प्रस, वीरगंज, १३ भदौ/
भ्रष्टाचार गरेको अभियोगमा पर्सा जिल्लाका दुईजना कर्मचारी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, काठमाडौंले पर्सा भिखमपुर गाविसका सचिव म. मन्सुर खाँ र सोही गाविसका कार्यालय सहायक जितेन्द्रप्रसाद चौहानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि सचिव र कार्यालय सहायक दुवैजना निलम्बनमा परेका हुन् ।
अनियमितता तथा भ्रष्टाचारको अभियोग लगाई सचिव खाँ र कार्यालय सहायक चौहानविरुद्ध २०६८ चैत्र ११ गते सो गाविसका बासिन्दाले जिल्ला प्रशासन कार्यालय पर्साको अख्तियार शाखामा मुद्दा दायर गरेका थिए ।
सामाजिक सुरक्षा भत्ता बापतको रकम हिनामिना गरेको, स्थानीय विकास निर्माण बजेटमा अनियमितता
गरेको र गाउँ परिषद् गाउँमा नगरी शहरको होटलमा गुपचुप गरेको आरोप लगाउँदै पन्नालाल पटेल लगायत
१५१ जनाले अख्तियार शाखामा मुद्दा दिएका थिए ।
मुद्दा छानबिन गरेर फाइल तयार गरी पर्सा शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पठाएको र आयोगले यही भदौ ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार कुनै पनि राष्ट्रसेवक कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएमा सेवाबाट निलम्बन गर्नुपर्ने प्रावधान छ ।
अख्तियारको पत्र प्राप्त भएपछि गाविस सचिव खाँलाई जिविसले निलम्बन गरेको र कार्यालय सहायकलाई गाविसले निलम्बन गरेको पर्साका स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुरले बताए । खाँ निलम्बनमा परेपछि सो गाविसमा नयाँ सचिव पठाएको ठाकुरले जानकारी दिए ।
अख्तियारले कारबाई शुरु गरेपछि अहिले गाविस सचिवहरूमा खैलाबैला मच्चिएको छ । अनियमितता गरेर जोहो गरेको सम्पत्तिसँगै इज्जत र प्रतिष्ठा पनि जाने भयो भनेर कोकोहोलो गर्दै कागजप्रमाण दुरुस्त गराउन गाविस सचिवहरू लागेका छन् ।
जिल्लाका ८२ वटा गाविसमध्ये ४३ वटा गाविसका सचिवहरूविरुद्ध अख्तियार शाखा पर्सामा मुद्दा परेको छ । उक्त मुद्दाको सम्बन्धमा अनुसन्धान गरी फाइल तयार गर्ने कार्य भइसकेको र केन्द्रमा पठाउने अन्तिम तयारीमा रहेको जिल्ला प्रशासन अख्तियार शाखा निकट स्रोतले खुलासा गरेको छ ।