प्रस, वीरगंज, ११ असोज/
संविधानसभाको निर्वाचन नजिकिंदै जाँदा सुरक्षाका उपायहरू स्थानीय प्रहरी प्रशासनबाट अवलम्बन भइरहे पनि पर्सा जिल्लाको सन्दर्भमा भने विभिन्नखाले अपराधमा फरार अभियुक्तहरू ग्रामीण क्षेत्रमा खुलेआम घुमिरहेका भएपनि सुरक्षा निकाय मौन छ।
स्रोतका अनुसार लागूऔषध, कर्तव्य ज्यान, हातहतियार र काठ तस्करीमा आरोपित दर्जनभन्दा बढी अभियुक्तहरू अहिले पर्सा जिल्लाको विभिन्न गाविसहरूमा खुलेआम आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेका छन् । भरपर्दो स्रोतले बताएअनुसार राजनीतिक संरक्षणमा विभिन्नखाले अपराधका अभियुक्तहरू फरार रहेकामा अहिले उनीहरूले ग्रामीण क्षेत्रमा राजनीतिक क्रियाकलापहरू गरिरहेका छन्।
पर्सा जिल्लाको सोनवर्षा, भिस्वा, निचुटा, शङकरसरैया, अमरपट्टी, सबैठवा, भेडिहारी, मिर्जापुर, जानकीटोला, औराहा, बहुअर्वाभाठा, विश्रामपुर, भौराटारजस्ता गाविसहरूमा फरार अभियुक्तहरू संविधानसभाको चुनावलाई दृष्टिगत गरी राजनीतिक संरक्षणमा खुलेआम गतिविधि गरिरहेका गाउँलेले बताएका छन्।
पर्सा प्रहरीले निर्वाचनलाई दृष्टिगत गरेर यस्ताखाले अपराधीहरूको गतिविधि नियन्त्रणका लागि छुट्टै दस्ता बनाए पनि ग्रामीण क्षेत्रमा भने उनीहरूको गतिविधि निर्बाध सञ्चालन भइरहेको छ।
पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले फरार अभियुक्तहरूको खोजी भइरहेको बताए। उनले आफूलाई राजनीतिक संरक्षणमा फरार रहेका अभियुक्तहरूले ग्रामीण क्षेत्रमा गतिविधि गरिरहेका सूचना प्राप्त नभएको बताए। उनले त्यस्ता गतिविधिबारे सूचित गर्न ग्रामीण जनतालाई आग्रह पनि गरेका छन्।