मानव बेचबिखन आधुनिक युगको ठूलो समस्याको रूपमा देखापरेको छ। यसो त मानव बेचबिखन शताब्दीऔं पहिले पनि हुने गर्दथ्यो। तर त्यस बेला दास वा गुलामको रूपमा हुने गर्दथ्यो र प्राय: पुरुषको खरिदबिक्री हुन्थ्यो। आधुनिक युगमा यौन कारोबारका लागि महिला तथा केटीहरू तथा किशोर वयका केटाहरूको बेचबिखनले प्राथमिकता पाएको छ। मानव बेचबिखन सामन्ती युगको देन हो। गरीब घरका मानिसले आजीविकाका लागि आफ्नी छोरीबेटीलाई सामन्त जमिन्दारकहाँ राख्ने र उनीहरूले तिनलाई काममा दलाउनुका साथै यौनशोषण गर्ने गर्दथे। ठूला सामन्तहरूको परिवारमा, जो शासनमा समेत दखल राख्दथे, उनीहरूले यस्ता केटीहरूको भरपूर यौन शोषण गर्ने तर उनीहरूलाई प्रशस्त धनसम्पत्ति पनि दिने गर्न थालेपछि नेपालको गरीब पहाडी घरका चेलीबेटीहरूका लागि धनाढय र सामन्तहरूको घरमा काम गर्नु आकर्षणको कुरा बन्न थाल्यो। आज सामन्ती प्रथा समाप्तप्राय: छ, तर नवधनाढयहरूले सोही सिको गर्दै राम्री तरुनी केटी–महिलाहरूलाई खरिद गर्ने नयाँ परम्पराको विकास हुन गएको छ।
वास्तवमा मानव बेचबिखनको समस्या गरीबीसँग जोडिएको छ। गरीबीले जे नगराओस् कम छ। झन् अहिले अर्थको प्रधानता रहेको युगमा घर परिवारको इच्छाविपरीत अबोध गाउँले केटीहरूलाई ललाइफकाई, ऐशपूर्ण जीवनको सपना देखाई, राम्रो नोकरी दिलाइदिने लोभ दिई विदेशमा बेचिदिने दलालहरूको ताँती नै लागेको छ। पेट भोको छ, आधुनिक जीवनको आकर्षण प्रबल छ, देश दुनियाँले भोगेको सुविधाहरू सञ्चारमाध्यमको विस्तारले गाउँघरसम्म छताछुल्ल भएको छ भने कसैलाई पनि, त्यसमा पनि पहाडको कठोर जीवन, दारिद्रय र अशिक्षामा भासिएको समाजमा सानै आकर्षण प्रबल हुन पुग्छ। अनि नाबालिग किशोर–किशोरीहरू दलालहरूको जालमा फस्छन् र विदेशमा बेचिनका लागि तयार हुन्छन्। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सैकडौं किलोमिटर खुला सिमाना भएर आवश्यकता (पेट पाल्नेदेखि सुविधा भोग्ने आकर्षण) र अवसर (दलाललगायत धनाढय) जुरिरहेको छ भने केही ठाउँमा कुनै संस्थाले वा सररकारले नै गरेर पनि मानव बेचबिखनको समस्या टर्ने आशा गर्ने मूर्खता सिवाय केही होइन।
निश्चय नै मानव बेचबिखनविरुद्ध केही संस्थाहरू कार्यरत छन्, सरकारले पनि यस समस्यालाई संवेदनशील भएर हेरिरहेको छ। तर यतिले यो समस्या समाधान हुँदैन। समस्याको मूल गरीबी हो, अशिक्षा हो। गरीबी हटाउन सरकारको अहिलेसम्मको प्रयासले सफलताको पहिलो खुडकिलो पनि उक्लन सकेको छैन। शिक्षाको पनि त्यही अवस्था छ। प्राथमिक शिक्षा केही गरी पूरा गरे तापनि प्राय: गाउँ पहाडका केटाकेटीहरू माथिल्लो शिक्षाबाट वञ्चित रहने गरेका छन्। यसो हुनुमा परिवारको आजीविकाको सवाल पहिलो हो र शिक्षामा भएको लगानीमा सरकारको उदासीनता दोस्रो कारण हो। माध्यमिक तहसम्मको शिक्षा निश्शुल्क गरिए तापनि त्यसको पहुँच सामान्य अभिभावक र विद्यार्थी सम्म पुग्नु अगावै शिक्षा माफियाहरूको दर्हो कब्जामा पर्ने गरेको छ, जसमा जिल्ला शिक्षा कार्यालयदेखि विभागसम्मका भ्रष्ट पदाधिकारीहरूको मिलोमतो रहने गरेको छ। प्राथमिक शिक्षा पाएका बालबालिकासँग जानकारी त धेरै हुन्छ तर अनुभव र ज्ञानको कमी हुन्छ। जसले गर्दा उनीहरू बढी लोभिन्छन्, सतर्क थोरै मात्र हुन्छन्।