- सञ्जय साह ‘मित्र’
यात्राका क्रममा आँखामा जे जति दृश्यहरू आउँछन् सबैले हेर्नुपर्ने हुन्छ । यदि कोही हेर्नबाट वञ्चित हुन्छ भने ऊ एउटा सौभाग्यबाट टाढिएको हुन्छ । अझ नयाँ ठाउँमा पुग्नेले त झन् आफ्ना चर्मचक्षुलाई चनाखो राख्नु उचित हुन्छ । यात्रामा समयको व्यय होइन, उपयोग हुन्छ र यात्राको सार्थकताले पनि सुनमा सुगन्ध थप्ने हुन्छ । यसै कारण यात्राहरूमा मलाई निद्रा कमै लाग्छ । यसो भनूँ यात्रामा निद्रादेवीले मलाई अँगालोमा बाँध्न डराउँछिन् । निद्रासित झगडा भएको त मलाई थाहा छैन तर कुनै न कुनै वैमनस्यता भएको हुनुपर्छ वा निद्रालाई कसैले मविरुद्ध कुनै फतुर लगाएको हुनुपर्छ । यसै कारण चलिरहेको कार होस् वा बस वा रेल नै किन नहोस्, मेरो छेउमा निद्रा आउनुअघि हजारपल्ट सोचविचार गरेको मैले अनुभूति गरेको छु ।
रौतहटको गरुडाभन्दा करिबकरिब छ सय किलोमिटर दक्षिण–पूर्व झारखण्ड (भारत)को दुम्का जिल्लालाई छिचोल्न हामी हानिएका हुन्छौं, दक्षिणतिर कलकत्ताको जिटी रोडलाई भेट्न । साउन महिनाको अन्तिम दिन हुनुपर्छ । घरबाट निक्लेको तेस्रो दिन भइसकेको छ । यात्रा कलकत्ता घुम्ने किसिमको मनसायले अभिप्रेरित छ । विस्तारै ज·ल र झाडीहरू आउन थाल्छन् । बिहारमा देखिएको भीडभाड र देवघर तथा दुमका नगरपालिकामा देखिएका मानिसहरूको अपार भीडको लेश मात्र पनि हाम्रो सामु छैन अब । अब हामी र हाम्रो गाडी त धेरै हाँसहरूको बीचमा एउटा बकुल्लाजस्तो हुन पुगेका छौं ।
यात्राको नेतृत्व गरिरहेका छन्, मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका क्याम्पस चीफ प्रेमलाल साह, बोलेरो गाडीको अग्रासनमा बसेर । घुम्ने मेचमाथि अन्धो मानिसको उपमालाई उनी साकार पार्ने किसिमको अवतारको रूपमा आसनमा विराजमान छन् । यस अर्थमा कि यात्रामा अगाडिको सिटमा बसेर उनी भुसुक्कै निदाएका छन् । हामी दुईजना छौं सबैभन्दा पछाडिको आसनमा । चारजना बीचमा बसेका छन् । एकजना चालक त भइ नै हाले । यात्रालाई ठिक्क आकारको भन्न सकिन्छ । यात्रारत यायावरहरूको उमेरगत सन्तुलन पनि खास फरक छैन । यसकारण रुचि मिलेको छ । ज·ल छिचोल्दै गर्दा यात्रामा भाते निद्राले सताएको छ सबैलाई । भाते निद्राले सताए पनि यात्रालाई निद्राले छोप्यो भने त यात्रा पनि निदाउन पुग्छ । यात्रा निदाउनु भनेको समय लम्बिनु हो । हामी बाहिरबाट गाडी, तेल र खाना लगायत सबै कुरा किन्ने अवस्थामा भएकाहरूले फोकटको समयलाई बढी व्यय गर्न थाल्यौं भने सीमित समयमा असीमित आर्थिक व्यय भार बोक्नुपर्ने हुन्छ । यसर्थ ज·ली बतासले सबैको आँखा लठयाइरहेको भए पनि अगाडिको दाहिने कुनोमा बसेको चालक र पछाडिको देब्ेर कुनोमा बसेको म चाहिं जागा छौं र ज·ली दृश्यहरूले आनन्दविभोर भई यात्रालाई जीवन्त बनाइरहेका छौं ।
परिचित दृश्यहरू आँखामा आइरहेका छन् । तीन चार वर्ष पहिले पनि यही बाटो भएर कलकत्ता गएका थियौं, यसैगरी । पहिलेको यात्राका तीन यात्री अहिले पनि यात्रारत छौं । परार पनि यात्रा गर्यौं यही बाटो भएर सोही ठाउँका लागि, तर दखिनतिर जाने यो बाटो जिटीरोडमा टु·िएपछि यात्रा टु·िएको थियो, एकजना साथीले गर्दा । उनी आफू निकै बिरामी भएको बताएका थिए तर कसैलाई उनी बिरामी भएकोमा विश्वास लागेको थिएन । फर्केपछि पनि उनमा बिरामीको लक्षण बाटोमा देखिएको थिएन । यसले गर्दा यथार्थमा अहिलेसम्म गुडिरहेको हाम्रो गाडीको बाटोमा मेरो एकातर्फबाट तेस्रो यात्रा थियो । यात्रा आफ्नै गतिमा अगाडि बढिरहेको थियो, अगाडि बढिरहेको यात्रामा प्राकृतिक दृश्यहरूको अखण्ड भण्डारले अनन्त आनन्द दिइरहेको थियो र यसै बेला सम्झना भयो विद्युत् उत्पादन गृहको ।
बाटोमा दाहिनेतिर देखिने एउटा यस्तो विशाल विद्युत् उद्योग देखिएको थियो जो अकल्पनीय थियो । अब त्यो ठाउँ आउन लागेको थियो । एउटा सामान्य जोल्टिंगमा सबै साथीको निद्रा खल्बलिएपछि त्यो दृश्यको चर्चालाई उप्काएँ र यात्राका अनुभवी एक मित्रले सबैलाई विद्युत्गृहबारे पहिले नै भनेर उत्साहित पार्न थाले । कोइलाबाट उत्पादन हुने निकै ठूलो विद्युत् भट्टी रहेछ त्यो । त्यहाँबाट पूर्वतर्फ पाँचवटा निकै ठूलो तारमा लाइन लगिएको रहेछ । डाँडामा अवस्थित विशाल क्षेत्र ओगटेको विद्युत् उत्पादन गृहमा साँझपख हजारौं ठूल्ठूला भेपर लाइटहरू बल्दा रहेछन् । र अँध्यारोमा यो ठाउँ बीस किलोमिटर टाढाबाट सजिलै देखिंदो रहेछ । यस्तो राम्रो देखिन्छ कि हेर्दै आश्चर्यलाग्दो । पहिलेका मानिस हुँदो हो त ईश्वरको एउटा निकै सुन्दर कृतिको रूपमा यसलाई मान्थे, तर यो त विज्ञानको देन हो ।
सडक छेउमा रूखहरू लगाइएका छन् । ज·ली क्षेत्र भए पनि ज·लले कहीं कतै छोडेको (गेग्रान) ठाउँमा रूखहरू लगाइएका छन् । ती रूखहरूले गर्दा दाहिनेतिरका दृश्यहरू ओझेल पर्दै, देखा पर्दै लुकामारी खेलेझैं निकै रमाइला देखिन्थे । यो क्रम चलिरहँदा आइपुग्छ, खोजेको जहाज आकारमा देखिने निकै ठूलो क्षेत्रफलमा रहेको विद्युत् उत्पादन केन्द्र । त्यसको क्षमता र अन्य विषयमा हामीमध्ये कसैलाई केही थाहा छैन । सोध्नका लागि न हामीसँग समय छ न कोही मानिस देखिन्छ । तर हामी सबैको लागि यो दृश्य निकै विस्मयकारी छ । आँखामा सामान्यतया एकैपटकमा नअटाउने यो दृश्यले हाम्रो गाडी रोकिन्छ, हामी आश्चर्यचकित भएर हेर्छौं र विचार गर्छौं विद्युत्को लागि भारतले गरेको लगानी साँच्चिकै देश र जनताको लागि निकै महत्त्वपूर्ण रहेको छ ।