Posts

Showing posts from September, 2013

पर्सामा एमालेको अवस्था सुदृढ: सम्भावित उम्मेदवारहरू

Image
प्रस, वीरगंज, १३ असोज/     नेकपा एमालेका पर्साका ५ वटै क्षेत्रका सम्भावित उम्मेदवारहरूले पर्सामा एमालेको अवस्था सुदृढ रहेको र जनलहर पार्टीतर्फ बढिरहेको दाबी गरेका छन्।     प्रेस चौतारी पर्साले एमाले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्सा क्षेत्र नं. १ का सम्भावित उम्मेदवार नवराज शर्माले देशभर एमालेप्रति आएको जनलहरका कारण पर्सामा पनि एमालेको सङगठन बलियो बन्दै गइरहेको दाबी गरे। उनले पार्टी परिचालन अभियान, गाउँटोल भेटघाट, भेला आदिका कारण एमालेको नीतिबाट प्रभावित हुनेहरूको सङ्ख्या बढ्दै गएको बताए।     क्षेत्र नं. २ का सम्भावित उम्मेदवार विचारी यादवले विगतको निर्वाचनमा आफूले पराजय भोगे पनि जनताको सुख–दु:खमा सक्रियतापूर्वक लागेको कारण अहिले एमालेप्रति जनलहर देखा परेको बताए।     क्षेत्र नं. ३ का सम्भावित उम्मेदवार राजकुमार गुप्ताले आफ्नो क्षेत्रमा नेपाली काङ्ग्रेस विगतको चारपटकको चुनावमा विजयी भएपनि सो क्षेत्रका विद्यालयहरू बन्द रहेका, सडक एवं पुलपुलेसा नबनेको र विकास निर्माण कार्यमा हदैसम्म भ्रष्टाचार भएकोले अहिले आम जनता एमालेप्रति आकर्षित हुँदै गएका बताए। उनले क्षेत्रक

नेकपा–माओवादीसहित ३३ दलीय मोर्चाको वीरगंजमा भव्य प्रदर्शन

Image
प्रस, वीरगंज, १३ असोज/     आगामी मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचन बहिष्कार गर्न  आज नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले वीरगंजमा बृहत् युवा मार्चपास तथा विरोधसभा गरेको छ।     राष्ट्रिय स्वाधीनताको पक्षमा जुटौं, कथित दोस्रो संविधानसभा बहिष्कार गरौं, बढ्दो महँगी नियन्त्रण गर, गोलमेच सम्मेलन गर लगायतका नारा लगाउँदै गरिएको युवा मार्चपासले वीरगंज नगर परिक्रमा गरेको थियो। चुनाव बहिष्कारको पक्षमा आज गरिएको  मार्चपासमा युवाहरूको उल्लेख्य सहभागिता थियो।   जिल्ला प्रहरी कार्यालय पर्साअगाडिबाट निकालिएको युवा मार्चपास मेनरोड भएर नगरपरिक्रमापछि घण्टाघरमा पुगी विरोधसभामा परिणत भएको थियो।     विरोधसभामा राष्ट्रिय नागरिक सङ्घर्ष समितिका प्रवक्ता हीराबहादुर चन्द, नेकपा–माओवादी पोलिट ब्यूरो सदस्य कुलप्रसाद केसी सोनाम, केन्द्रीय सदस्य मनोजजङग थापालगायतले विदेशीको इसारामा हुन लागेको आगामी संविधानसभाको निर्वाचन कुनै पनि हालतमा हुन नदिने चेतावनी दिएका थिए । उनीहरूले सहमतिबिना गरिने चुनावको कुनै अर्थ नरहने बताए।     मार्चपासको नेतृत्व नेकपा–माओवादी भोजपुरा राज्य समितिका संयोजक रोशनलाल जनकपुरीले गर

पूजा समिति बढेपछि व्यापारीलाई चन्दाको डर

Image
प्रस, परवानीपुर, १३ असोज/     दशैंको बेला वीरगंज आसपासका क्षेत्रमा दुर्गा पूजा समितिको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ।     १०/१५ वर्ष पहिले वीरगंजको पानीटङकीमा मात्र पण्डाल निर्माण गरी दुर्गापूजा गरिन्थ्यो। हिजोआज वीरगंजको रानीघाट, श्रीपुर, गीता मन्दिर, पानीटङकी, प्रतिमाचोक, बसपार्क, नगवा, चैनपुर, परवानीपुर, जीतपुर र सिमरालगायतका ठाउँमा दर्जनौं पूजा समिति गठन गरेर दुर्गापूजाको भव्यरूपमा आयोजना गरिन्छ।     गतवर्ष पुरवानीपुरको वैष्णोदेवी मन्दिरमा मात्र दुर्गापूजा हुन्थ्यो भने यसपालि तरकारी बजारमा पनि दुर्गापूजाको तयारी गरिंदैछ।     पूजा समिति वृद्धि भएपछि स्थानीय उद्योगी, व्यापारी तथा पसलेहरूबाट चन्दा उठाउने क्रम बढेको परवानीपुरका एक व्यापारीले बताए।     एक ठाउँमा पूजा आयोजना गर्न डेढदेखि पाँच लाखसम्म खर्च लाग्ने गरेको पूजा समितिका एक सदस्यले बताए । नवदुर्गा पूजा समिति, परवानीपुरका सदस्य नरेश यादवले कसैसँग जबरजस्ती चन्दा नउठाएको बताए। नवरात्रिको व्रत गर्नेहरूको सङ्ख्या वृद्धि हुँदै गएपछि टोल–टोलमा दुर्गा पूजा समिति गठन भएको परवानीपुरका पुरोहित दिलीप उपाध्यायले बताए।

मानव बेचबिखन एक समस्या

   मानव बेचबिखन आधुनिक युगको ठूलो समस्याको रूपमा देखापरेको छ। यसो त मानव बेचबिखन शताब्दीऔं पहिले पनि हुने गर्दथ्यो। तर त्यस बेला दास वा गुलामको रूपमा हुने गर्दथ्यो र प्राय: पुरुषको खरिदबिक्री हुन्थ्यो। आधुनिक युगमा यौन कारोबारका लागि महिला तथा केटीहरू तथा किशोर वयका केटाहरूको बेचबिखनले प्राथमिकता पाएको छ। मानव बेचबिखन सामन्ती युगको देन हो। गरीब घरका मानिसले आजीविकाका लागि आफ्नी छोरीबेटीलाई सामन्त जमिन्दारकहाँ राख्ने र उनीहरूले तिनलाई काममा दलाउनुका साथै यौनशोषण गर्ने गर्दथे। ठूला सामन्तहरूको परिवारमा, जो शासनमा समेत दखल राख्दथे, उनीहरूले यस्ता केटीहरूको भरपूर यौन शोषण गर्ने तर उनीहरूलाई प्रशस्त धनसम्पत्ति पनि दिने गर्न थालेपछि नेपालको गरीब पहाडी घरका चेलीबेटीहरूका लागि धनाढय र सामन्तहरूको घरमा काम गर्नु आकर्षणको कुरा बन्न थाल्यो। आज सामन्ती प्रथा समाप्तप्राय: छ, तर नवधनाढयहरूले सोही सिको गर्दै राम्री तरुनी केटी–महिलाहरूलाई खरिद गर्ने नयाँ परम्पराको विकास हुन गएको छ।     वास्तवमा मानव बेचबिखनको समस्या गरीबीसँग जोडिएको छ। गरीबीले जे नगराओस् कम छ। झन् अहिले अर्थको प्रधानता रहेको युगमा घर

सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्या

Image
अनन्तकुमार लाल दास     सरकारको पूर्ण लगानीमा सञ्चालित विद्यालयलाई सामुदायिक विद्यालय भनिन्छ। सामुदायिक विद्यालयका शिक्षकहरू पूर्णतया तालिम प्राप्त हुन्छन् । सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई अनेक प्रकारको सुविधाहरूजस्तै पुस्तक, पोशाक र छात्रवृत्ति प्रदान गरिन्छ। त्यहाँ पढ्ने विद्यार्थीहरूमाथि संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीहरूको तुलनामा सरकारले तोकेको पाठ्यक्रमभन्दा बढी न पढ्नुपर्छ न पढाइन्छ नै। उनीहरूलाई संस्थागत विद्यालयजस्तो किताब र कापीको भारी पनि बोक्नुपर्दैन। विद्यालयलाई सही ढङगले सञ्चालन गर्न त्यहाँ पढ्ने विद्यार्थीका अभिभावकहरू सामेल रहेको व्यवस्थापन समिति पनि हुन्छ। शिक्षा कार्यालयबाट पनि त्यस्ता विद्यालयको रेखदेख गर्न निरीक्षकहरूद्वारा अनुगमन भइरहन्छ। परीक्षामा बढी परिणाम ल्याउने विद्यालयहरूलाई पुरस्कृत पनि गरिन्छ। त्यहाँ पढाउने शिक्षकहरूलाई सरकारले आकर्षक तलब दिन्छ। हरेक प्रकारको तालिममा जाँदा उनीहरूलाई भत्ता सुविधा दिइन्छ। यस प्रकारको सुविधा संस्थागत विद्यालयमा पढाउने शिक्षकहरू वा विद्यार्थीहरूका लागि कल्पना मात्र हो। यति हुँदाहुँदै पनि सामुदायिक विद्यालयह

लम्बिदो सङ्क्रमणकाल : मौलाउँदो दण्डहीनता

–रामेश्वर सेढाई अधिवक्ता     छ महिनामा टुङ्ग्याउने भनिएको र शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण एवं पेचिलो पाटोको रूपमा रहेको माओवादी लडाकूको समायोजन तथा व्यवस्थापन करिब छ वर्षपछि बल्लतल्ल सम्पन्न हुँदा पनि खुशी नै रहेका नागरिकलाई आफ्नो ऐतिहासिक अभिभारा पूरा नगरी भएको संविधानसभाको दु:खद अवसान र त्यसले सृजना गरेको रिक्तता र तिक्तताले भने निराश बनाएको छ। संविधानसभाको अवसानले पटयारलाग्दो सङ्क्रमणकाल अनिश्चितकालका लागि लम्बिन पुगेको छ। मुलुकको एक मात्र जननिर्वाचित संस्था विघटन भएपछि आफैंले रोजेको प्रतिनिधिबाट सरकार सञ्चालन हुने जनताको अधिकार हनन हुनपुगी भित्र–बाहिरका शक्तिहरूको लामो कसरतको परिणामस्वरूप न्यायपालिका प्रमुखलाई काजमा झिकाएर अन्तरिम कार्यकारी प्रमुख बनाइएको दृश्य पनि जनताले टुलु टुलु हेरिरहनुपरेको छ। पूर्व प्रशासकहरूको निर्दलीय सरकारले शासन सञ्चालन गरिरहेको समकालीन नेपालमा आफूलाई प्रमुख राजनीतिक शक्तिको हैसियतमा उभ्याउँदै आएका शक्तिहरू सङ्क्रमणकाललाई अझ लामो, अनिश्चित, विषम र जटिल बनाउने दाउपेचमा व्यस्त छन्।     लम्बिंदो सङ्क्रमणकालले सृजना गरेको खुकुलो वातावरणले छिमेकीविरु

सूचनाको हक कार्यान्वयनमा कमजोरी छ– प्रजिअ बजिमय

Image
प्रस, वीरगंज, १२ असोज/     अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवस आज वीरगंजमा मनाइएको छ। राष्ट्रिय सूचना आयोगको सहयोगमा हेल्पिङ ह्यान्ड्स र नेपाल पत्रकार महासङ्घ पर्साद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले सूचनाको हक कार्यान्वयनतर्फ आफ्नो प्रयास जारी रहेको बताए।     उनले सूचना माग्नेले प्रस्टरूपमा कारण खोलाएर जनहितका लागि सूचना माग्दा दिनेलाई पनि सहज हुने बताए। उनले पर्साका सरकारी कार्यालयहरूले सूचना अधिकृत राखे तापनि कार्यान्वयन पक्ष कमजोर देखिएकोले सोको प्रभावकारिताका लागि आफूले प्रयास गर्ने बताए। उनले सूचना राख्ने प्रणाली वैज्ञानिक नभएकोले पुराना सूचनाको हकमा असहज परिस्थिति देखा परेको बताए।     प्रजिअ बजिमयले सूचनाको हक प्रभावकारी बनाउन सबै कार्यालयमा सूचना अधिकृत राखिएको जानकारी गराउँदै सरकारी कार्यालयहरूलाई सूचना अधिकृतको नेमप्लेट कार्यालयमा देख्ने गरी झुन्ड्याएर राख्न निर्देशन दिने बताएका थिए।     प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रकिशोर झाले सूचना पाउने नागरिकको नैसर्गिक अधिकार भएपनि  आवश्यक सूचना प्राप्त गर्ने क्रममा अड्चन ल्य

मोबाइल ल्याबमा खाद्य वस्तुको परीक्षण

Image
प्रस, वीरगंज, १२ असोज/     खाद्य तथा अनुसन्धान विभाग काठमाडौंका अधिकृत ईश्वर सुवेदीको नेतृत्वको टोलीले आज वीरगंज बजारका ९ वटा मिठाइपसलमा अनुगमन गरेको थियो। चाडपर्वको बेला खाद्य वस्तुमा मिसावट भएको जनगुनासो आएपछि अखाद्य वस्तु जाँच गर्ने अत्याधुनिक ल्याबले सुसज्जित मोबाइल गाडीसहित विभागको टोलीले आज वीरगंजका मिठाइपसलहरूको स्थलगत अनुगमन तथा  निरीक्षण गरेका थिए।     मोबाइल ल्याबमा पाँच मिनेटभित्रै अखाद्य वस्तुको परीक्षण हुने भएकोले स्थलगत कारबाई गर्न सहज भएको र परीक्षणका नाम महिनौं कुर्नुपर्ने झन्झटबाट मुक्ति पाएको खाद्य अनुसन्धानका अधिकृत ईश्वर सुवेदीले बताए। मिठाइपसलहरूको स्थलगत परीक्षण गर्ने क्रममा माईस्थानस्थित एउटा मिठाइपसलमा स्वास्थ्यमा प्रतिकूल असर पार्ने अखाद्य वस्तु ‘हाइड्रो’को शीशी फेला परेकोमा त्यसलाई अनुगमन टोलीले नियन्त्रणमा लिएको थियो।     टोलीले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हाइड्रो अब उप्रान्त प्रयोगमा नल्याउन पसलका सञ्चालक दीपक साहलाई चेतावनी दिएको थियो।     मिठाइपसलहरूको अनुगमनको क्रममा अखाद्य वस्तुको मिश्रण फेला नपरेको अधिकृत सुवेदीले बताए। अनुगमन टोलीमा वीरगंज उ

प्रगतिको आकाङ्क्षा मात्र होइन, प्रयास पनि जरुरी

    विकास एक मानवीय आवश्यकता हो। यदि यो सम्पन्न नभएमा मनुष्य पशु स्तरमैं रहिरहन्छ। जब यो भौतिक क्षेत्रमा सम्पादित हुन्छ, तब मनुष्यलाई धनवान, विद्वान र प्रतिभावान बनाउँछ। जब यो अध्यात्म क्षेत्रमा सम्पन्न हुन्छ, तब मनुष्य ज्ञानवान र विभूतिवान बन्दछ। सभ्यता र संस्कृति यसैको देन हो।     यो साँचो हो कि प्रगतिको लागि प्रयास अनिवार्य छ तर मिथ्या यो पनि होइन कि यसको लागि अवस्थाबोध हुनु  नितान्त आवश्यक छ। यसभन्दा कममा  उत्कर्षको कल्पना सम्भव छैन। मानिसले यदि गरीबीमैं आनन्दको अनुभूति गर्न थाल्छ भने शायद उसको भौतिक प्रगति कहिले पनि हुँदैन, कारण यो कि उत्कर्षको लागि अभाव एवं असन्तोषको प्रतीति जरुरी छ।     मनुष्य र पशुमा मूलभूत अन्तर यो छ कि पशु हर परिस्थितिको सामना गर्न बाध्य हुन्छ। कोल्हूको बैलले कोल्हूमा हिंड्नदेखि अस्वीकार गर्न सक्दैन। तर, मनुष्यको भित्र हित–अहित, सुख–दु:ख, अभाव–सम्पन्नता अनुभव गर्ने एक सुविकसित चेतना हुन्छ। यसैको सहाराले मनुष्यले आफ्नो स्थिति–परिस्थितिमा इच्छानुकूल परिवर्तन ल्याउन सक्छ। उसले चाहेमा आफ्नो पतनको दिशालाई उत्थानतर्फ मोड्न सक्छ र चाहेमा जन्म–जन्मान्तरसम्म यसै अवस्

रात निबदर.....

Image
उमाशङकर द्विवेदी     भोजपुरी भाषामा घाघभड्डरीको एउटा उखान प्रसिद्ध छ, ‘रात निबदर दिन के छाया कहे घाघ अब बरखा गया’। अर्थात् राति आकाशमा मेघ नदेखिए तथा दिनमा मेघ लागेर घाम–छाया भइरह्यो भने वर्षात्को मौसम बितेको किसानहरूले लख काट्छन्।     वर्षभरिका लागि चाहिने खाद्यपदार्थ दिने अन्नबालीका बिरुवा खेतमा लहलहाइरहेको हुन्छ। कृषि कामको क्रममा रोपाइ, खरपात झिक्ने, मलजल हाल्ने जस्ता बालीका लागि अत्यावश्यक कार्यहरू सकिसकेका हुन्छन्। किसानहरूले ठूलो आशा तथा रहरका साथ खेतमा लागेको आफ्नो बाली बिहान–बेलुका निरीक्षण गर्ने गर्छन्। यसै समयमा वर्षा हुने नक्षत्रको रूपमा प्रसिद्ध रहेका उत्तरा तथा हस्त आउँछन। यसवर्ष मध्यम वर्षात् भएको भएपनि पूर्वा नक्षत्रमा परेको पानीले भने धानबालीका लागि सञ्जीवनीको काम गरेको थियो। उत्तरा नक्षत्र लाग्ने बित्तिकै परेको हल्का पानीले खेतमा लागेको धानबाली राम्ररी सप्रेर उब्जनी राम्रो हुनेछ भन्ने किसानहरूले महसुस गरेका थिए तर सो नक्षत्र बितेर प्रसिद्ध हस्त (हथिया) नक्षत्र लागिसक्दासम्म पनि पानी नपर्नुले किसानहरूको हात मुटुमाथि गइसकेको अवस्था छ। हुनत उत्तरा नक्षत्रमा किसानहरूले

हात्ती धपाउने विधि सिकाउन भारतीय विशेषज्ञको टोली ठोरीमा

प्रेम लामा, ठोरी, ११ असोज/     जङगली हात्तीको आतङकबाट बच्न विद्युतीय तारबार पनि प्रभावकारी बन्न नसकेपछि चितवन राष्ट्रिय निकुञ्जको कार्यालयले भारतबाट हात्ती विशेषज्ञको टोली खटाई त्यसबाट बच्ने उपायबारे स्थानीयलाई प्रशिक्षण दिएको छ।     प्रत्येक दिन जङगली हात्ती गाउँ पसेर आतङक मच्चाएर स्थानीयलाई आजित पारेपछि चितवन राष्ट्रिय निकुञ्जले भारत, कर्नाटकबाट डा. रुद्र दिक्तेललाई हात्ती प्रभावित क्षेत्रमा खटाएको हो। केही समय अघि मात्र तराई भूपरिधि कार्यक्रम अन्तर्गत ठोरीमा हात्तीबाट बच्न भन्दै झन्डै ९ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार गरिएको थियो।     विद्युतीय तारबारबाट पनि हात्ती गाउँ पसेर घर भत्काउनुका साथै खेतबारीमा लगाएको अन्नबाली खाएर नष्ट गरेपछि स्थानीयहरू आजित बनेका छन्। हात्ती विशेषज्ञ डा. दिक्तेलले निर्मल ठोरी उपभोक्ता समितिका पदाधिकारी तथा गाउँलेहरूलाई भेला गराई हात्ती धपाउन प्रशिक्षण दिएका छन्। कम आर्थिक भारमा पनि हात्ती धपाउने सहज उपाय छ भन्दै उनले गोबर र खुर्सानी प्रयोग गर्न गाउँलेहरूलाई सुझाव दिएका छन्। उनले भने–“गोबर र खुर्सानीलाई मुछेर डल्लो पार्ने र घाममा सुकाउने। सुकेको डल्लो

ग्रामीण क्षेत्रमा फरार अपराधीको चलखेल बढ्दै

प्रस, वीरगंज, ११ असोज/     संविधानसभाको निर्वाचन नजिकिंदै जाँदा सुरक्षाका उपायहरू स्थानीय प्रहरी प्रशासनबाट अवलम्बन भइरहे पनि पर्सा जिल्लाको सन्दर्भमा भने विभिन्नखाले अपराधमा फरार अभियुक्तहरू ग्रामीण क्षेत्रमा खुलेआम घुमिरहेका भएपनि सुरक्षा निकाय मौन छ।     स्रोतका अनुसार लागूऔषध, कर्तव्य ज्यान, हातहतियार र काठ तस्करीमा आरोपित दर्जनभन्दा बढी अभियुक्तहरू अहिले पर्सा जिल्लाको विभिन्न गाविसहरूमा खुलेआम आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेका छन् । भरपर्दो स्रोतले बताएअनुसार राजनीतिक संरक्षणमा विभिन्नखाले अपराधका अभियुक्तहरू फरार रहेकामा अहिले उनीहरूले ग्रामीण क्षेत्रमा राजनीतिक क्रियाकलापहरू गरिरहेका छन्।     पर्सा जिल्लाको सोनवर्षा, भिस्वा, निचुटा, शङकरसरैया, अमरपट्टी, सबैठवा, भेडिहारी, मिर्जापुर, जानकीटोला, औराहा, बहुअर्वाभाठा, विश्रामपुर, भौराटारजस्ता गाविसहरूमा फरार अभियुक्तहरू संविधानसभाको चुनावलाई दृष्टिगत गरी राजनीतिक संरक्षणमा खुलेआम गतिविधि गरिरहेका गाउँलेले बताएका छन्।     पर्सा प्रहरीले निर्वाचनलाई दृष्टिगत गरेर यस्ताखाले अपराधीहरूको गतिविधि नियन्त्रणका लागि छुट्टै दस्ता बनाए पनि ग्

दु:ख न बुझ्ने थुप्रै निहु

   नेपालमा शासकवर्गले जनताको दु:ख र पिरमर्का बुझ्न नचाहेको नयाँ कुरा होइन। आभिजात्यवर्गको शासन रहुन्जेल नेपाली जनता रैती थियो। पछि आएका शासकवर्गले नेपाली जनतालाई देशको दोस्रो दर्जाको नागरिक ठानेर वास्ता गरेन । अहिले गणतन्त्रमा शासकवर्गसँग नगरी नहुने यति धेरै काम छ कि उसले जनतातिर ध्यान दिन सम्भव नै छैन। उपरीमाथि थुपरी भनेजस्तै वर्तमान सरकार त झन् राजनीतिक दलहरूले आफूलाई अयोग्य मानेर कर्मचारीहरूलाई शासन चलाइदेऊ भनेर जिम्मा दिएको समूह हो। यस सरकारमाथि संविधानसभा निर्वाचन गराउने गुरुतर भार त छँदैछ, यसमाथि उच्चस्तरीय राजनीतिक समिति पनि छ, जुन समितिमा तिनै राजनीतिक दलहरूको वर्चस्व छ, जसले आफूले नसकेर कर्मचारीहरूको सरकार गठन गरे। उत्तरदायित्वविहीन सरकारमाथि अयोग्यहरूको निर्देशन रहेको वर्तमान नेपालमा जे नहोस् त्यो थोरै छ र केही गतिलो भइदियो भने नेपालीको सौभाग्य हो । यस्तै माखेसाङ्लो परेको बेला अहिले देशमा धानखेती नराम्ररी बिग्रेको छ। यसपालि मनसुन ढिलै आयो, धान रोपाइँ ढिलो भयो र धान रोपिसकेपछि मनसुनले धोका दियो। पानी नपाएर धानको बिरुवामा पर्याप्त गाँज आउन पाएन र अहिले धान फुट्ने बेलामा पानी न

चाडपर्व र सुरक्षा निकाय

Image
प्रमोद पौडेल     अरू बेलाभन्दा चाडपर्वको अवसरमा चोरी, लुटपाट तथा हिंसात्मक घटनाको क्रम बढ्ने गर्दछ। दशै, तिहार र छठजस्ता नेपालीहरूले मनाउने ठूला पर्वमा आपराधिक घटनाहरू निकै हुने गर्दछ। यस्तो घटनामा युवावर्गको ठूलै जमात संलग्न भएको पाइन्छ। बेरोजगारी, काम नगर्ने, अल्छी स्वभावका र लागूपदार्थ सेवनकर्ताहरू विशेषरूपमा संलग्न भएको पाइन्छ। यिनीहरू प्राय: यस्तै चाडपर्वको आगमनको प्रतीक्षामा बसेका हुन्छन् र आफ्नो सक्रियता बढाउँछन्। सुरक्षाका लागि प्रहरीको सक्रियता बढे पनि प्रहरी नपुगेको ठाउँ, सुनसान सडक, गल्ली तथा घरमा मानिस नभएको मौका छोपी चोरहरू बढी सक्रिय हुन्छन्। चोरहरूले अरू सामग्रीभन्दा नगद र गरगहनामा बढी ध्यान केन्द्रित गर्छन् । चाडपर्वको समय सामान्य मानिस तुलनात्मकरूपमा बढी व्यस्त हुने हुँदा सम्पत्तिको सुरक्षाप्रति त्यति सजग हुन नपाउने अवस्थाको फाइदा उठाउँदै चोरहरू विभिन्न हतकण्डा अपनाई चोरी गर्न हौसिन्छन्।     अपराधजन्य घटना नियन्त्रण गर्न सुरक्षा निकायको सजगताका साथै आमनागरिकको पनि त्यतिकै जिम्मेवारी हुन्छ। मानिस नभएको बेला आआफ्नो घरका झ्यालढोका सुरक्षित तवरले बन्द गर्ने र आवश्यक सुर

शैक्षिक सुधार– ‘भन्न सजिलो बाटो असजिलो’

Image
बैद्यनाथ ठाकुर     संसारभरि यतिबेला भ्रष्टाचार गरेबापत सर्वोच्च अदालतले चीनमा एकजना पूर्वमन्त्रीलाई निजले अर्जेको सम्पत्ति जफत गरी आजीवन कारावास गरेको फैसला अत्यधिक चर्चामा रहेको छ। वास्तवमा भ्रष्टाचारीलाई आजीवन कारावासको सजाय दिनु सर्वथा उचित पनि हो। राज्यकोषको दुरुपयोग गर्ने तथा कमिशनको लागि नैतिकता बिर्सेर गैरजिम्मेवार कार्य गर्नेहरूलाई अधिकतम सजाय हुनैपर्छ। झन् नेपालजस्तो गरिब देशमा यसतर्फ सरोकारवालाहरूले बढी ध्यान दिन जरुरी छ। भ्रष्टाचारीहरू बारे यस्तो विचार राख्नु जति सजिलो छ, त्यसको कार्यान्वयनको बाटो त्यत्तिकै असजिलो छ। भारतजस्तो प्रजातन्त्रको मसिहा भनेर धक्कु लगाउने दक्षिण एसियाको शक्तिशाली देशमा भ्रष्टाचारीहरूको मुखियालाई कारबाई गर्न कठिन मात्र होइन, लगभग असम्भव नै देखिएको छ। प्रधानमन्त्रीसमेतलाई कारबाईको घेराभित्र  पार्न लोकबिल पास गराउन अन्ना हजारेजस्ता लोकप्रिय भारतीय नेताले पटक–पटक लाखौं भारतीय जनताको समर्थनमा आमरण अनसन बसे पनि परिणाम सुखद हुन सकेन। झन् नेपाली भ्रष्टहरूको के कुरा ? हुनत नेपालमा पनि लोकमान कार्की अख्तियारको प्रमुखमा नियुक्त भएपछि विद्युत् कार्यालय, अध्य

बाँच्दा उपेक्षा, मर्दा सम्मान

Image
चन्द्रकिशोर उद्यमी गणेश लाठ एक सफल व्यक्ति हुन्, उनी वीरगंज उद्योग वाणिज्य ंसङ्घका अध्यक्षसमेत भइसकेका हुन्, उनी वीरगंजमा कतिपय सामाजिक अभियानहरूमा अग्रपङ्क्तिमा रहेका छन् । उनीसँग एक अपराह्न चिया पिउने साइत जुर्‍यो। उनले उद्योग–व्यापारभन्दा पनि अलि आध्यात्मिक, अलि मानवीय संवेदना, अलि परोपकारी कुराहरूतिर बढी बातचितलाई मोडे। गफिंदै जाँदा उनले भने– वीरगंजका एउटा पुस्ता विस्तारै हाम्रो माझबाट बिदा लिंदैछ, त्यस पुस्ताका प्रतिनिधिहरू ज्युँदो छँदै हामीले उनको अनुभवको सक्दो सदुपयोग गर्न सकेनौं, आज उनीहरूको अभाव हामीलाई महसुस भइराखेको छ। गणेश लाठसँग वीरगंजको पुरानो पुस्ताको लामो सूची छ, जो अब रहेनन्। यी प्रसङगहरू गफिंदै गर्दा उनी अलि भावुक देखिए। त्यतिखेर उनका स्वर्गवासी पिता बिहारीलाल लाठको समेत स्मृति–चर्चा गरियो। लाठ आफ्नो कारोबारको साथै दुईवटा पुस्तक प्रकाशनको तयारीमा छन् । उनी भन्छन्–मलाई चिनाउने भनेको यी कृतिहरू नै होलान्। उनमा केही गरौं भन्ने हतार पनि देखिन्छ।     हो पनि, वीरगंज क्षेत्रका सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक आदि तमाम क्षेत्रमा क्रियाशील रहेका  तीन दशक पहिले

धान्न सकिना यो सम्बन्धलाई मैले

Image
– विश्वराज अधिकारी     गीता दिदीकहाँ म बेलाबेलामा जाने गर्दछु। उहाँसँग कुरा पनि निकै मिल्ने गर्छ, मेरो। उमेरमा मभन्दा केही महिना कान्छी भए तापनि मैले उहाँलाई दिदी भन्ने गरेको छु। त्यसो भन्नुको कारण पनि छ र त्यो हो दिदीको बौद्धिक व्यक्तित्व– स्वतन्त्र, स्वावलम्बी र आत्मविश्वासको सम्मिश्रण। त्यही व्यक्तित्वले होला दिदी विदेशमा बस्ने छोराछोरीहरूको परिवारमा अटाउन सक्नुभएको छैन। पचास–पचपन्नको उमेरमा पनि एक्लै बस्नुहुन्छ, यतै यति ठूलो घरमा। उहाँको पति परलोक गएको पाँच–छ वर्ष जति भयो र यो पाँच वर्षमा विदेशिएका सन्तानहरूले पचीसौंपटक बोलाए, त्यतातिर बस्न आउनु भनेर तर दिदी जानुभएन। पिपलको रूखझैं, झनै भुँइमा गाडिएर, झाङिगएर बस्नुभएको छ, एक्लै। हुनत वहाँको यो पाँचतल्ले घरमा सबैभन्दा माथिल्लो तल्ला मात्र आफ्नो लागि राख्नुभएको छ, बाँकी सबै तल्लाका कोठाहरू भाडामा छन्, टनाटन भरिएका छन्। यति धेरै मानिस वहाँको घरमा बसेका छन्, लाग्छ कुनै गाउँको सानो एउटा टोल नै हो यो घर । जे होस् यो काठ जस्तो निर्जीव काठमाडौं शहरमा एक किसिमले गुन नै लगाउनुभएको छ, घर भाडामा बस्न खोज्नेहरूलाई, दिदीले, ठूलो घर बनाएर । तर

जनकलाल शर्माको प्रबन्धमा मानवपुर्खा–३

Image
सुशील मुडभरी गताङक को बाँकी     अहिलेसम्म काल निर्धारण विधिका विषयमा हामीले जुन चर्चा गर्‍यौं त्यो रामपिथेकसको प्रसङगमैं गरेका थियौं। हाम्रो मूल उद्देश्य रामपिथेकस हो र काल निर्धारण त्यसलाई सहयोग पुर्‍याउने अर्को पक्ष हो। प्रोफेसर एलएसबी लिकेले अफ्रिकाको केन्यामा प्राप्त गरेको रामपिथेकसको काल निर्धारण दहान्तु–मन्दातिका आधारमा गरिएको थियो भन्ने कुरा पहिले नै चर्चा भइसकेको छ। दि राइजिङ नेपालका अनुसार पश्चिमी नेपालको बुटवलको छेउमा पाइएको रामपिथेकसको काल निर्धारण पुराचुम्बकीय विधिद्वारा गरिएको हो। केन्याको रामपिथेकस आजभन्दा एक करोड चालीस लाख वर्ष पुरानो हो भने नेपालको रामपिथेकस एक करोडभन्दा अघिको अर्थात् एक करोड दस लाख वर्ष पुरानो ठहरिन आएको छ। भारत र एसियाका अन्य मुलुकमा पाइएका अरू रामपिथेकस नेपालको रामपिथेकसभन्दा पछिको देखिन आएकोले नेपालको रामपिथेकसलाई विश्वमा दोस्रो र एसियामा पहिलो भनिएको हो।     मानवसित केही लक्षण मिल्ने यस्ता प्राणीलाई मानव पुर्खा हुन् कि भन्ने विचार जनसमक्ष आउन थालेको इतिहासलाई केलाउने हो भने त्यो मोटामोटी रूपमा एक–सवा शताब्दीजति लामो होला। जुन समय पुरातत्त्व र भू

माग्नेलाई सयको नोट दिंदा

Image
सञ्जय साह ‘मित्र’     माग्नेहरू लस्करै बसेका छन्। माग्नेहरू सबै उमेरका देखिन्छन्। भर्खरका बालबालिकादेखि उमेरले निकै बूढो देखिनेहरू पनि देखिन्छन्। अशक्त र सशक्तहरू पनि लाइनमा बसेका छन् । सबैको हातमा आल्युमिनियमको कालो भइसकेको बटुको देखिन्छ। जब कोही उनीहरूका अगाडि भएर गइरहेका हुन्छन्, तब उनीहरू एक रुपैयाँ भनेर आफ्नो हात बटुकोसहित बढाइरहेका हुन्छन्। अधिकांशको बोलीमा तालिमेपन झल्किन्छ। बोलीमा तालिमेपन देखाउनेहरू नक्कली माग्ने हुन सक्छन् भनेर हामीले सानैदेखि सुन्दै आएका छौं । माग्नेहरू त नक्कली हुनु नपर्ने हो, माग्नेहरू त तालिमे हुनु नपर्ने हो भन्ने हामीलाई लाग्थ्यो। तर जब बाबाधाम जान थाल्यौं तबदेखि नक्कली माग्ने भन्ने कुरा अलिकति बुझियो।     माग्ने नक्कली हुँदैन तर पेट पाल्नलाई माग्ने कर्म गर्छ भने मात्र । माग्ने उमेर पनि हुनुपर्‍यो, उमेरले लक्का जवान र हामीजस्ता साधारण मानिसलाई सजिलै पछार्न सक्ने पनि जब लाइनमा बसेको देखिन्छ, तब उसलाई माग्ने भन्न सकिन्न। यस्ता माग्नेलाई नक्कली माग्ने भन्न कुनै अप्ठ्यारो देखिन्छ । नक्कली माग्नेको उदाहरण हाम्रै गाउँघरमा पनि देखिन्छ। मैले राम्ररी चिनेको एक

प्रविधि जडान भएपछि अस्पतालको आम्दानी बढ्यो

Image
प्रस, वीरगंज, १० असोज/     नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको प्रसूतिगृह भवनमा रहेको नगद सड्ढलन केन्द्रमा कम्प्युटर प्रविधि जडान भएपछि आम्दानी तीन गुना बढेको छ ।     कम्प्युटर प्रविधि जडान भएको तीन सातामा दैनिक आम्दानी तीन गुना बढी भएको देखिएको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजका मेसु डा. रामशड्ढर ठाकुरले बताए ।     मेसु ठाकुरका अनुसार प्रविधि जडान हुनुअघि नाउक्षे अस्पताल प्रसूतिगृहमा रहेको नगद सड्ढलन केन्द्रमा दैनिक ३०–४० हजारसम्म आम्दानी हुन्थ्यो भने कम्प्युटर जडान भएपछिको तीन साताको रेकर्ड अनुसार दैनिक १ लाखदेखि १ लाख २५ हजारसम्म आम्दानी भएको छ ।     नाउक्षे अस्पतालको नगद सड्ढलन केन्द्रका लागि करिब एक वर्ष अघिदेखि कम्प्युटर खरिद गरिएको थियो। तर कर्मचारीहरूले प्रविधिको ज्ञान नभएको बहानामा कम्प्युटर जडान गर्न मानेका थिएनन् ।     अहिले सो प्रविधि जडान भएपछि अस्पतालको आम्दानी बढेको हो । स्रोतका अनुसार नगद सड्ढलन केन्द्रका कर्मचारीसमेतको मिलोमतोमा आर्थिक अनियमितता हुने गरेको र अहिले कम्प्युटर जडान भएपछि आर्थिक अनियमितता रोकिएको कारण अस्पतालको आम्दानी वृद्धि भएको हो ।

आप्रवासनजन्य समस्याबारे अभिमुखीकरण

प्रस, वीरगंज, १० असोज/      नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मानव बेचबिखन, आप्रवासन, लै·िक हिंसा, असुरक्षित आवतजावत विषयक एक दिने अभिमुखीकरण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।     नेपाल तथा भारतका सीमावर्ती प्रहरी चौकीहरूमा कार्यरत सुरक्षाकर्मीहरूको सहभागितामा सम्पन्न एक दिने गोष्ठीमा  आप्रवासन व्यक्तिको मौलिक अधिकार भए पनि असुरक्षित तरिकाले आवतजावत गर्दा बेलाबेलामा समस्या परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले बताए।     स्थानीय होटल भिस्वामा सम्पन्न कार्यक्रममा महतोले सीमामा बसेर कार्य गर्दा सुरक्षाकर्मी र माइती नेपाललाई मानव बेचबिखन रोकथामका लागि पर्ने चुनौती, समस्या उत्तिकै रहे पनि हालसम्म सावधानीले कार्य गर्दै आएकोमा सराहना गरेका थिए ।     असुरक्षित आप्रवासनमा जाने महिला तथा बालबालिकाहरू मानव बेचबिखनको जोखिममा पर्ने हुँदा सरोकारवाला सबै यसप्रति सचेत भई सहकार्य, समन्वय राखेर जनचेतना फैलाउनुबाहेक अर्को विकल्प नरहेको प्रनाउ महतोले बताए ।      वीरगज शाखा संयोजक स·ीता पुरीको सभापतित्वमा शुरु भएको कार्यक्रमका विशिष्ट अतिथि माइती नेपाल, केन्द्

आकाशे पानी र सिंचाइको अभावले धानमा रोग लाग्न थाल्यो

प्रस, वीरगंज, १० असोज/     पर्सा जिल्लामा यस वर्ष समयमा वर्षा नभएको कारण सिंचाइको अभावमा रोपिएको धानखेतीमध्ये २० प्रतिशत उत्पादन कम हुने कृषि विकास कार्यालय, पर्साका धानबाली अधिकृत सुरेशप्रसाद चौरसियाले बताए।     जिल्लाको ४६ हजार ७ सय हेक्टर जमिनमा यस वर्ष धानखेती भएको र सोमध्ये २० प्रतिशत उत्पादन प्रभावित हुने अधिकृत चौरसियाले जानकारी गराएका छन् । उनले समयमा वर्षा हुन नसकेको र सिंचाइको पर्याप्त सुविधा नहुँदा धान उत्पादन प्रभावित हुने बताए ।     उनले लामो समयदेखि पानी नपरेको कारण धान उत्पादन खेती थप प्रभावित हुने जानकारी गराएका छन् ।     पर्सा जिल्लाका किसानहरूले भने समयमा वर्षा नभएर खडेरी परेको र सिंचाइको पर्याप्त व्यवस्था नहुँदा यस वर्ष आधा धानबाली प्रभावित हुने बताएका छन् ।     लामो खडेरीका कारण धानबालीमा सिड ब्लाइड्स र मिली ब्लग रोग लागेकोले पनि धान उत्पादनमा कमी ल्याउने बताइएको छ ।     पर्सा जिल्ला ल·डी गाविसका अब्बास मियाँले गत वर्षको तुलनामा यस वर्ष सो क्षेत्रको धान उत्पादनमा ५० प्रतिशत कम हुने बताए । उनले खडेरीको कारण धानबाली प्रभावित हुनुको साथै रोग व्याधि लागेर पनि धानको उत्प

निजगढ युवा क्लब २ गोलले विजयी

प्रस, जीतपुर, १० असोज/     सामुदायिक विकासशील क्लब सिमराद्वारा आयोजित प्रथम नारायणी अञ्चल च्याम्पियनसिप फूटबल प्रतियोगिताको आज तेस्रो दिन निजगढ युवा क्लबले १ को विरुद्ध आयोजक समुदायिक विकासशील क्लब सिमरालाई दुई गोल गरी विजयी भएको छ ।     सामुदायिक विकासशील क्लब सिमराका सिद्धि श्रेष्ठले १ गोल गरेका थिए भने सोको जवाफमा निजगढ युवा क्लबका सुरज कुँवर र राजेश श्रेष्ठले १–१ गोल गरी टिमलाई विजयी बनाएको समाचारमा जानाइएको छ ।     खेलको नियमविपरीत काम गरेकाले निजगढ युवा क्लबका जर्सी नं. १२ का शेखर तामाङलाई रेड कार्ड देखाएर खेल मैदान बाहिर गरिएको निर्णायक टोलीले जनाएको छ ।     भोलिको खेल तमुयुवा क्लब अमलेखगंज र मकवानपुर युनाइटेडबीच हुने आयोजकले जनाएको छ ।

के के हुन् त उम्मेदवारका लोकप्रियताका आधारहरू ?

Image
- विश्वराज अधिकारी     संविधानसभा निर्वाचनको मिति नजिकिंदो परिप्रेक्ष्यमा राजनैतिक दलहरूले निर्वाचनसँग सम्बन्धित विषयहरू– चुनावमा सहभागिता, उम्मेदवार घोषणा, घोषणापत्र निर्माण, प्रचारप्रसार आदिमा बढाएको सक्रियता हेर्दा नेपालमा निर्वाचन होला भन्ने निश्चितता बढ्दै गइरहेको छ र साथै मुलुकले यसपटक त अवश्य पनि संविधान पाउनेछ भन्ने राष्ट्रिय आशा पनि सुक्न थालेको अवस्थाबाट विस्तारै हरियो हुँदै जान थालेको छ । हुनत अब बन्ने संविधानसभाले अवश्य पनि संविधान निर्माण गर्ला भनी विश्वास गरि नै हाल्ने ठोस आधार देखिएको छैन, दलहरूको विगतका क्रियाकलाहरूको मूल्याड्ढन गर्दा । त्यसरी आधार नदेखिनुको प्रमुख कारण भने, अब पुन: निर्माण हुने संविधानसभामा तिनै पुराना राजनैतिक खेलाडीहरूले मैदानमा प्रवेश पाउनु हो, खेल उनीहरूले पुरानै पद्धतिले खेल्ने हो । यी तिनै राजनैतिक खेलाडीहरू हुन् जसले  विगतमा लामो, उराँठलाग्दो, घृणित खेल खेलेर अति मूल्यवान खेललाई अनिणर््िात (संविधान नदिएर) पारेर हिंडेका थिए, राष्ट्रको महत्त्वपूर्ण समय र साधन बर्बाद गरेर हिंडेका थिए । गैरजिम्मेवारीपनको दुर्लभ नमूना प्रस्तुत गरेका थिए । त्यस कार्

सोचौं, खाऔं र बचाऔं

Image
- शीतल महतो    विश्वको ठूलो जनसङ्ख्या पेटभरि खाना नपाएर भोकै सुत्नुपर्ने बेलामा अर्बौ रुपियाँको खाना त्यतिकै खेर फाल्ने गरेको सुन्दा अपत्यारिलो लाग्न सक्छ तर कुरा सत्य हो । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि स·ठन (एफएओ) को पछिल्लो तथ्याड्ढ अनुसार विश्वको कुल खाद्यान्न उत्पादनको एकतिहाई अर्थात् एक अर्ब ३० करोड टन खाद्यान्न हरेक वर्ष त्यतिकै खेर जाने गरेको अनुमान छ । यसबाट झन्डै साढे ७ सय अर्ब डलर आर्थिक क्षति हुने आकलन गरिएको छ । विकासोन्मुख मुलुकको तुलनामा विकसित मुलुकहरू खाद्यान्न खेर फाल्नेमा अगाडि देखिएका छन् । युरोप र उत्तर अमेरिकमा प्रतिव्यक्ति प्रतिवर्ष ९५ देखि एक सय १५ किलोग्राम खानेकुरा खेर फाल्ने गरेको तथ्याड्ढ भेटिएको छ भने दक्षिणपूर्वी एसियामा ६ देखि ११ किलोग्राम खाद्यान्न खेर फालिने गरेको छ् । जबकि विश्वमा सातजनामध्ये हरेक एकजना मानिस पेटभरि खाना नपाएर भोकै सुत्नुपर्ने अवस्था छ । विश्वमा ८७ करोड मानिस दैनिक भोको रहने गरेको अनुमान संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि स·ठन (एफएओ) को छ । यसरी मानिसले खेर फाल्ने खाद्यान्नर्को सदुपयोग गर्न अथवा त्यसलाई नियन्त्रण गर्न सकियो