राजा शुद्धोदन इक्ष्वाकुका छोराको वंश परम्पराका सूर्यवंशी थिए । उनको गोत्र गौतम थियो । कुल शाक्य थियो । कपिलवस्तु गणराज्यको महासम्मत राजा थिए । कपिलवस्तु गणराज्यमा शाक्यहरूको सभाले राज्य चलाउँथ्यो । गौतम गोत्रको वंश परम्पराबाट नै राजा चयन हुने गर्थे । जनतालाई समान व्यवहार गर्ने थीति कपिलवस्तुमा रहेको हुँदा जनताले चुनेको राजालाई महासम्मत भन्ने गरिन्थ्यो । कपिलवस्तु राज्य आतङ्क, बहिष्कार, जरिमानाबारे अज्ञात थियो । सबैको एक मत थियो, सर्वसम्म्त राज्य सञ्चालन हुन्थ्यो ।
सबैको एकमत नभएको ठाउँमा लडाइँ हुने गर्दछ । किसानबीच पनि माया, प्रेम र लडाइँ हुन्छ । खेती लगाउने बेला पानीको कारण झगडा पर्छ । राजा शुद्धोदनका पूर्वज इक्ष्वाकु थिए । उनका बाजेको नाम जयसेन थियो । कल्पवृक्षको अमृत फल झै उनी सिंहहनुका छोरा थिए । शुक्लोदन, अमृतोदन, घौतोदन र शक्रोदन उनका साख्खे भाइहरू थिए ।
राजा शुद्धोदन शुद्ध शरद शवरी समान प्रजाहेतु सुखकर थिए । कुल पुरुष इक्ष्वाकु झैं प्रभावशाली थिए । राजा शुद्धोदनको पहिलो विवाह मायादेवीसँग भएको थियो । मायादेवीको एक मात्र सन्तान सिद्धार्थ थिए । मानिसको जन्म र मृत्यु निश्चित हुँदैन, जबकि व्यावहारिक जीवनमा धेरै कुरा निश्चित गर्न सकिन्छ ।
हामी व्यावहारिक हुन्छौं दिनु र लिनु निश्चय नै हुन्छ । दिनु र लिनु प्रकटत: जीवनमा निर्भर छ । जीवन संयमको द्योतक हो र संयमबिना व्यावहारिक जीवनको कल्पना गर्न सकिन्न । अन्तरङ्ग संस्कारको मर्यादा जीवनमा नै मूर्त हुने गर्छ । मायादेवी दिवङ्गत हुनुभयो । त्यसपछि दोस्रो विवाह प्रजापति गौतमीसँग भयो । मायादेवीकी साख्खे बहिनी थिइन् । प्रजापति गौतमीको नन्द र रूपनन्दा छोरा र छोरी भए ।
शुक्लोदनका छोरा देवदत्त र आनन्द थिए । अमृतोदनका छोरा महानाम र अनुरुद्ध थियो । घौतोदनको कुनै पनि सन्तान भएन । राजा शुद्धोदनका दुइटी बहिनी थिइन् । भाइ र बहिनीहरूका धनी थिए शुद्धोदन, यस कुराको उनमा गर्व थिएन । सबै आआफ्नो क्षमता उपयोग गरेर बाँच्दछन्, यस कुरामा निश्चिन्त थिए ।
राजा शुद्धोदनका कुरा अर्कै हो । जनताको विश्वास वंशमा थियो सुरक्षाको आवश्यकताले गणराज्यको राजा बने । जनताले अपेक्षा गरे अनुसार शान्त, निष्पक्ष सुरक्षा उनीबाट पूरा हुनेछ । यस्तै विश्वासले सक्षम व्यक्ति, बुद्धि भएका व्यक्ति उचित स्थान प्राप्त गर्छन् । अहिले जे भए पनि शाक्य कुलको सम्पूर्ण यथार्थ थाहा पाउन नसके पनि धेरै त आएकै छ । शाक्य कुलमा केही छ र त गर्व गरिन्छ र मान राखिएको छ । जसप्रति अपनत्वको भाव हुन्छ त्यसप्रति माया हुन्छ र रिसाइन्छ पनि । उसका कमी कमजोरी लुकाइन्छ र लुकाउने गरिन्छ । यो कुरो शाक्य कुलप्रति यस कारण सम्भव छ किनभने यो अन्यभन्दा पृथक रहयो । यो कुरो भन्न सकिन्छ । शुद्धोदनकी बहिनीको नाम अमिता र प्रमिता थियो । मायादेवी देवदहकी थिइन् । उनका बाबुबाजे कोल गणराज्यका राजा थिए । पिताको नाम अञ्जन थियो ।
मायादेवीले ४५ वर्षको उमेरमा तथागतलाई जन्म दिइन् । मायादेवीको आमाको नाम यशोधरा थियो र तिनी जयसेनकी छोरी थिइन् । सुप्रबुद्ध र पुण्डरिक उनका दुई भाइ थिए । उनकी एक मात्र बहिनीको नाम प्रजापति थियो । सुप्रबुद्धकी छोरी यशोधरा थिइन् । यिनको विवाह सिद्धार्थ गौतमसँग भएको थियो ।
यशोधराको भाइको नाम पनि देवदत्त थियो । यशोधराको बोलाउने नाम भद्र कात्यायनी थियो । मायादेवी कपिलवस्तु गणराज्यकी रानी थिइन् । तर चञ्चल थिइनन् । वाचाल थिइनन् । मद्यप थिइनन् । स्नानागारमा समय लगाएर नुहाउन भने मन पराउँथिन् । यिनको यस बानीमा कसैको विरोध थिएन । तर जब यिनलाई थाहा भयो स्नानागारमा धेरै समय लगाएर नुहाउँदा अरूलाई असजिलो पर्छ, उनले बानीमा सुधार ल्याइन् । उनी अखण्ड शीलपालनमा रत थिइन् ।
आषाढको उत्सव थियो । कपिलवस्तु नगरमा उल्लास थियो । उत्सवको घोषणा भइसकेको थियो । मानिस उत्साहित थिए । सार्वजनिक र राज्यका भवनहरू सजिएका थिए । मन्दिरहरू तोरणले सजिएका थिए । राजपथमा बनाइएका ढोकाहरू रमणीय देखिन्थे । घरहरू पुष्पमालाले सजिएका थिए । जहाँसम्म आँखा पुग्दथ्यो, सजिएको पाइन्थ्यो । यस्तो लाग्दथ्यो कपिलवस्तुको उत्सवमा सम्पूर्ण संसार उल्लसित छ ।
नर्तकीहरूले नगर भरिएको थियो । वृन्दगानमा मुदित थियो । कामिनीहरू सहगानमा प्रसन्न थिए । आषाढको पूर्णिमा आउन सात दिन बाँकी थियो । बडो धुमधाम थियो नगरमा, रानी मायादेवी सहज थिइन्– सोच्दथिन् यो उमङ्गमा भिख माग्नेहरूलाई कष्ट नै होला ।
यसैलाई ममतामयी हामी भन्दछौं र म महिलाहरूका लागी शोभा र उत्कर्षको कुरो मान्दछु । यसबाट प्रमाणित हुन्छ बाहिरी शोभा नै सन्तुष्टिको कुरो होइन नारीका लागि । समय हाम्रो लागि वर्तमान क्षण मात्र होइन, यो निरन्तर हो, यसमा व्यतीत बित्दछ र अनागत आउँदछ । तब यो जुन अवर्तमान छ, जो हुनुभन्दा अगाडि छ र अग्रपङ्क्तिमा छ, त्यसलाई हामी शरीरले छुन सक्दैनौं, यस कारण मानसिकताले ग्रहण गर्दछौं । अर्थात् आफ्नैबाट नै केहीलाई हामी निन्दनीय भन्दछौं र केहीलाई वन्दनीय ठान्दछौं । यसरी हामी उन्नति र प्रगति गर्दछौं । हाम्रो यस शरीररूपी यन्त्रमा नै त्यो प्रक्रिया छ, जसले हामीभित्र नचाहिंदो तनाव जन्माउँछ, स्वीकार र अस्वीकारको भाव जन्माउँछ । यो मानसिकता मानिसको थाति हो । संवेदनाहीन मानिस पशु समान हो । यसैले त मानिस नै देव भनाउँछ र राक्षस पनि । परिस्थिति अनुकूल आफूलाई परिवर्तन गर्ने क्षमताले मानिसको मानसिकता प्रकट गर्दछ । नराम्रो काम नगर्ने चेतना असल मानिसमा जाग्रत हुन्छ । यसैले मायादेवी गन्धबाट सुरभित थिइन् । अङ्गरागले शोभित थिइन् । उत्सवहरूमा उत्साहित थिइन्, तर शालीनतापूर्वक, मर्यादाका साथ । पूर्णिमाको दिन आयो । सूर्योदय पूर्व मायादेवी उठिन् । उषाले अभिनन्दन गर्यो । जसले समयलाई बुझेको हुन्छ त्यसले व्रतको महिमा पनि बुझ्दछ ।
यस किसिमबाट समयलाई म धेरै महत्त्वपूर्ण मान्दछु । समयलाई चिन्नेले नै केही गर्न सक्दछ । अन्यथा जीवनमा असफल हुन्छ । सत्यको अमृतले यो सृष्टि हराभरा भएको छ, तर त्यसले मलाई छुँदैन, मलाई पवित्र र अमर बनाउन सक्दैन । किनभने म समयभन्दा पछाडि छु, समय चिन्न सकेको छैन । सङ्कोच लाग्दछ केही भन्ने हुन् कि ? यसै कारण सत्य पहिल्याउन सक्दिनँ । यही सङ्कोची स्वभावलाई क्षमता मानेर गर्व ठान्ने गरेको छु । आषाढ पूर्णिमाको दिन आकाशमा अरुणका किरण मुस्कुराएका थिए । पूर्वदिशाबाट बाल सूर्य उदायो । मायादेवीले आरती उतारिन् । कलरवले वन्दना गर्यो । मायादेवीको परेला जल बुँदले तरल बन्यो ।
शिथिलताले नमस्कार गर्यो । अरुण उज्ज्वल पथतर्फ लम्कियो । स्फूर्तिले प्रवेश गर्यो, मायादेवीको रौंका जराहरूमा । स्नान पूर्ण भयो । काया प्रसन्न भयो ।
- शीतल गिरी
अलङ्कारले शोभा बढायो, शरीर स्पर्शले झङ्कृत पार्यो । अलङ्कारको शोभा मुखरित भयो, शरीरको शोभामा । अलङ्कारको दीप्ति बढयो, मायादेवीको दीप्त प्रतिविम्बमा । दिनको वृद्धिका साथै सूर्य हुन थाल्यो प्रखर । सूर्यले यसरी नै आफ्नो स्वाभिमानलाई सुरक्षित र उद्ग्रीव राख्दछ । के सत्य हो र के झूटो । सूर्यको स्वमानको अगाडि केही छ ? यस कारण नियमित गति आवश्यक छ र यो सूर्यबाट सिक्नुपर्दछ । यस कारण समयलाई पहिचान गरेर हिंड्नु आवश्यक छ । आवश्यकता छ, समयको साथमा प्रकृतिको नियम पहिचान गरेर सोही अनुरूप जीवन ढालेर स्वप्रतिष्ठा आर्जन गर्न ।
यो मानिसको स्वमान सभ्यताको निर्माणमा सबभन्दा मूल्यवान रत्न हो । रत्न लिएर मानिस शीर्षस्थ अनुभव गर्छ । तर यस चरम सत्यको स्वादको स्थान समयको पहिचानमा छ । दान पाउँदा प्रसन्न हुन्छन् याचक । मायादेवीको दान पाएका ब्राह्मणहरू गर्न थाले मङ्गलगान, चारणहरूका वाणीले गायो वंश गौरवगान र बन्दीहरूले गरे वन्दना ।
मायादेवी निराहार व्रत बसिन् । सूर्य पश्चिमतर्फ दौड्दै थियो । दिनको अवसान हुन केही समय मात्र थियो । सन्ध्या आउन थालेको थियो ।
त्यसपछि निशाकै साम्राज्य । शयनकक्षमा सुगन्धित तेलदीपको दिव्य प्रकाशपुञ्ज छरिएको थियो । मालाहरूले शोभा बढाएको थियो । मायादेवीको चरण विस्तारै शयन कक्षतर्फ बढयो । अलङ्कृत शय्यामा कोमल कायाले स्पर्श गर्यो । पलङ्ग प्रसन्न भयो । परिचारिकाहरू सेवा गरेर कक्षबाट निस्के । रजतमालातुल्य उज्ज्वल कमल अलङ्कृत, कुसुम सुरभि पूर्ण मायादेवी पल्टिन् ।
मायादेवीलाई ज्योति अन्तर्मुख हुन थाल्यो । झ्यालबाट शीतल पवन प्रवेश गर्यो । झ्यालबाट पूर्ण शशि विम्बको धवल शर्वरीले प्रवेश गर्यो ।
शरीरमा आरामले प्रवेश गर्यो । निद्रा काया मन्दिरमा प्रवेश गर्यो ।