–कुमार रुपाखेती
कुनै बेला गरिबको भान्सामा लडीबुडी गरिरहने प्याज अहिले गरिबको भान्साबाट एकाएक गायब भएको छ । त्यसो त यसपालि प्याजको उम्दा खेती पनि भएकै हो । हाम्रा बाबु बराजु र पुर्खाका पालादेखि नै प्याज सस्तोमा बिक्दै आएको तथा गरिबको भान्साको शोभा बन्दै आएको हो । सदाबहाररूपमा सस्तोमा बिक्न थालेपछि आजित भएर प्याजले आफ्नो स्तर बढाउने सोच्यो र यसको मूल्य अकासियो । सस्तो भाउमा प्याज खान पल्केकाहरू यसबाट रन्थनिनु स्वाभाविकै हो । ‘सस्ता रोए बार बार, महँगा रोए एक बार’ भन्दै प्याजले आफ्नो दररेट घटाउन चाहेको छैन ।
हामी प्याज रुचाउनेहरूले पनि प्याजको समस्या बुझिदिनुपर्छ । प्याज रोप्ने जग्गाको दाम एकदम अकासिनु हुने, अनि महँगो जग्गामा हुर्किने प्याज कसरी सस्तो हुने ?
फेरि फुटपाथे होटलदेखि फाइभ स्टार आलिसान होटलहरूले समेत खपत गर्ने प्याजको महिमा त्यत्तिकै पनि अपरम्पार छ । हिजोअस्ति भान्सामा प्याज आए भान्सा नै गन्हायो भन्ने पण्डित–पण्डा–पुजारीहरूसमेत आजकल प्याजको सोखिन भएका छन्, अनि प्याज कसरी सस्तो होस् । महँगो प्याजले ‘खर्च कटौती गर’ भन्ने सन्देश पनि दिएको छ । प्याजको भनाइ छ– “६ सय रुपैयाँ किलोको खसीको मासुलाई स्वादिष्ट बनाउन म (प्याज) नै चाहिने, अनि मासुसँग स्तर मिलाउन पनि मैले नै आफ्नो दाम बढाएको हो रे पनि भन्ने ।” त्यस्तै हजारौं रुपैयाँ पर्ने महँगो स्कच (रक्सी)सँग समेत सलादमा म (प्याज) नै चाहिने अनि म (प्याज) सधैं किन सस्तोमा बिक्री वितरण हुने भन्दै प्याजले आफ्नो मूल्य मासु र स्कचकै हाराहारीमा पुर्याउने कसम खायो । प्याजको छोटो सन्देश छ– ‘आय बढाऊ, अनि प्याज खाऊ ।’ त्यसैले हरिक·ाल र गरिबको भान्साबाट प्याजको डेरा ठूला महलतिर देखिन थालेको छ । प्याजलाई गरिबले सत्तोसराप गरे पनि धनीमानीहरूले प्याज मोह बढाएकाले प्याज पनि धनीमानीहरूसँग प्यार मोहब्बत गर्न थालेको छ ।
त्यस्तै प्याजले बल्ल आफ्नो महत्त्व बुझ्यो रे १ जस्तै प्याजले स्वाद र भोक बढाउँछ, प्याजमा औषधिको गुण छ, राजादेखि रड्ढसम्म प्याजको सोखिन छन्, निद्रा नलाग्दा प्याज गुणकारी छ आदि इत्यादि । आफ्ना हाराहारीका अन्य तरकारीहरूमा यति विघ्न गुण नभएपनि महँगोमा सेवन गर्ने, अनि गुणकारी प्याज कसरी चुप लागेर बस्ने ? प्याजमा राजनीतिक ताकत पनि छ । विगतमा यस्तै अचाक्लीसँग प्याजको दाम बढ्दा भारतमा एकपटक काङ्ग्रेसको र अर्कोपटक भारतीय जनता पार्टीको सरकार तासको घरभैंm गर्ल्यामगुर्लुम्म ढलेको थियो । नेपालमा त अन्धा बहिराको सङ्ख्या धेरै भएकाले अहिलेसम्म केही फरक परेको छैन । हामी त ‘दे दे राम दिला दे राम’ हौं । त्यसो त प्याजको अन्तर्राष्ट्रिय महत्त्व पनि छ । भारतमा प्याजको दाम ह्वात्त बढ्ने बित्तिकै संसारमा कतै पनि सस्तोमा प्याज पाइन्न । त्यसो त आम जनताले प्याज धेरै महँगो भयो भनेर ‘हायतौबा’ मच्चाउँदासमेत ‘उपद्रे प्याज’ले ‘हात्ती चले बजार कुत्ता भुके हजार’ गरेको मलाई राम्रो लागेको छैन । अलिकति भएपनि प्याजको मूल्य घट्नुपर्ने हो । तर प्याज भन्छ– “यतिधेरै महँगो उसको कारणले मात्र नभई मुनाफाखोर व्यापारी र भ्रष्ट कर्मचारीको लगनगाँठो अर्थात् सैया भए कोतवाल अब डर काहेका अर्थात् काले–काले मिलेर खाऊ भाले नीतिले गर्दा उसको (प्याज)को मूल्य बढेको हो रे ।”
अचाक्ली दाम बढ्नुमा प्याजको आन्तरिक कथा अर्को पनि छ रे । जब जब भारतमा पदलोलुप, कमजोर र लोभीपापीहरूको सरकार बन्दछ, प्याजले मौकाको फाइदा उठाउँछ रे १ यसमा प्याज त प्याज नेताहरू पनि मालामाल हुन्छन् रे १ यसरी ‘एक पन्थ दो काज’ भएपछि को सस्तोमा बिक्न चाहन्छ र ? किनकि भारतमा जतिको सहज र सरल तरिकाले संसारमा कतै पनि यतिधेरै मात्रामा प्याज उब्जिदैन । त्यसैले ‘मेरा भारत महान्’ भन्दै प्याजको मूल्य दिन दुगुन्ना रात चौगुन्ना बढ्दै छ । प्याज बिक्रेताको चाँदी छिलाइ भइरहेछ । तर हामीजस्ताले ‘आकाशको फल आँखा तरी मर’ भनैभैंm ‘हाय रे प्याज’ मात्र त भन्ने हो नि । फरक यति हो, हिजो चुलेसीले प्याज काट्दा आँखाबाट आँसु बगाउनेहरू आज प्याज महँगो भएमोमा आँसु बगाउँदैछन् । नेपाली भान्साघरको दैनिक उपयोगको वस्तु हो, प्याज । प्याजको खेती गरिने जग्गा मासेर घर, महल बन्न थालेकोमा पनि प्याजको चित्त दुखाइ रहेछ । तर प्याजप्रेमीहरूका लागि खुशीको खबर छ । भारतीय प्याजले रुवाए पनि चिनियाँ प्याजले हसाउँदैछ । हजारौं टन चिनियाँ प्याज छिट्टै नेपाल भित्रिदैछ । अब ‘हाय रे प्याज’ होइन, ‘वाह रे प्याज, क्या बात प्याज’ भन्नुस् है । प्याजले भारतको राजधानी दिल्लीमा भर्खरै राजनीतिक हलचल ल्याएको छ । दिल्लीकी मुख्यमन्त्री शीला दीक्षितले १५० वटा पसलमार्फत् भारु. ५० प्रतिकिलोमा प्याज बेचेर जनतालाई राहत दिन खोजिन् । प्रत्युत्तरमा भाजपाले दिल्लीमा २०० वटा पसलमार्फत् भारु ४० प्रतिकिलोमा प्याज वितरण गरेको देखेर ‘आम आदमी पार्टी’ का अरविन्द केजरीवालले आम आदमी पार्टीको नामले भारु. ३० प्रतिकिलोमा प्याज वितरण गर्दैछन् । यसरी प्याजले दिल्लीमा राजनीति गर्माएको छ । अस्तु ।