- ई. गोपाल श्रेष्ठ
फोरेक्स भनेको फरेन एक्सचेन्ज हो अथवा विदेशी मुद्रा विनिमय । प्राय: हामी विदेशी मुद्रा भन्ने बित्तिकै अमेरिकी डलरलाई सम्झन्छौं । कारण सबै मुद्राको आधार मुद्रा अमेरिकी डलरलाई नै मान्दै आइएको छ । अमेरिकाले सन् २००८ को आर्थिक मन्दीबाट पार पाएपछि अमेरिकी डलर एकदम भारी हुँदै गएको छ । २०६८ साउनमा एक अमेरिकी डलर बराबर नेपाली रुपियाँ ७० थियो भने हाल २०७० भदौमा रु. १०५/– कटिसकेको छ । यो स्थिति हाम्रोजस्तो गरिब मुलुकहरूका लागि भयावह छ । कारण, जहाँ पेट्रोलियम पदार्थदेखि औद्योगिक कच्चा पदार्थ, मेसिनरी पार्टपुर्जा सबै डलरमा खरिद गर्नुपर्छ । अनि हामीलाई यो खरिद मूल्य एकदम नै महँगो पर्न जान्छ ।
डलरको भाउ अझै अकासिएर प्रति १ डलर नेपाली रुपैयाँ अझै ११२ सम्म पुग्ने अनुमान गरिएको छ । यो अनुमान सत्य साबित हुन पुग्यो भने चर्को मूल्यवृद्धि अवश्यम्भावी छ । मूल्यवृद्धिले आर्थिक, सामाजिक र राजनीतिक सबै क्षेत्रमा नकारात्मक असर पार्छ । मुद्रा अवमूल्यन हुँदा निकासी व्यापार फस्टाउन सक्छ । तर, हामीसँग त्यस्तो के वस्तु छ र हामी निर्यात बढाउन सक्छौं ? औद्योगिक उत्पादन बढाउन सकिएको छैन, गुणस्तर व्यवस्थापन गर्न सकिएको छैन, अनि अन्तर्राष्ट्रिय बजारको आवश्यकता अनुसार हामीले हाम्रो उत्पादित वस्तुको ब्रान्डिङ र लेबलिङ पनि व्यवस्थित गर्न सकेका छैनौं । निर्यातभन्दा आयात ८ गुणा बढी भएको हाम्रो मुलुकमा निर्यात बढाउन सकिने सम्भावना निकै कम छ ।
हामीले अन्तर्राष्ट्रिय बजारबाट लिएको ऋणको ब्याज डलरमा नै तिर्नुपर्छ । अनि डलर महँगो भएपछि ब्याज पनि महँगो हुने नै भयो । विशेषगरी जलविद्युत् आयोजनाका लागि लिइएको ऋणको ब्याजदर डलरमा नै हुने भएकोले यसको कार्यान्वयनलाई आर्थिक दृष्टिकोणबाट सम्भाव्य हुँदाहुँदै पनि असम्भाव्य बनाइदिन्छ । विकासको लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ? यस्तो परिस्थितिको सामना गर्न नपरोस् भन्ने मनसायले विदेशी ऋणको ब्याज नेपाली मुद्रामा गर्न सके धेरै राम्रो । तर के यसो गर्न सम्भव छ त ? हाम्रो मुद्रा अवमूल्यन हुँदा विदेशबाट डलर पठाउनेको परिवारले यहाँ धेरै रकम उठाउन सक्छ । जस्तो एक अमेरिकी डलरको विनिमय दर रु. ७० हुँदा १०० डलर पठाउनेको परिवारले यहाँ ७,००० रुपियाँ उठाउँथ्यो भने रु. १०५ हुँदा स्वत: १०,५०० उठाउन सक्छ । तर अहिलेसम्मको हाम्रो अनुभवले यस्तो रकम उत्पादनशील काममा भन्दा सीधा उपभोगमा मात्र खर्च भएको देखिएको छ । यो प्रवृत्तिले हामी सधैं जस्ताको तस्तै हुन्छौं र कालान्तरमा झन् दु:खदायी अवस्थामा पुग्न सक्छौं । यस्तो रकम ठीक ठाउँमा मात्र खर्च होस् भन्नका खातिर एउटा सचेतना कार्यक्रम अभियानकै रूपमा ल्याउन जरुरी छ ।
२०६८ साउनको तुलनामा २०७० भदौ ५ सम्ममा डलरको भाउ ४४ प्रतिशतले बढेको छ भने युरो ३३ प्रतिशतले बढेको छ । त्यस्तै पाउन्ड स्टर्लिङ ३८ प्रतिशतले बढेको छ भने चिनियाँ मुद्रा युआन ५२ प्रतिशतले बढेको छ । हामीले साधारणतया यिनै विदेशी मुद्राबाट विदेशी वस्तु आयात गर्छौं । विदेशी मुद्राको भाउ यसरी बढ्दा हाम्रो ढाड सेक्नु स्वाभाविक हो । एकातिर हामीसँग विदेशी मुद्रा कमाउन निर्यात गर्ने वस्तु छैन, अर्कोतिर ती मुद्राको भाउ दिनानुदिन बढिरहेको छ ।
यस्तो परिस्थितिबाट बच्न हामीले हाम्रो अर्थतन्त्र बलियो नबनाई सुखै छैन । अर्थतन्त्र बलियो गर्न निकासी बढाउनुपर्छ । हाल हाम्रो देशमा भएका तुरुन्त निकासी बढाउन सकिने र मिल्ने उत्पादन तथा वस्तुहरूमा चिया, दाल, अलैंची तथा जडीबुटीहरू हुन् । यी वस्तुहरूको प्रथम चरणको उत्पादन/खेती, त्यसपछि प्रशोधन, भण्डारण, गुणस्तर, लेबलिङ जस्ता कार्य व्यवस्थापन आदिमा सुधारात्मकरूपमा ध्यान दिनुपर्छ । त्यस्तै, हामीले आयातमा नियन्त्रण गर्नु नै पर्छ । आधारभूत वस्तुबाहेक अन्य वस्तु आयातमा कानुनीरूपमा नै निरुत्साहित गर्दै जानुपर्छ । स्वदेशी उद्योगलाई संरक्षण तथा संवद्र्धन गर्नु नै पर्छ । रेमिट्यान्सबाट प्राप्त रकम उपभोगमा मात्र होइन उपयोगमा पनि खर्च गर्न प्रोत्साहित गर्नुपर्छ । हाम्रो मुद्राको भाउ पनि भारतीय मुद्राको भाउ सरह भइदिएको भए हामीलाई कति आर्थिक लाभ हुन्थ्यो, सहजै अनुमान लगाउन सकिन्छ । झन् अमेरिकी डलर बराबर भए कति सहज हुन्थ्यो होला । यी सबै हाम्रो काल्पनिक कुरा र दिवा सपना मात्र हुन् । तर, राष्ट्र, राष्ट्रियता र नेपाली जनताप्रति जवाफदेही, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता र तीक्ष्ण बुद्धि भएका नेताको नेतृत्व हाम्रो देशले प्राप्त गर्न सकेमा आजका यी सबै काल्पनिक कुरा र दिवा सपना भोलि वास्तविकतामा परिणत भएको देख्न सकिन्छ ।