाइटिस हुनसक्छ । उदाराध्यान, आध्यमान, उदरमा भारीपन, उदरशूल, क्षुधा नाश, थकावट, पाण्डु, बढी तिर्खा लाग्नु, कामला, जन्डिस यसका लक्षण हुन् । हेपाटाइटिसको उपचार आयुर्वेदमा गर्दा बढी प्रभावकारी हुन्छ । अत: हेपाटाइटिस लागेमा कुशल आयुर्वेद चिकित्सकको सल्लाहअनुसार उपचार गराउनुपर्छ । आयुर्वेदिक उपचारमा सबभन्दा पहिला पञ्चकर्मबाट शोधन गराउनुपर्छ । त्यसपछि रोगीको अवस्थानुसार कुटकी भुअमलकी, पुननर्वास्रव आरोग्य वर्धिनीवटीको प्रयोग गर्नुपर्छ ।
शालिचामल, यव, मु·दाल, गाईको दूध, छाछ, अदुवा, लसुन पुननर्वा शिगु्रु पत्र आदि पथ्यको रूपमा दिनुपर्छ साथै विश्राम गराउनुपर्छ । उच्च वसायुक्त पदार्थ, गुरुभोजन, तेल, मसाला, मद्यपान, अत्यधिक परिश्रम अपथ्य हुन् । रोग लाग्नबाट बच्न सात्विक भोजन र शुद्ध पानी सेवन गरे यो रोग चाँडै लाग्दैन ।
–लेखक नेपाल आयुर्वेद चिकित्सा परिषदका रजिस्टार हुन् ।