गताङ्कको बाँकी
(स्व. धु्रवर्षि, स्व. जगन्नाथ, स्व. बद्रीनारायण)
जगन्नाथप्रसाद मोदक
वि.सं. १९८९ वैशाखमा बारा बरेवा (कलैया नपा वडा नं. ७) मा जन्मनुभएका मोदकजी उत्कृष्ट समाजसेवी हुनुहुन्थ्यो । बरेवास्थित जनहित पुस्तकालय स्थापनामा उहाँको विशेष योगदान हुनुका साथै संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो । बारा जिल्लामा आर्य समाज नामक संस्था गठन गर्दा उहाँ पहिलो अध्यक्ष भएको देखिन्छ, जसले गर्दा यसको पनि संस्थापक अध्यक्ष मानिन्थ्यो । तत्कालीन गाविस बरेवाको उहाँ प्रधानपञ्च बन्नुभएको थियो र किसान स·ठनको उपाध्यक्ष (जिल्लाको) समेत बन्नुभएको थियो । यसरी सामाजिक क्षेत्रमा निकै राम्रो दखल भएको देखिन्छ । यी सबैभन्दा पनि राम्रो काम उहाँले ‘पूर्वजन्म किसे कहते है’ नामको पुस्तक प्रकाशित गरी केही रचनाहरू पनि गर्नुभएको थियो भनिन्छ । पूर्वजन्म किसे कहते भन्ने उहाँले लेख्नुभएको पुस्तकमा शुरु पानामैं माता स्व. मातोदेवी, स्व. पिता चुनी साह र स्व. पत्नी सिंहासनी देवीको स्मृतिमा समर्पण गर्नुभएको देखिन्छ । उक्त पुस्तकमा नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष रामप्रसाद साह र साहित्यकार पृथ्वीराज पाण्डेले भूमिका लेखेका छन् ।
कदमा दुब्लो पातलो पुड्को देखिए पनि विचारमा अडिग, दृढ र उत्साही हुनुहुन्थ्यो– यी जगन्नाथप्रसाद मोदकज्यू । एकदिन म दयानन्द सरस्वतीले लेख्नुभएको सत्यार्थ प्रकाश नामको पुस्तक हातमा लिएर उहाँको घरअगाडिको बाटोबाट अगाडि बढ्दै थिएँ । उहाँले मलाई बोलाएर भन्नुभयो– “तपाईंले बोक्नुभएको किताब तपाईंलाई सार्है सुहाएको छ, अब मैले लेखेको पुस्तक ‘पूर्वजन्म किसे कहते है’ पढ्नुहोस् भनी एक प्रति उपहार दिनुभयो । उक्त किताब पनि च्याप्दै म घरतर्फ लागें । र सरसर्ती पढ्न थालें ।
पुराणहरूमा मानिसले चौरासी लाख योनीमा घुमिरहनुपर्छ भनी जीवन–चक्रको वर्णन गरेको कुराप्रति उहाँले उक्त पुस्तकमा असहमति जनाउनुभएको रहेछ । मानव पशुपक्षी भई जन्मने वा पशुपक्षी मानव भई जन्मने होइन, यी सबै गफाडी कुरा हुन् । मानवले गर्भाधानदेखि नै गर्भस्थित कालसम्म थुप्रै संस्कारहरू पूरा गर्नुपर्छ । यस्तो भएमा संस्कारित बालक जन्मन्छ । उहाँ वैद्य पनि हुनुभएकोले आयुर्वेदको मत दिंदै लेख्नुहुन्छ– बालकको अस्थि, ओज, सिरा, स्नायु आदिको उत्पत्ति बाबुको वीर्य, शुक्राणुमा हुन्छ र त्यस बालकको बाँकी भाग रक्त, मज्जा, मास, मेडको उत्पत्ति आमाको रजबाट हुन्छ । स्त्री र पुरुषको सहवासबाट पुरुषको वीर्य र नारीको रजगर्भमा प्रविष्ट हुन जान्छ । यसरी गर्भाधान क्रिया पूरा हुन जाने कुरा विज्ञानले पनि प्रमाणित गरिसकेको छ । यस्तो महत्त्वपूर्ण जीवन उत्पन्न हुने अवस्थामा वा आमा र बाबुको रजवीर्य स्थापना गर्दाको समयलाई बडो ध्यान दिन जरुरी छ । गर्भ स्थापनाको समयमा स्त्रीमा कुनै रोग, अप्रसन्नता, डर, त्रास आदि हुनु हुँदैन । स्त्री अप्रसन्न रहँदाको अवस्थामा गर्भ रहन गए बालक अपा· वा अधूरो सोचको हुन जान्छ ।
मानिसको तीन अवस्था बडो महत्त्वपूर्ण हुन्छ । त्यो अवस्था हो– गर्भकाल, बाल्यकाल र युवाकाल । यी विकसित कालमा संस्कारको महत्त्वपूर्ण भूमिका हुन्छ । यी अवस्थामा आहार, बिहारदेखि ब्रह्मचर्य धारणसम्मका विचारणीय अवस्था आउँछ । यो अवस्थालाई बाबुआमाले दान, उपदान, पूजापाठ, जप, व्रत, उपवास गर्दा सन्तानले सुमार्ग समाउँछ । यो अवस्था नै पूर्वजन्मको विशेष अवस्था हो ।
उहाँ अगाडि लेख्नुहुन्छ– यो कुरा निश्चित छ कि रजवीर्यको संयोग (मेल) ले नै सन्तान उत्पन्न हुन्छ । यो गर्भाधानकालदेखि गर्भस्थित कालसम्म संयमतासहित संस्कारयुक्त कार्य भयो भने ओजस्वी, तेजस्वी तथा स्वस्थ बच्चा जन्मन्छ । पुराना धार्मिक ग्रन्थबाट सुनिएको छ कि गर्भभित्र छँदै अष्टावक्रले बाबुआमाबाट वेदान्त शिक्षा ग्रहण गरेका थिए । माता मदालसाका आठौ सन्तान गर्भ अवस्थामा माताबाट ‘सुद्धो ऽसी निरञ्जनोंऽसी संस्कार मायापरि बजितो’ नामको लोरी सुनेर महाऋषि बनेका थिए । गर्भावस्थामैं वीर अभिमन्युले बाबु अर्जुनबाट चक्रब्यूह भेदनको कहानी सुनेर ज्ञान प्राप्त गरेका थिए । जसबाट अभिमन्यू महाभारत युद्धमा चक्रब्यूह तोड्न सफल तर छलकपड र विश्वासघातबाट मृत्यु वरण गर्न पुगे आदि ।
उहाँ अगाडि लेख्नुहुन्छ:– गीतामा छ– आत्मा न जन्मन्छ, न मर्दछ । आत्मा शाश्वत र पुरातन छ । खाली शरीर नाश हुन्छ, आत्मा होइन । यसैले पुनर्जन्म हुनु भन्नु सरासर गलत सोच हो, नासमझदारी हो आदि ।
उहाँ अगाडि लेख्नुहुन्छ– पाँच तत्त्वबाट बनेको शरीर मर्ने बित्तिकै आआफ्नो तत्त्वमा मिल्न जान्छ । जस्तो हावा, हावामा मिल्छ, जल पानीमा, अग्नि–अग्निमा, आकाश आकाशमा, माटो–माटोमा मिल्न जान्छ र मानिसले गरेको जस–अपजस मात्र बाँकी रहन्छ । ओम् शान्ति शान्ति शान्ति १ १ १
यसरी उहाँ धार्मिक व्यक्तित्व भएर ज्ञान विज्ञानसँगै लैजान एक खुड्किलो अगाडि बढ्न चाहनुहुन्छ ।
उहाँको जन्म १९८९ वैशाखमा भएकोले ८१ वर्ष पार गरी ८२ औं जन्मजयन्ती वैशाखमै परिसकेको छ । क्रमश:
- सुशील मुडभरी