जीतलाल श्रेष्ठ, निजगढ, ११ भदौ/
बस्तीमा ज·ली हात्तीले उत्पात मचाउँदै घर भत्काएपछि निजगढका बासिन्दा चिन्तित हुन थालेका छन् । पूर्व–पश्चिम लोकमार्ग नजिकै घनाबस्ती निजगढ–९ का गेगनिधि पुडासैनीको घर भत्काएपछि वरपरका बासिन्दासमेत त्रसित छन् । सोमवार राति ९:३० बजे र सोही राति १:३० बजे एउटा ज·ली हात्तीले काठेघरको माथिल्लो चोटाको भकारीको धान खाई घरको बेरासमेत भत्काएको थियो । पहिलोपटक राति हात्ती आउँदा गेगनिधिकी १५ वर्षीया नातिनी विपनाले थाहा पाई छिमेकीलाई गुहारेपछि छिमेकी र प्रहरीको प्रयासमा हात्तीलाई ज·ल खेदेका थिए । राति पुन: हात्ती फर्केर घरको बार, झ्याल भत्काउँदै उत्पात मचाउन थालेपछि
बिरामी, बालक, महिलासहित पाँचजनाले भागेर ज्यान बचाएका थिए ।
“स्कूलको होमवर्क गरिरहेकी थिएँ । अँध्यारोमा घर्याकघुरुक आवाज आयो । काठेघरको माथिल्लो तल्लाको बारमा अढेस लगाएको फ्लेक हल्लियो । फर्केर हेर्दा ज·ली हात्ती देखें र कराएँ । सुतेका आमा, आफन्त र छिमेकीले थाहा पाए । पल्लो घर देवर राजेन्द्रको छ । हात्ती आएको थाहा पाएपछि अलमलमा
परेका हामीलाई देवरले ढोकाबाट निस्कन भनेपछि मात्र बाहिर आएर रोडको प्रतीक्षालयमा रातभरि अनिंदो बस्नु परेको ३३ वर्षीया रमा पुडासैनीले भनिन् । डरले छोरा, छोरी र म झ्यालबाट हाम फालेर भाग्ने तयारीमा थियौं । देवरले बेलैमा नचेताएका भए झ्यालबाट हाम फाल्दा हात्ती भए ठाउँमा पुग्ने रहेछौं । बिहानीपख पाइला हेर्दै सम्झँदा मुटु ढक्क फुल्यो गला अवरुद्ध पार्दै उनले भनिन् । भुइँ कोठामा सासू नरकुमारी र बिरामी ससुरा गेगनिधि सुतेका थिए ।
हात्तीले पछाडिबाट बार भत्काउन थालेपछि देवर राजेन्द्रले थलिएका बिरामी बुवालाई बोकेर रोडमा पुर्याउनु भयो र गाउँलेले पनि सहयोग गरे । सासू पनि घर छोडेर रोडमा जानु भयो र सबैको ज्यान जोगियो–घटना सम्झँदै उनले भनिन् । रोडबाट हल्ला गरेपछि घरको बार भत्काएर हात्ती जान खोजेपछि केही स्थानीयले छिमेकीको पक्की घरबाट कराए र हात्ती त्यतै छोप्दै गएको प्रत्यक्षदर्शीले बताए । निकै बेपछि हात्ती नजिकैको ज·ल पसेको गणेश कार्कीले बताए । विद्युत् लाइन भएकोले पनि हाम्रो ज्यान जोगियो–१५ वर्षीया विपनाले भनिन् । गेगनिधिका छोरा घरका मूली प्रेमनाथ भने रोजगारका लागि घर बाहिर थिए । घटना सुनेपछि बिहान प्रेमनाथ र आफन्त निजगढ आए । घरको बार, दलिन र खाबोसमेत हल्लाएर घर धराप परेको छ । हात्तीले कुल्चेर गोबर ग्याँसको डोम फुटेको उनीहरू बताउँछन् । कसरी रात गुर्जार्ने, पानी परिरहेको छ । हात्ती फेरि आउने हो कि उनीहरूको मनमा त्रास छ । खेतबारी वरिपरि हात्ती धपाउन विद्युतीय तार राखे पनि मूल सडक भएर हात्ती आएको हुन सक्ने सनीयको अनुमान छ । उपद्रो हेर्दा कतै ध्रुवे हात्ती हुन सक्ने अधिकांशको भनाइ छ ।