प्रस, वीरगंज, १४ साउन/
जिल्ला प्रहरी कार्यालय पर्साले एक विवाहित युवतीलाई जबरजस्ती परिवारको जिम्मा लगाएको छ ।
वीउमनपा वडा नं. १० पानीट्याड्ढी निवासी विवेक साह र सोही स्थान निवासी सिनु हर्षवालबीच एक साताअघि प्रेम विवाह भएकोमा आज प्रहरीले सिनु हर्षवाललाई जबरजस्ती परिवारसँग जान सहमत भएको भनी कागज गराएर पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा छोरीलाई बेपत्ता पारेको भनी झूटो विवरण दिएका सिनुका पिता इन्द्रा हर्षवालको उजुरीको आधारमा पर्सा प्रहरीले इन्द्रा हर्षवाल र विवेकका परिवारलाई आज जिल्ला प्रहरी कार्यालयमा बोलाएको थियो ।
एक साताअघि प्रेम गरेर बेपत्ता भएका विवेक र सिनुले आफूहरू दुवैले मन्दिरमा भगवान्लाई साक्षी राखी विवाह गरेको प्रहरीलाई बताएका थिए ।
आफूहरू वैवाहित भएको र एकाअर्कासँग बस्न राजीखुशीले सहमति रहेको बताउँदा पनि प्रहरीले एकतर्फीरूपमा सिनु हर्षवालका परिवारको तर्फबाट महिला प्रहरी लगाइ सिनुलाई यातना दिएर जबरजस्ती कागजातमा सही गराएर परिवारको जिम्मा लगाएका थिए ।
परिवारका सदस्यहरूले प्रहरी कार्यालयबाटै सिनुलाई जबरजस्ती गाडीमा राखेर लगेका थिए । सिनुले परिवारसँग जान आपत्ति जनाइरहँदा पनि प्रहरीको सहयोगमा परिवारका सदस्यहरूले सिनुलाई जबरजस्ती गर्दा जिप्रकामा केहीबेर तनाव उत्पन्न भएको थियो ।
सिनुको आपत्तिको बावजुद उनलाई परिवारको जिम्मामा लगाइएको विवेककी आमाले बताइन् ।
जिप्रका पर्साका प्रनाउ वासुदेव खतिवडाले केटा र केटीको विवाह गर्ने उमेर नपुगेकाले दुवैलाई आ–आफ्नो परिवारको जिम्मा लगाएको बताए ।
उनले सार्वजनिकरूपमा कुटपिट गरी सिनुलाई परिवारका सदस्यहरूले जबरजस्ती लगेको कुरा अस्वीकार गरे ।