(स्व. धु्रवर्षि, स्व. जगन्नाथ, स्व. बद्रीनारायण)
भवानीपुरका धु्रवर्षि उपाध्याय, बरेवाका जगन्नाथप्रसाद मोदक र घुसुकपुरका बद्रीनारायण दास कलैया नगरभित्रका विगतका तीन बौद्धिक मूर्धन्य स्रष्टाहरू हुन् । कलैयाको सामाजिक साथै साहित्यिक, धार्मिक क्षेत्रमा यी तीनैजनाको विशेष योगदान देखिन्छ । विश्वका हरेक समाज समुदायमा दैनिक लाखौं मानिस जन्मिरहेका छन् र मरिरहेका पनि देखिन्छन् । यस्तो सांसारिक क्रिया प्रक्रिया विश्वभर अर्थात् राष्ट्र, नगर, गाउँ आदिमा भइरहेका छन् । यी प्रक्रियाभित्र आएका वा परेका मानिसहरू मरिसकेपछि शरीर नष्ट भएझैं तिनका नाम निशाना र सम्झनाहरू विलीन हुँदै जान्छन् र अतीत बन्न पुगेका हुन्छन् । तीमध्ये थोरै मानिस मात्र यस्ता हुन्छन् जसले आफ्नो त्याग तपस्याले धेरै लामो समयसम्म आफूलाई जीवित राख्न सफल हुन्छ । अर्थात् शरीर मरेर गए पनि उनीहरूका असल गुणहरू समाजका लागि छाडेर गएका हुन्छन् । त्यस्ता असल सद्गुणीहरू कलैयामा पनि थुप्रै होलान् । तर हाल मेरो सम्झना–संस्मरणमा त्यस्ता तीन व्यक्तिहरू देखिएका छन् । तिनको एक–एक गरी वर्णन गर्न चाहन्छु । त्यस्ता अरू पनि सद्गुणीहरू छन् भने पाठकहरूबाट सुझाव आए समेट्न र थपघट गर्न तयार छु ।
धु्रवर्षि उपाध्याय
धु्रवर्षि उपाध्यायलाई म शुरुका दिनहरूमा मुख्यत: भवानीपुरस्थित नूतनदेवी मन्दिर र धर्मशालाको संस्थापक अध्यक्ष, पुजारी र पुराना वैद्यको रूपमा मात्र चिन्दथें । उहाँले आफ्नो घर प्रा·णसँग टाँसिएको ऐलानी जग्गा आफ्नो व्यक्तिगत प्रयोजनमा नल्याएर नूतनदेवी मन्दिर स्थापना गर्नुभएको थियो । यो मन्दिर निर्माण गर्न उहाँ जिविस, नगरपालिकालगायत अनेक सङ्घसंस्थाका साथै चन्दादाताको खोजी गर्दै व्यक्तिका घरघरमा पुग्नुभएको थियो । रकम सड्ढलन हुनुका साथै एकजना मोहन चौधरीले मन्दिरसँगै जोडिएको यो जग्गा प्रदान गरेकोले एउटा धर्मशाला निर्माण गर्न सहयोग पुगेको थियो । यो सब देखेर म उहाँलाई उच्चकोटीको धार्मिक तथा समाजसेवीको रूपमा चिन्न पुगेको थिएँ ।
एकदिन म कलैया बजारस्थित रामेश्वर शर्मा वैद्यको पसलमा आर्य समाजको कार्यक्रमबारे छलफल सुन्दै थिएँ । त्यही बाटोबाट धु्रवर्षि हतारहतार कतै जाँदै हुनुहुन्थ्यो । वैद्य रामेश्वर र मलाई देखेर उहाँ हामीहरूनेर आउनुभयो र एकछिन भलाकुसारी गरेर हतारमा छु भनी हिंड्नुभयो । उहाँ हिंडेपछि रामेश्वर वैद्य भन्न थाल्नुभयो– “यी धु्रवर्षि सार्है राम्रा वैद्य हुनुहुन्छ । आयुर्वेद विज्ञान सम्बन्धमा उहाँलाई सार्है राम्रो ज्ञान छ । आयुर्वेदीय औषधि सम्बन्धमा उहाँले गहन अध्ययन गरेर २०५१ सालमा ‘हाम्रो वैद्य’ नामको पुस्तक पनि प्रकाशित गर्नुभएको छ । त्यो पुस्तक स्तरीय भएकोले त्यसै साल उहाँलाई वन विभागले नगद पाँच हजार पुरस्कार पनि प्रदान गरेको छ । उहाँ नाटककार पनि हुनुहुन्छ । उहाँले लेख्नुभएको नाटक भवानीपुरस्थित सिद्धेश्वर विद्यालयको परिसरमा मञ्चन पनि भएको छ... आदि । वैद्य रामेश्वरको कुरा सुनेर म अकमक्क भएँ । मैले त धु्रवर्षिजीलाई मन्दिरको संस्थापक, पुजारी र मामुली वैद्यको रूपमा मात्र चिनेको थिएँ, तर उहाँले त जडीबुटीको अनुसन्धान गरेर प्राकृतिक चिकित्सक पनि हुनुहुँदो रहेछ र हाम्रो वैद्य नामको पुस्तकसमेत लेख्नुभएको रहेछ । यसपछि कुनै दिन फुर्सतमा उहाँसँग भेटी लामै छलफल गर्ने मेरो इच्छा जागृत भयो, तर मौका मिलेको थिएन ।
तिनैताका नेपालका केही राजनीतिकर्मीहरू गणतन्त्रको गरिमा बिर्सेर राजनीतिको फोहरी खेल खेल्न थालेका थिए । अनाहकमा धोती र टोपीको खिल्ली उडाउन उद्यत भएका थिए । जबकि धोतीलाई हिन्दूहरूको हरेक धार्मिक कार्यमा लगाइने पवित्र वस्त्रको रूपमा ग्रहण गरिन्छ भने टोपी हरेक चाडपर्वमा लगाएर उत्सव मनाइने परम्परा छ । यस अर्थमा यी दुवै वस्त्र हिन्दूहरूको पवित्र पहिरन हुन् । यसलाई गिज्याउनु, फुकालिदिनु धर्मले अपवित्र कार्य मान्दछ । यस्तै फोहरी खेलको अराजक भीडमा उहाँ पनि पर्नुभएछ भन्ने सुनें । सुनेको रात धेरै बेर निद्रा लागेन । भोलिपल्टै उहाँलाई भेट्न गएँ ।
मेरो जिज्ञासाप्रति उहाँले गम्भीर भएर जवाफ दिनुभयो – यस्ता अराजक भीडको कुरा छाडौं, यही बिर्सिदिउँ र अरू राम्रा कुरा गरौं भन्नुभयो ।उहाँसँग धेरै कुराको जानकारी लिनु थियो । प्रस· बदलिएपछि मैले उहाँले लेख्नुभएको ‘हाम्रो वैद्य’ भन्ने पुस्तकबारे जानकारी लिन चाहें । उहाँले जानकारी दिंदै भन्नुभयो– मैले मध्यमा पास गरेपछि काठमाडौंको नरदेवी आयुर्वेद विद्यालयमा पढें । भूषणको उपाधि प्राप्त गरेपछि २००९ सालमा बारा, सिमरौनगढ औषधालयमा हाकिम वैद्य भएर नोकरी गरें । त्यसपछि मलाई रानीगंज, बगही, सल्लेरी पलाञ्चोक, काभ्रे पलाञ्चोक आदिमा सरुवा गर्दा मैले नमीठो अनुभव गरें । २०२२ सालमा मैले नोकरी छाडें र आयुर्वेद विज्ञानको अनुसन्धान कार्यमा जुटें । त्यसकै अनुभवको आधारमा यो किताब लेखें भनी उक्त किताब ‘एक’ मतिर बढाउनुभयो । उक्त पुस्तक लिएर म घर आएर सरसरी अध्ययन गर्न लागें ।
उक्त पुरस्कृत पुस्तकमा दुई शब्द वन विभागका महानिर्देशक दामोदरप्रसाद पराजुलीले लेख्नुभएको रहेछ । उहाँ लेख्नुहुन्छ– कविराज धु्रवर्षिद्वारा लिखित हाम्रो वैद्यमा स्थानीय स्रोतको सदुपयोग गरी स्वास्थ्य लाभ गर्ने विषय कम खर्चिलो मात्र नभई प्राकृतिक चिकित्साप्रति विश्वको बढ्दै गएको अभिरुचिले गर्दा निश्चय नै यस किताबले आफ्नो गाउँ–छरछिमेक र वन–ज·लमा पाइने जडीबुटीहरूको संरक्षण तथा प्रवद्र्धनतर्फ ग्रामीण समुदायलाई अगाडि बढाउन प्रेरणा दिने देख्दछु । सरल ग्रामीण भाषाका साथै छन्दबद्ध व्याख्या गरिएको हुँदा ग्रामीण समुदायलाई रुचिकर हुने आशा राखेको छु ।” भनी पुस्तकको महत्त्वबारे दर्शाउनुभएको छ ।
धु्रवर्षिजीले उक्त पुस्तकमा कफान्तकदेखि श्वेतपर्पटीसमेत ९५ किसिमका औषधिहरूको कवितात्मक छन्द शैलीमा वर्णन गर्नुभएको रहेछ । दोस्रो खण्डमा औषधि तौलको जानकारी गराउनुभएको छ भने तेस्रोमा प्राकृतिक उपचारको लागि २२ किसिमको जानकारी दिनुभएको छ । आज डाक्टर औषधिको बिगबिगी भएको अवस्थामा आयुर्वेदतर्फ मानिसको ध्यान मोड्न यो पुस्तक लेख्नुभएको देखिन्छ । यदि कुनै आयुर्वेदिक अनुसन्धानकर्ताले यो पुस्तक ध्यानपूर्वक अध्ययन गर्ने हो भने निकै गहकिला कुरा पाउन सक्नेछ भन्ने मेरो विश्वास छ ।
यसै पुस्तकको अन्तिम पृष्ठमा उहाँको जीवनी हेर्न पाइयो । टेकनाथ उपाध्यायका पुत्रको रूपमा कलैया वडा नं. ४ भवानीपुरमा उहाँको जन्म वि.सं. १९८१ मा श्रावण शुक्ल चौथीका दिन भएको रहेछ । उहाँ दिव·त भइसक्नुभएकोले यही २०७० श्रावण शुक्ल चौथीका दिन ८९ वर्ष पार गरी ९० औं जन्मजयन्ती पर्न जान्छ । उहाँलाई हार्दिक श्रद्धाञ्जलि १

- सुशील मुडभरी