प्रस, वीरगंज, ११ भदौ/
बोक्सीको आरोपमा छिमेकीबाट प्रताडित सरस्वाती देवीलाई आज वीरगंजमा सम्मान गरिएको छ ।
वीरगंज युवा समाजले महिला हिंसाविरुद्ध आज वीरगंजमा जुलुस तथा सभाको आयोजनासँगै पीडित सरस्वती देवीलाई सम्मान गरेको हो ।
पर्साको विश्रामपुर गाविस–१ निवासी ४५ वर्षीया एकल महिला सरस्वती देवीलाई गत साउन २३ गते उनको जेठाजु नाता पर्ने छिमेकी हृदयदेव राउत बरै र गिरिजा राउत बरैको परिवारले संयुक्तरूपमा नियन्त्रणमा लिएर यातना दिई मलमूत्र ख्वाएका थिए । खेतमा काम गरिरहेकी सरस्वतीलाई पीडकहरूले नियन्त्रणमा लिएर लछारपछार गर्दै गाउँनजिक खोलामा लगेर यातना दिएका थिए । घटनापछि त्रासका कारण गाउँबाट विस्थापित भई वीरगंजस्थित आफन्तजनको डेरामा आश्रय लिइरहेकी सरस्वती देवीको नेतृत्वमा आज वीरगंज युवा समाजले महिला हिंसाविरुद्ध मैनबत्ती जुलुस निकालेको थियो ।
माईस्थान मन्दिर परिसरबाट शुरू भएको जुलुस घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले कपडा प्रदान गर्दै सरस्वती देवीलाई सम्मान गरेका थिए । घटनामा संलग्न पाँचजना अभियुक्तमध्ये तीनजनालाई नियन्त्रणमा लिएर कारबाई शुरू गरिएको र फरार दुईजनाको खोजतलास भइरहेको कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरूले बताए । पीडितको पुनस्र्थापनाका लागि पनि आवश्यक पहल गर्ने उनीहरूले आश्वासन दिए ।
सम्मानित सरस्वती देवीले आफूले जस्तो पीडा कुनै पनि महिलाले भोग्न नपरोस् भन्ने कामना गरिन् ।
२० वर्ष पहिले पति गुमाएकी एकल महिला सरस्वती परिवारमा एक्लै भएको कारण पनि गाउँमा असुरक्षित रहेको वीरगंज युवा समाजका सचिव दिलीपराज कार्कीले बताए ।
समाजका अध्यक्ष कमल चौगाईंको सभापतित्व र कोषाध्यक्ष कविता परियारको सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रहरी उपरीक्षक धीरेन्द्रप्रताप सिंह, गौतम माविका सञ्चालन सोनम लामालगायतको आतिथ्य थियो ।
र्याली तथा सभामा नगरस्थित विभिन्न विद्यालयका शिक्षक तथा बालबालिकाहरू, नागरिक समाजका अगुवा, अधिकारवादी एवं सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।