(स्व. धु्रवर्षि, स्व. जगन्नाथ, स्व. बद्रीनारायण)
गताङ्कको बाँकीबद्रीनारायण दास
उहाँ छातापिपरा गाविस बेहरा वडा नं. ६ बारामा बाबु सुरतनारायण दास आमा सुकुमारी देवीबाट वि.सं. १९८० भदौमा जन्मनुभएको देखिन्छ । कर्मक्षेत्रको हिसाबले थुप्रै ठाउँमा नोकरी गरी अन्तिममा कोष तथा लेखा नियन्त्रणको कार्यालय बारामा कार्यालय प्रमुखको रूपमा देखिनुहुन्छ । सेवानिवृत्त भएपछि उहाँले पूर्ण समय समाजसेवा र साहित्य सेवामा लगाएको देखिन्छ साथै धार्मिक क्षेत्रमा त उहाँ एउटा अनुसन्धानकर्ताकै रूपमा चिनिनुहुन्छ । उहाँले गायत्री विज्ञान, रूद्राक्ष लगायत थुप्रै लेख रचनाहरू गर्नुभएको छ । तीमध्ये गायत्री विज्ञान भन्ने पुस्तक बौद्धिक जगत्मा सार्है चर्चित छ । उक्त पुस्तक हिन्दीबाट नेपालीमा रूपान्तर गर्न वरिष्ठ साहित्यकार मुकुन्द आचार्यले सहयोग गरेको देखिन्छ ।
करिब पाँच सात वर्षअगाघि उहाँ मेरो घरमा आइ परिचय माग्नुभयो र तपाईं राम्रो समालोचक साहित्यकार हुनुहुन्छ भनी सुनेकाले यो मेरो ‘गायत्री विज्ञान’ पुस्तक उपहार छ भन िदिएर जानु भयो । उक्त पुस्तक धेरैपटक पढे पनि आज संयोगले समालोचना अर्थात् उक्त पुस्तकमा के छ पाठकसमक्ष राख्ने जमर्को गरेको छु ।
उहाँ उक्त पुस्तकमा लेख्नुहुन्छ– गायत्री मन्त्र कुनै देवीदेवतालाई रिझाएर शक्ति प्राप्त गर्ने, भूतप्रेत झार्ने वा चमत्कार देखाउने होइन ।गायत्री त ब्रह्माको स्फुरणबाट उत्पन्न भएकी आद्यशक्ति हुन् । उनैलाई संसारको प्रत्येक पदार्थको मुलकारण मान्नुपर्छ, किनभने उनैद्वारा जडचेतन सृष्टिमा गतिशक्ति प्रेरणा सम्भव छ ।
यस पुस्तकमा उहाँ वेदलाई चार भेद मान्नुहुन्छ र लेख्नुहुन्छ – ऋग्वेदको भेद नै कल्याण प्रभुप्राप्ति, ईश्वर दर्शन, दिव्यत्व, आत्मशान्ति .... आदि हो । यजुर्वेद अन्तर्गत पराक्रम पुरूषार्थ.... प्रतिष्ठा आदि पर्दछन् । सामवेद अन्तर्गत क्रिडा विनोद साहित्य कला आदि पर्दछन् । र अथर्ववेदभित्र धन, वैभव, वस्तुहरूको सङ्ग्रह, औषधि, धातु, वाहन, सुन साधन सामग्री आदि पर्दछन् ।
उहाँ अगाडि लेख्नुहुन्छ– ब्राह्मणहरू ऋग्वेद हुन् भने क्षत्रीयहरू यजुर्वेद, वैश्यहरू अथर्ववेद हुन् भने शुद्रहरू सामवेद हुन । यी चारैप्रकारका ज्ञानहरू आरम्भमा ब्रह्माजीले उत्पन्न गरेका हुन् । शास्त्रकारहरूले गायत्रीलार्य वेदमाता मानेका छन् । सविता (सूर्य)लाई गायत्री मन्त्रको देवता भनिएको छ । गायत्री मन्त्रलाई सावित्री (वाक्स्वरूप सरस्वती) पनि भनिन्छ । शब्दार्थको आधारमा विचार गर्दा गायत्री शब्दले ‘गायत् त्रायते’ अर्थात् गाउने (जप गर्ने) को त्राण गर्ने (रक्षा गर्ने) हुनाले गायत्री भनिएको मानिन्छ । (सृष्टिको आदिकालमा केही उर्वर मस्तिष्क भएका क्रान्तदर्शी ऋषिहरूले समाधि लगाएर बसेपछि दिव्य वेदज्ञानको प्रत्यक्ष दर्शन गरेका थिए अर्थात् ऋषिहरूले मन्त्रहरूलाई देखे । त्यसैले जो मन्त्र द्रष्टा हुन्छ, उही ऋषि हुन्छ ।
गायत्री मन्त्रको अर्थसहित दासजी यसरी प्रस्टयाउनु हुन्छ– ओ३म. ब्र.म., भू. प्राणस्वरूप, भूव. दु:खनाशक, स्व. सुखस्वरूप, तत्. ती उनी, सवितु. तेजस्वी प्रकाशवान, वरेण्य. श्रेष्ठ, भगो. पापनाशक, देवश्य दिव्यता. प्रदायक, धीमहि. धारण गरौं, धीयो. बुद्धि, यो. जुन, न. हाम्रो, प्रचोदयात्. प्रेरित गरून् ।
उहाँ अगाडि लेख्नुहुन्छ– आर्य ऋषिहरूले गायत्री मन्त्रलाई यसरी व्याख्या गरेका छन् । गायत्री मन्त्रहरू उच्चारण गर्दा वा बोल्दा शरीरका अ·हरूमात्र होइन शरीरमा प्रछन्नरूपले स्थित असङ्ख्य नाडीहरू प्रभावित तथा झङ्कृत हुन जान्छ । हाम्रा पूर्वज षटचक्र सिद्ध योगीहरूलाई राम्ररी थाहा थियो कि नाडीका यी सूक्ष्म ग्रन्थीहरू कहाँ कहाँ कसरी अवस्थित रहन्छन् र यिनीहरूले कसरी कुन–कुन कार्यको सम्पादन र्छन् ।
उहाँ अगाडि लेख्नुहुन्छ:– श्रीमद् बाल्मीकिय रामायणमा चौबीस हजार श्लोक छन् । ती श्लोकमध्ये प्रत्येक एक हजारको पहिलो अक्षरलाई लिएपछि गायत्री मन्त्र तयार हुन्छ । गायत्री मन्त्रलाई वेदान्तीहरूले हृदयदेखि नै सराहना गरेका छन् भने आधुनिक विद्वानहरूको राय पनि यसप्रकार छ :–
महात्मा गाँधी भन्नुहुन्छ– गायन्त्री मन्त्रले आत्मिक उन्नतिका साथै शरीरका रोगहरू र समाजमा पर्ने सड्ढटकाल पनि दूर गर्छ । बाल ग·ाधर तिलक भन्नुहुन्छ– बहुमुखी दासताका बन्धनहरू तोड्न सत् असत् छुट्याउने विवेक र प्रेरणा गायत्री मन्त्रमा व्द्यिमान छन् । मदन मोहन मालकीय भन्नुहुन्छ– ऋषिहरूले दिएको यो अमूल्य दान ब्राह्णमहरूमात्र होइन, द्विजातिहरूले पनि उपासना गरी ईश्वरीय प्रकाश आत्मामा उद्भाषित गर्नुपर्छ । उहाँ अगाडि लेख्नुहुन्छ– रवीन्द्रनाथ ठाकुर, जगद्गुरू शड्ढराचार्य, दयानन्द सरस्वती, रामकृष्ण परमहंश, स्वामी विवेकानन्द, जवाहरलाल नेहरू, राष्ट्रपति डा. राधाकृष्ण परमहंस, स्वामी विवेकानन्द, जवाहरलाल नेहरू, राष्ट्रपति डा. राधाकृष्ण सर्वपल्ली आदिले भनेका छन् की गायत्री एउटा यस्तो प्रार्थना हो, जसले हाम्रो जीवनशक्तिको सञ्चार गरिरहन्छ आदि ।
यस्तो गायत्री विज्ञान लेख्ने बद्री नारायण दास हाम्रो सामु नभए पनि उहाँको पुस्तक भने हाम्रो सामु छ । उहाँको जन्म १९८० भदौको हिसाबले उहाँ ९० मा पुगिसकेकोले ९१ औं जयन्ती पर्न जान्छ । उहाँको ९१ औं जयन्तीलाई श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
- सुशील मुडभरी