प्रस, वीरगंज, १३ असोज/
आगामी मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचन बहिष्कार गर्न आज नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले वीरगंजमा बृहत् युवा मार्चपास तथा विरोधसभा गरेको छ।
राष्ट्रिय स्वाधीनताको पक्षमा जुटौं, कथित दोस्रो संविधानसभा बहिष्कार गरौं, बढ्दो महँगी नियन्त्रण गर, गोलमेच सम्मेलन गर लगायतका नारा लगाउँदै गरिएको युवा मार्चपासले वीरगंज नगर परिक्रमा गरेको थियो। चुनाव बहिष्कारको पक्षमा आज गरिएको मार्चपासमा युवाहरूको उल्लेख्य सहभागिता थियो।
जिल्ला प्रहरी कार्यालय पर्साअगाडिबाट निकालिएको युवा मार्चपास मेनरोड भएर नगरपरिक्रमापछि घण्टाघरमा पुगी विरोधसभामा परिणत भएको थियो।
विरोधसभामा राष्ट्रिय नागरिक सङ्घर्ष समितिका प्रवक्ता हीराबहादुर चन्द, नेकपा–माओवादी पोलिट ब्यूरो सदस्य कुलप्रसाद केसी सोनाम, केन्द्रीय सदस्य मनोजजङग थापालगायतले विदेशीको इसारामा हुन लागेको आगामी संविधानसभाको निर्वाचन कुनै पनि हालतमा हुन नदिने चेतावनी दिएका थिए । उनीहरूले सहमतिबिना गरिने चुनावको कुनै अर्थ नरहने बताए।
मार्चपासको नेतृत्व नेकपा–माओवादी भोजपुरा राज्य समितिका संयोजक रोशनलाल जनकपुरीले गरेका थिए।