- चन्द्रकिशोर
आज शहरप्रतिको लगावबारे कुरा गर्छु । कुनै ठाउँमा तपार्इं कति लामो बस्नु भो भन्दा पनि तपाईं त्यहाँको कतिको ‘इनसाइडर’ बन्नु भो भन्ने कुराले विशेष अर्थ राख्दछ । कोही यस्ता हुन्छन्– शहरमा कारोबार त गर्छन् तर शहरलाई आफ्नो मान्दैनन् । शहरमा बस्नु, लामो समय बिताउनु एउटा कुरा हो, तर शहरसँग आत्मीयता हुनु अर्को कुरा हो, यस्तै आत्मगौरव हुनु पनि फरक कुरा हो । यी सब कुरा बुझ्न, सम्झिन र अभिव्यक्त गर्न कम दुरुह छैन । बडा मसिना कुरा हुन्, बडा अनमोल कुरा पनि हुन् । वीरगंज आज धेरैका लागि मेरो शहर हो, अनेकौंका लागि हाम्रो शहर हो, मेरो र हाम्रोबीचको भेदमा ठूलो मनोवैज्ञानिक कुराहरू अल्झिएका छन् । शहरसँगको नाताका आ–आफ्ना कथा होलान्, साइनोका आ–आफ्नै सूत्रहरू होलान् । ती सबले एउटा परिवेश र परिबन्दको व्याख्या गरिरहेको हुन्छ । बडो कठिन छ यी कुराहरू बुझाउन । कोही यस्तो हुन्छ, जो शहरमा थोरै समयका लागि आउँछ, तर उसका लागि यो शहर आफ्नै लाग्छ । कोही यस्ता पनि होलान् जो यही हुर्के, बढे तर शहर बिरानो लाग्छ । कोही हेर्दाहेर्दै शहर नचिनिएको जस्तो अथ्र्याउँछन् । कसैलाई हेर्दाहेर्दै शहर कहिले आफ्नो भयो हेक्का हुँदैन । कोही यस्ता हुन्छन्, जो यो शहरबाट निकै टाढा बस्छन् तर मुटुभरि, मनभरि शहर सम्झिराखेका हुन्छन् । शहरको गल्ली–गल्ली, चोक–चोकको सम्झनाले उनलाई बिरानो शहरमा आफ्नोपनको अनुभूति छरिदिन्छ ।
चौथो कक्षामा पढदाखेरि अङ्ग्रेजीको किताबमा ‘गेट वे अफ नेपाल’ भनेर वीरगंज शहरको चर्चा गरिएको थियो । भारतको रक्सौल रेलवे स्टेशनको वर्णन थियो, त्यहाँ पुगेर वीरगंज पुग्न सकिन्छ भनेर लेखिएको थियो । वीरगंजमा नेपाल गर्भनमेन्ट रेलवे चल्छ भनेर जानकारी दिइएको थियो । मलाई अहो, यो शहर कस्तो होला भनेर कौतुहल हुन्थ्यो । किताबमा रेखाचित्र कोरिएको थियो, त्यसले मेरो बालमनमा एउटा अमूर्त दृश्य ल्याइदिन्थ्यो, शहर यस्तो होला भनेर अनुमान गर्थें । म बाल्यकालमा भद्रपुर बसेको थिएँ, अनुमान गर्थें वीरगंज भद्रपुर जस्तो होला । भद्रपुरको पारिपट्टि भारतमा गलगलिया स्टेशन थियो, सोच्थें रेल चल्ने हुनाले वीरगंज गलगलियाजस्तो होला । यसरी अनेकथरिका अनुमानहरू हुन्थ्यो । यसै क्रममा मैले आफ्ना पिताजीसँग वीरगंज शहरबारे सोधें– तपाईंले वीरगंज हेर्नु भएको छ ? उहाँले भन्नुभयो,“हो, म पुगेको छु ।” पिताजीको दाबीले मलाई आपैंm पुगेको अनुभव हुन थाल्यो । मैले शहरका सडकहरू, बिजुली बत्ती, रेलवे, पसलहरू, स्कूल, सिनेमाघरजस्ता कुराहरूबारे सोधें । सिनेमाका कति ठूला ठूला पोस्टरहरू सडकछेउका भित्ताहरूमा टाँसिएका हुन्छन् भनी जिज्ञासा राखें । यसपछि मेरो मनमा एउटा अर्कै वीरगंजको तस्वीर बन्यो । त्यसभित्र मैले हेरेको भद्रपुर पनि थियो, गलगलिया थियो, कटिहार–समस्तीपुर थियो र थियो मेरो गाउँछेउको ढेंग स्टेशन । यी सब कुराहरू २०३०–०३१ सालतिरको हो । मेरा पिताजीको नागरिकता यहींबाट बनेको हो २०१९–०२० सालतिर । पहिलेपहिले अञ्चलाधीश कार्यालयबाट नागरिकता बनाइन्थ्यो । हाम्रो गाउँ त्यतिखेर रौतहट जिल्लाको राजनीतिक सिमानाभित्र पथ्र्यो । पछि २०२१ सालमा पिताजीले यहींबाट स्वास्थ्य विभागमा सरकारी सेवा शुरु गर्नुभयो । त्यतिखेर ओम आश्रमको विशाल भवनमा स्वास्थ्य परियोजनाको कार्यालय हुने गथ्र्यो । पछिपछि यी कुराहरू थाहा हुँदै गयो ।
२०३२ सालतिर हुनुपर्छ, मेरो व्रतबन्ध हुने भयो । मेरी हजुरआमाले पूर्वी चम्पारणको अरेराज महादेव मन्दिरमा कपाल काट्ने भाकल गर्नुभएको थियो । त्यसका लागि मेरा ठूलो बुबाले मलाई रक्सौल हुँदै अरेराज पुर्याउनुभयो । पछि फर्किंदाखेरि रेलबाट वीरगंजको झिलिमिली हेराउँदै उहाँले भन्नुभयो,“हेर, वीरगंज यही हो ।” अहो, रातिमा कस्तो चम्किएको वीरगंज । यसरी मेरो वीरगंजलाई जान्ने मोैका आउँदै गयो । २०३७ सालमा प्रवेशिका परिणाम निस्कियो । हामी परीक्षाफल जान्न गौर पुग्यौं, मसँगै पढ्ने एकजना गाउँले दाइसँग । तर त्यो दिन गौरमा गोरखापत्र आएको थिएन । दिनभरि कुर्यौं, पत्रिका आएन । बेलुका दाइले सल्लाह दिनुभयो, वीरगंज जाऊँ । हामी बैरगनियाबाट रेल समातेर रक्सोैल पुग्यौं । त्यहाँबाट पैदल हिंड्दै वीरगंज आयौं । यसरी पहिलोपटक आफ्नै आँखाले वीरगंज हेर्दै थियौं । गोरखापत्रको खोजीको आफ्नै कथा–व्यथा छ । यसबारे पछि कुनै बेला लेखौंला । फेरि वीरगंज हेर्ने मौका २०४३ सालतिर भयो । जब नेपालगंज जानका लागि बस समात्न वीरगंज आइयो ।
नियतिले २०४५ सालमा वीरगंजमा ल्याइपुर्यायो, त्यस उप्रान्त नियमित बसाइँ यहीं भयो । आज वीरगंज बसाइँको २५ वर्ष पूरा भइसक्यो । समय क्रमसँगै म वीरगंजीया भएँ । मेरो राष्ट्रिय पहिचान वीरगंजसँग जोडिन पुग्यो । म वीरगंजको भनेर चिनिन थालें । आज मेरो जन्मथलोभन्दा मेरो कर्मथलोबाट मेरो चिनारी बनेको छ । ‘म वीरगंजको हुँ’ भन्दा मलाई आत्मगौरव हुन्छ । वीरगंजले मलाई अवसर दिएको छ, आत्मीयता दिएको छ । यस शहरसँग आफ्नोपन जोडिएको छ । जीवनमा २५ वर्षको समय कम हुँदैन । मेरो ऊर्जावान समयको सङ्घर्ष एवं सेवाकालको महत्त्वपूर्ण अवधि यहीं व्यतीत भयो, भइराखेको छ ।
आज फर्केर हेर्दा यी वर्षहरू कति चाँडै बिते भन्नेजसो लाग्छ । यी बितेका वर्षहरूमा वीरगंजमा अनेकांै परिवर्तन भए । शहरको रूपर· फेरियो । नयाँ नयाँ संरचनाहरू थपिए । शहरको एउटा हिस्साको रूपमा म पनि जोडिन पुगें । स्मृतिको आँखीझ्यालबाट चियाउँदा अनेकन सम्झनाहरू आउँछन् । वीरगंज शहर हाम्रो होइन, मलाई त नियतिले ‘मेरो शहर’ बनाइदिएको छ । ‘मेरो’ भन्दाखेरि आफ्नै प्रकारको दाबी र दायित्वबोध हुन्छ । यहाँका गल्ली–गल्ली, चोक–चोक र समयको एक–एक पलसँग मेरो साइनो र सामीप्य बढ्दै गएको छ । शहर भन्ने बित्तिकै मेरो सम्झनाको क्षितिजमा वीरगंजको तस्वीर कोरिएर आउँछ । मेरा सम्झनाभरि वीरगंज लालीगुराँस भएर फक्रन्छ, मेरा आँखाभरि सुनगाभा भएर पलाउँछ । प्रस्तुत स्तम्भ मूलत: सम्झनाका थु·ाहरू बटुलबाटुल पारी वीरगंज शहरप्रति उनिएको माला हो ।