अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न: फौज्दारी अभियोग सम्बन्धी निर्वाचन आयोगले बनाएको ऐन स्पष्ट छैन। जस्तै: कुनै महिलालाई बलात्कार गरिएको छ, बलात्कारपछि उसको गर्भ रहन गएको छ, त्यस महिलालाई थाहा छैन कि उसको गर्भ रहन गएको छ। अन्तरिम संविधान अनुसार १२ हप्ता पहिले गर्भपतन गराएमा अभियोग लाग्ने छैन। तर त्यही महिलाले यदि १२ हप्तापछि गर्भपतन गराइन् भने फौज्दारी अभियोगमा आरोपी साबित हुन्छिन्। यसर्थ ती महिलाले उम्मेदवारी दिन पाउने कि नपाउने ?
– नीरजकुमार गुप्ता, वीरगंज–१४
उत्तर: ज्यान सम्बन्धी महलको २८ नं. अनुसार जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ बोक्ने महिलाको मन्जुरीले गर्भपतन गराएमा त्यसलाई अपराध नमानिने कानुनी प्रावधान छ। तपाईंको जिज्ञासा अनुसार बलात्कृत महिलाको गर्भ १८ हप्तासम्मको छ र उनले गर्भपतन गराएमा निजलाई फौज्दारी अपराधको बात नलाग्ने भएकोले निजले निर्वाचनमा उम्मेदवारी दिन नपाउने मान्न मिल्दैन। यसर्थ उनी उम्मेद्वार बन्न पाउँछिन्।
प्रश्न: कुनै पुरुष वा महिलाले सामाजिक अपहेलना तथा मानसिक तनावको कारण आत्महत्याको प्रयास गर्छन्। अन्तरिम संविधान अनुसार आत्महत्या गर्नु फौज्दारी अभियोग अर्थात् कानुन बमोजिम दोषी साबित हुन्छ। केही महिनापश्चात आत्महत्या गर्ने व्यक्ति उपचारपछि सन्चो भई समाज वा राष्ट्रको लागि सकारात्मक योगदान दिन चाहन्छ र चुनावमा भाग लिन चाहन्छ भने उसले चुनाव लड्न पाउँछ कि पाउँदैन ?
उत्तर: मानसिक असन्तुलनको कारण कसैले कुनै अपराध गर्यो भने त्यसलाई बात लाग्ने अवस्था कानुनमा छैन। मानसिक असन्तुलनको कारण आत्महत्याजस्तो अपराध गर्ने व्यक्तिको पछि मानसिक अवस्था ठीक भएमा उसलाई अपराधी ठहर गर्न मिल्दैन। यसर्थ त्यसलाई अपराधी ठहर गर्ने अवस्था नरहेकोले निजले निर्वाचनमा उम्मेदवारी दिनबाट वञ्चित हुने अवस्था आउँदैन। यसर्थ ऊ सद्दे अवस्थामा छ भने उम्मेदवारी दिन सक्छ, निर्वाचन लड्न सक्छ।