प्रस, वीरगंज, १२ भदौ/
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगंजको अयोजनामा स्वर्गको चैतन्य झाँकी प्रवचन कार्यक्रम आज सम्पन्न भएको छ ।
मान्छेले चाहिने जति प्रगति गरिसकेको छ, जहाँसम्म पुग्नु थियो पुगिसकेको छ । तर पनि मानिसलाई सुखशान्तिका साथ बाँच्न हम्मेहम्मे परिरहेको कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश भोलानाथ चौलागाईले बताए । मनमा अशान्तिका कारण समाजदेखि राज्यसम्म लडिरहेको अवस्थामा छ ।
भगवान्ले सिकाएको बाटो अपरम्पार छ, आफ्नो आचरण, बानीबेहोरा सपारेर अगाडि बढे जोकोहीले सफलता पाउने कुरा कार्यक्रमका विशिष्ट अतिथि स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले बताए । अत्मा हामीसँग छ, परमात्मालाई मनमा लिएर अगाडि बढे जीवन सार्थक हुने ठाकुरले बताए । धेरै तनावको बेला हामी शान्ति खोज्छौं तर तनाव किन सोबारे जान्ने प्रयास नगर्दा समस्यामा पर्ने ठाकुरले बताए ।
सेवा केन्द्रकी क्षेत्रीय सञ्चालिका रबिना दिदीको सभापतित्वमा शुरु भएको कार्यक्रममा जिल्ला न्यायाधीश अमृत बस्नेत, समाजसेवी पशुपति विक्रम शाह, दिदी बेली, ब्रह्माकुमारी मेनका, ब्रह्माकुमारहरू गोवर्धन तथा जितेन्द्रले कार्यक्रम सहजीकरण गरेका थिए ।