सिकेन्द्र पासवान, कलैया, १२ भदौ/
डिजल ढुवानी गर्ने टयांकीबाट डिप मिटरमा बन्दुक रड फिट गरी तेल चोरी गर्ने गरेको रहस्य खुलेको छ ।
गढीमाई आयल बरियारपुरमा बिहानै ना. १ ख ९१०९ को टयांकरमा १२ हजार लिटर डिजल लिएर वीरगंज मुर्ली घर भएका साहु प्रह्लादप्रसाद महतो र रक्सौल ४ डंकनका चालक छोटे मियाँले गढीमाई शिवशड्ढर आयल बघवन, स्वस्थानी आयल स्टोर बरियारपुर र न्यु गुप्ता कलैया आयल स्टोरमा तेल दिनका लागि ल्याइएको टयांकर बिहानै शड्ढा लाग्दा गढीमाई आयलका सञ्चालक भुलेन्द्र यादवले चेक गर्दा टयांकीमा रहेका चार वटा चेम्बरबाट ४० देखि ५० लिटर चोरी गरेको रहस्य पत्ता लागेको छ ।
एउटा आयल निगमलाई एक पल्टमा तीन हजार लिटर डिजल दिने गरेकोमा एक वर्षमा भुलेन्द्र यादवको गढीमाई आयलमा मात्र १ हजार दुई सय ८४ लिटर तेल कम भएको उनले बताए । चोरीको रहस्य खुलेपछि साहु महतो फरार भएका थिए ।
साहु यादवले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रशासन कार्यालय बाराबाट प्रशासकीय अधिकृत थमन सिह थापा, घरेलु तथा साना उद्योगका प्रमुख नागेन्द्र चौधरी, प्रहरी निरीक्षक उत्तमप्रकाश बराल, सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुरबाट गएको टोलीले निरीक्षण गरेको थियो ।
बारा जिल्लामा लगभग ७ दर्जन पेट्रोल पम्पमा यस्तै कारोबारको कारण बर्सेनि लाखौं घाटा बेहोर्नुपरेको पेट्रोलियम एसोसिएशनका केन्द्रीय उपाध्यक्ष राजकुमार साहले बताए ।
चोरी गर्ने चालक र टयांकरलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रामनाथ घिमिरेले बताए ।
दोषी ठहरे नेपाल सरकारको कानुन बमोजिम कारबाई गरिने निमित्त प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद दुलालले बताए ।
तीन हजार लिटर डिजेल बेच्दा चार हजारदेखि पाँच हजार फाइदा हुने भए पनि एक सय २० लिटर चोरी हुँदा एउटा डिपोलाई १२ हजार घाटा हुने उपाध्यक्ष राजकुमार साहले बताए ।