श्रीकृष्ण जन्माष्टमी पर्व अत्यन्तै श्रद्धा एवं उत्साहपूर्वक धूमधामका साथ मनाइन्छ । श्रीकृष्णका यादगार पीठहरूमा यस पर्वका दिन प्रात:कालदेखि नै दर्शनका लागि भक्तजनहरूको घुइँचो लागेको हुन्छ । सम्पूर्ण पवित्रताका धनी श्रीकृष्ण सबैका प्रिय हुनुका साथै पुजन योग्य, गायन योग्य, महिमा योग्य हुनुहुन्छ । श्रीकृष्णलाई जन्मदै पुज्य देखाइन्छ साथै उहाँलाई बाल्यकालका चित्रहरूमा मोरमुकुट, रत्नमणि
जडित आभूषण तथा प्रभामण्डलयुक्त देखाइन्छ ।
आज कुनै व्यक्ति कोही राजनीतिक क्षेत्रमा प्रभावशाली छन्, त कोही धार्मिक क्षेत्रमा छन् । तर दुवै पक्षमा श्रीकृष्णको विलक्ष्णता स्पष्ट छ र श्रीकृष्ण जन्माष्टमीको पावन उत्सव धार्मिक र राजनीतिक दुवै सत्ताको पराकाष्ठा प्राप्त श्रीकृष्णको स्मृति दिलाउँछ ।
उहाँको शारीरिक आरोग्यता, सुन्दरता, आत्मिकबल एवं पवित्रता तथा दिव्य गुणका अत्यन्त पराकाष्ठा मनुष्य चोलामा सर्वश्रेष्ठ, सुन्दर, आकर्षक एवं प्रभावशाली जीवन थियो । श्रीकृष्णको व्यक्तित्व यति महान् थियो कि उहाँ आज पनि यस धर्तीमा केही समयका लागि आए भने उनका भक्तहरूको त कुरै छोडौं, अन्य धर्मावलम्बीहरूमा पनि के मुसलमान, के क्रिस्चियन, के बुद्धिस्ट, के सिख सबै उनका सामुन्ने नतमस्तक हुन्थे होलान् ।
श्रीकृष्ण सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण, सम्पूर्ण निर्विकारी, मर्यादा पुरुषोत्तम अहिंसा परमोधर्म जस्ता दिव्य विशेषताले सुसज्जित देव थिए । बाल्यकालदेखि नै उहाँको हातमा सुन्दर स्वर्णमय मुरली देखाइन्छ । यसबाट सिद्ध हुन्छ, स·मयुगमा परमात्मा शिवले प्रजापिता ब्रह्माको साकार माध्यमबाट दिनुभएको अविनाशी सत्य ज्ञान मुरली सुनेर मुरलीधर बन्न पुग्नुभयो । त्यो कुनै काठको मुरली नभएर ज्ञान मुरलीको प्रतीक थियो ।
श्रीकृष्णको चारित्रिक श्रेष्ठता सर्वा· सुन्दर, ओठमा सधैं आकर्षक मुस्कान, मोहिनी मुरत, रूप लावण्य र टाढैबाट खिच्न सक्ने चुम्बकीय आकर्षण थियो । जसको चरणको चरणामृत लिनमा गृहस्थीहरू आफूलाई धन्य सम्झन्छन् । जसको आशीर्वाद पाउनलाई ऋषिमुनिहरू घोर तपस्या गर्दछन् र भक्तजनहरू वरदान प्राप्तिका लागि सर्वस्य न्यौछावर गर्न तयार हुन्छन् । श्रीकृष्ण जन्माष्टमीको दिन श्रीकृष्णका भक्तहरू उहाँको झाँकी बनाइ रथमा राखी लामो शोभायात्रा निकाल्छन् र भजन गाउँछन् । श्रीकृष्णको प्रतिमालाई झुलामा झुलाउँछन् ।
भक्तजनहरू श्रीकृष्णको कीर्तन गर्दा भन्ने गर्दछन् ‘श्रीकृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेवा’ यसबाट स्पष्ट हुन्छ कि श्रीकृष्ण नै नारायणको रूप हो । परमात्मा शिवको दिव्य सन्देशअनुसार श्रीकृष्णको स्वयंवरपछिको नाम नै श्री नारायण हो । बैकुण्ठनाथ श्री नारायणको बाल्यकालको रूप देखाइँदैन । यसभित्र लुकेको रहस्य कुनै ग्रन्थमा कतैबाट पनि खोलेको पाइँदैन । तसर्थ श्रीकृष्णले आफ्नो पूर्वजन्ममा उनै पारब्रह्मा परमात्मा शिव निराकारबाट ईश्वरीय ज्ञानको आधारबाट सहज राजयोगको अभ्यास गरी उहाँ १६ कला सम्पूर्ण, सर्वगुण सम्पन्न देउता बन्नुभयो । काम, क्रोध, लोभ, मोह, अहड्ढाररूपी पाँच मनोविकारमाथि विजय प्राप्तिको प्रतीक नै श्रीकृष्णलाई पञ्चमुखी विषालु वासुकी नागमाथि सवार भएको देखाइन्छ ।
अत: श्रीकृष्णले गरेको दिव्य, अलौकिक र महान् पुरुषार्थ आत्मसात् गर्दै उहाँ समान पावन, पुज्य र निर्विकारी बनौं । यस कलियुगी दुनियाँपश्चात् आउँदो श्रीकृष्णको बैकुण्ठमा उनको साथमा सुख, शान्ति र आनन्दको सर्वश्रेष्ठ प्रारब्ध प्राप्त गरौं । तब नै श्रीकृष्णप्रतिको श्रद्धा र जन्माष्टमी पर्व मनाएको सार्थकता सिद्ध हुनेछ । अन्तमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाएको उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक शुभकामना दिंदै छपकैयास्थित विश्वदर्शन भवनमा आज भदौ १२ गते दिउँसो ३ बनेदेखि हुने प्रवचन कार्यक्रम तथा स्वर्गको चैतन्य झाँकी अवलोकन गरी लाभ लिनुहुन सम्पूर्ण नगरवासीमा हार्दिक निमन्त्रण गर्दछौं ।
ईश्वरीय सेवामा,
ब्रह्माकुमारी रविणा
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र