ओमप्रकाश चौधरी, सेढवा, १४ साउन/
बोक्सीको आरोपमा हत्या गरिएकी पार्वती राउत थरूनीको १३ औं पुण्यतिथि आज सम्पन्न भयो । सो अवसरमा थारू कल्याणकारिणी समिति पर्साले कार्यक्रम आयोजना गरी श्रद्धाञ्जलि अर्पण गरेको थियो ।
कल्याणकारिणी समिति पर्साका अध्यक्ष हेमनारायण चौधरीको सभापतित्व एवं पूर्वमन्त्री मोहनलाल चौधरी र इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रहरी निरीक्षक श्यामकृष्ण केसीको विशेष आतिथ्यमा सम्पन्न श्रद्धाञ्जलिसभामा वक्ताहरूले थारू समुदायमा अन्धविश्वास र कुरीति अझै यथावत रहेकोप्रति दु:ख व्यक्त गरे । वक्ताहरूले महिला हिंसा तथा बोक्सी प्रथाजस्ता अन्धविश्वासविरुद्ध सबैले आआफ्नो स्थानबाट लागिपर्ने प्रतिबद्धता व्याक्त गरेका थिए ।
उनीहरूले पार्वती देवी हत्या प्रकरणमा संलग्न सबै दोषीलाई कुनै पनि हालतमा उम्कन नदिई कानुनी कठघरामा ल्याउन समाजले सक्दो पहल गर्ने बताउँदै सो कार्यमा सहयोग गर्न जनसमुदायलाई आग्रह गरे ।
पीडित परिवारजनलाई भयमुक्त वातावरणमा ससम्मान समाजमा पुनस्र्थापनाका लागि सबैले सहयोग गर्नुपर्ने समितिका अध्यक्ष हेमनारायण चौधरीले बताए ।
कार्यक्रममा थारू कल्याणकारी समितिका उपाध्यक्ष नन्दकिशोर पंजियार, कोषाध्यक्ष महेन्द्र चौधरी, समितिका संयोजक ठाकुरप्रसाद महतो, रेडक्रस सोसाइटीका उपाध्यक्ष भगवति चौधरीलगायतले मन्तव्य प्रकट गरेका थिए ।
कार्यक्रम थारू कल्याणकारिणी समितिका केन्द्रीय सदस्य बृजमोहन चौधरीको सहजीकरणमा सम्पन्न भएको थियो ।
अभियुक्त जगदीश थारू पक्राउ
पार्वती देवीको मुख्य हत्यारा जगदीश राउत थारूलाई पक्राउ गरिएको छ ।
थारूलाई गएराति इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीको टोलीले भारतीय प्रहरीको सहयोगमा बिहार पश्चिम चम्पारण सुभद्रा थानास्थित धनौजी गाउँबाट पक्राउ गरेको प्रहरी निरीक्षक श्यामकृष्ण केसीले बताए ।
पार्वतीको हत्यापछि फरार जगदीश राउत थारू उक्त गाउँमा आफन्तको घरमा लुकिछिपी बसेका थिए । जगदीश राउत थारूकी छोरी प्रतिमालाई टुनामुना गरेको भन्दै जगदीश राउत, उनकी पत्नी पासपती देवी र छोरी प्रतिमालगायतले कुटपिट गरी पार्वती देवीको हत्या गरेका थियो । पार्वतीलाई घरभित्रबाट कुट्दै लिएर जाने १०/१२ जना समूहका मुख्य नाइके जगदीश राउत रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
उक्त घटनाका योजनाकार मानिएका कारी थारूलाई भने यसअघि नै प्रहरीले भारतबाटै नियन्त्रणमा लिइसकेको छ । अभियुक्तहरूमध्ये जगदीशकी पत्नी पासपती देवीलगायत हालसम्म ८ जना प्रहरीको नियन्त्रणमा आइसकेका छन् ।