गाउँमा सरस्वती देवीलाई बोक्सीको आरोप लगाएर अमानवीय व्यवहार गरियो र उनलाई शहरमा सम्मान गरियो । सम्मानबाट सरस्वती देवीलाई केही राहत मिलेको हुन सक्छ तर समग्र समाजको हकमा भने यसले कुनै उपलब्धि पुर्याउँदैन । सरस्वती देवीमाथि हिंसा गर्ने व्यक्तिहरूको दुष्कृत्य सम्पूर्ण समाजले हेर्यो, समाजमा नराम्रो छाप पर्यो र त्यो छाप झन् गहिरियो जब सरस्वती देवीलाई छुट्टै बोलाएर सम्मान गरियो । सरस्वती देवीलाई सम्मान गरेर उनीप्रति दुव्र्यवहार गर्नेहरूलाई अभयदान दिएजस्तो भयो । किनभने पीडितले सम्मान पाउनु भनेको आइपरेको दु:खमा राहत प्राप्त गर्नु मात्र हो । सरस्वती देवीलाई सम्मान गर्नु अनुचित हो भन्न खोजिएको होइन । विश्रामपुर आफ्नो थलोमा सरस्वती देवीलाई बोक्सी आरोप लगाएर अमानवीय व्यवहार मात्र गरिएन उनको थातथलो नै खोसियो । उनले पाउने न्याय भनेको उनीसँग दुव्र्यवहार गर्नेलाई कानुन अनुसार दण्ड र उनको सम्मानपूर्वक थातथलोमा पुनर्वास हो । सरस्वती देवीलाई यो सम्मान दिएर कहीं समाजले आफ्नो कर्तव्यको इतिश्री भयो भनी ठान्ने त होइन, भन्ने डर उत्पन्न भएको छ ।
यो हाम्रो समाजको मनोविज्ञान हो । हामी कर्तव्यबाट जहिले पनि पलायन गर्न खोज्छौं । यस सन्दर्भमा गौतम बुद्धको उदाहरण लिन सकिन्छ । गौतम बुद्ध आजीवन अनिश्वरवादी रहे । उनले जीवनको यथार्थ बुझेर मोक्ष प्राप्तिका लागि कठोर मार्गको अवलम्बन गरे । त्यो मार्ग कठिन छ । त्यसैले मानिसले उनलाई भगवान्को दर्जा दिए र मठ, मन्दिर तथा गुम्बामा कैद गरिदिए । उनलाई अति सम्मान दिए, भगवान् बनाइदिए । यसले गर्दा गौतम बुद्धप्रति मानिसको सम्मान छ भन्ने त देखियो तर खोइ हाम्रो समाजमा गौतम बुद्धपछि अर्को बुद्ध जन्मेको ? किनकि कोही पनि गौतम बुद्धको कठिन मार्गमा हिंड्न चाहेन, उनलाई भगवान् बनाइदिनु सजिलो थियो, बनाइदिए । उनको मार्ग कठिन थियो, त्यसमा कोही पनि हिंडेन । यो निरन्तर हाम्रो संसारमा चल्दै आएको मनोवृत्ति हो । यो मनोविज्ञानले हाम्रो समाजको स्वाभाविक गतिलाई अवरुद्ध पारेको छ । सरस्वती देवीलाई वीरगंज युवा समाजले गरेको सम्मान कार्यक्रममा स्थानीय प्रशासनको पनि उपस्थिति थियो । स्थानीय प्रशासनले यस अवसरमा सरस्वती देवीलाई न्याय दिलाउन अठोट गरेको सन्देश प्रवाह भएको झन् राम्रो हुने थियो ।
सरस्वती देवी बोक्सी थिइनन् । उनका पतिको देहान्त भइसकेको थियो । दाजुभाइहरूको एउटी एकल महिलाको सम्पत्तिमाथि आँखा थियो । उनलाई सम्पत्तिबाट दखल गर्न उनीहरूसँग एउटै उपाय थियो– बोक्सीको आरोप लगाउनू । किनकि बोक्सीको आरोप लगाउँदा समाज बोल्दैन । आजित भएर सरस्वती देवी थातथलो छोड्न बाध्य हुन्छिन् । भयो पनि त्यस्तै । गाउँमा बस्न नसकेर सरस्वती देवी आफन्तकहाँ वीरगंज आएर बसेकी छन् । यसरी उनको सम्पत्तिको उपयोग उनका परिवारजनले गर्न थालेका छन् । यहाँनिर समाज पनि दोषी छ, समाजले पनि यसको क्षति दिनुपर्छ भन्ने धारणाको विकास भएको छैन । कसैलाई बोक्सीको आरोप लगाइरहँदा समाज रमिते बनेर बस्छ भने त्यो समाज पनि कलड्ढित बन्छ । तर यस कुराको बोध हाम्रो समाजलाई छैन । त्यो बोध गराउन सक्नुपर्छ । अन्यथा धनीले गरीबमाथि, शक्तिशालीले निर्बल र असहायमाथि यसैगरी बोक्सीको आरोप लगाइरहन्छ र आफ्नो स्वार्थपूर्ति गरिरहन्छन् । आँखा अगाडि सरस्वतीको सम्पत्ति खोसिन्छ र पार्वतीहरू मरिरहन्छन् ।