प्रस, वीरगंज १३ भदौ /
नेपालका लागि अमेरिकी राजदूत महामहिम पिटर डब्लु बोडीले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको, आर्थिक विकासमा महिला सशक्तीकरणलाई समावेश गरिनुका साथै शिक्षाको विकास हुनुपर्ने कुरामा जोड दिएका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घले अमेरिकी राजदूतको वीरगंज भ्रमणका क्रममा आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा महामहिम राजदूत बोडेले मङ्सिर ४ गतेको चुनाव स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी हुनुपर्ने र जनताले चुनेका प्रतिनिधिहरूले संविधान निर्माण कार्य टुङ्ग्याउने विश्वास लिएको बताए । उनले नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक पृष्ठभूमिबारे प्रकाश पार्दै नेपालमा धेरै प्रगति भएको तर गरिनुपर्ने कार्य अझै बाँकी रहेको बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैदले वीरगंज आर्थिक तथा व्यापारिक नगरीको रूपमा परिचित नेपालको पुरानो शहर भएको र नेपालको मुख्य प्रवेशद्वार रहेको जानकारी गराउँदै देशकै ७० प्रतिशत औद्योगिक लगानी यस क्षेत्रमा रहेको कुरा बताए । उनले कुल राजस्वको ६० प्रतिशतभन्दा बढी राजस्व सड्ढलन हुने महामहिम राजदूतलाई जानकारी गराउँदै वीउवासङ्घले यस क्षेत्रको आर्थिक, औद्योगिक, व्यावसायिक विकासका साथ सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको बताए । अध्यक्ष बैदले नेपालको विकास प्रक्रियालाई तीव्ररूपमा अघि बढाउन सामूहिक सहकार्यको आवश्यकता माथि जोड दिएका थिए ।
अन्तक्र्रियामा सङ्घका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, सल्लाहकार जगदीश अग्रवाल, प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, सञ्चारकर्मी रवि दाहाल, रितु आसवानी, विवेक सिकरिया लगायतले नेपालको आर्थिक, राजनीतिक विकासका लागि अमेरिकी दूतावासको भूमिकाबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष प्रदीप केडियाले धन्यवाद ज्ञापन गरेका थिए भने वीउवासङ्घका मनोज उपाध्यायले सहजीकरण गरेका थिए । कार्यक्रममा सङ्घका पदाधिकारी, सदस्य, नागरिक समाजका अगुवा, उद्योगी व्यवसायी तथा स्थानीय विभिन्न सङ्घसंस्थाका अगुवाहरूको सहभागिता थियो ।